Sunday 1st March 2026

पाल्पा साहित्य समाजको आयोजनामा साहित्यकार सम्मान तथा कृति परिचर्चा कार्यक्रम सम्पन्न


नारायण कोइराला – पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन ऐतिहासिक आख्यान अस्तित्वको परिचर्चा कार्यक्रम पवित्र देवतीर्थस्थल देवघाटमा सम्पन्न भएको छ ।

पाल्पा देउराली जन्म भई हाल देवघाट बसोबास गर्दै आउनु भएका नेपाली र संस्कृत वाङ्मयका विद्वान दर्जनौं कृतिका लेखक, ९० वर्षीय नलराज शास्त्रीलाई सम्मान गर्दै प्रमुख अतिथि साहित्यकार एवं इतिहासविद प्रा.डा. कर्णबहादुर बानियाँले ,” साहित्यकार नलराज नेपालले आध्यात्मिक साहित्यको क्षेत्रमा योगदान पुराउनु भएको छ भने पाल्पा साहित्य समाजले पुराना स्रष्टाहरूको खोजी गरि उहाँहरूलाई सम्मान तथा पुराना कृतिहरूको सार्वजनिकरण गर्दै आएको छ । अथकद्वारा लिखित अस्तित्वले फेरि एकपटक पाल्पा राज्यको इतिहासलाई सरलीकृत गरेको छ ” भनी शुभकामना मन्तव्यको क्रममा बताउनुभयो ।

कार्यक्रममा सम्मानित व्यक्तित साहित्यकार शास्त्रीले,” पाल्पाबाट देवघाट आएर आफ्नो कर्मलाई सम्मान गरेकोमा खुशी र समाजलाई धन्यवाद प्रकट गर्दै अस्तित्व पढेपछि त्यसभित्रका विषयबस्तु र यहाँका थप विषयबस्तुहरू समेटी नयाँ कृति प्रकाशन गर्ने सोच रहेको बताउनु भयो । कार्यक्रममा साहित्यकार प्रा.डा. नारायण प्रसाद खनाल, डा. एकनारायण पौड्याल , डा. केशवराज चालिसे, प्रधुम्न चालिसे ,सावी चालिसे र चक्रशीला मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भवानी प्रसाद तिम्सिनाद्वारा सम्मानित व्यक्तित्व, पाल्पा साहित्य समाज र कृतिगत चर्चाका लागि शुभकामना व्यक्त गरिएको थियोे ।

कार्यक्रममा पाल्पा साहित्य समाजद्वारा प्रकाशित कृति अस्तित्व र अग्रज साहित्यकार कृष्ण प्रसाद लाकोलद्वारा लिखित कृति लगायत अन्य कृतिहरू समेत पाल्पा साहित्य समाजले उपहार प्रदान गरेको थियोे ।

पाल्पा साहित्य समाजका पूर्व अध्यक्ष एवं वर्तमान संरक्षक राजेन्द्रगोपाल सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालनख/समन्वय पासासका अध्यक्ष पुष्कर अथक रेग्मीद्वारा गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक…

Donald Trumpले इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै ट्रम्पले खामेनीको मृत्यु…

गत वर्षको जूनमा इजरायलको नेतृत्वमा इरानविरुद्ध भएको १२ दिने युद्ध मध्यपूर्वीय सुरक्षा र शक्ति सन्तुलनको इतिहासमा एउटा महत्वपूर्ण मोड थियो।…

प्रतिकृयाहरू
...