Monday 23rd March 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः आँखाको चालले बोलाउँदै…


आँखाको चालले बोलाउँदै रहेछौ तिमीले
मनमा मायाको फूलबारी फुलाउनू छ मैले

समालेर राखेको छु माया प्रेम यो दिलमा
सपनाहरू सजाउनु छ मेरो मनमा
मेरो मनमा तिम्रो लागि माया जागेछ
पहाडको कुनाबाट सुन्दर खोला बगिरहेछ

तिमिले मेरो गाउँ सम्म आउनु पनि छ
बिदा लिएर मेरी सानुलाई भेट्नु पनि छ
सम्झना आउँदा किन आँखाबाट आशु खस्छन्
भेटौला भन्दा भन्दै धेरै दिन बितेछन्

प्रकृतिको सुन्दरताले मनलाई लोभ्याउँछ
वसन्त ऋतुको सौन्दर्य हृदयमा बसेको छ
आँखाको चालले बोलाउँदै रहेछौ तिमीले
मनमा मायाको फूलबारी फुलाउनू छ मैले

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

प्रतिकृयाहरू
...