Saturday 17th January 2026

चीनमा सडक भासिएर मर्नेको संख्या ३६ पुग्यो


दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएका छन् । दुर्घटना मिचोउ पहाड नजिक बुधबार मध्यराति २ बजे भएको थियो जसमा सडकको एउटा लेनको ५८.७ फिट भूभाग खसेको थियो ।

राजमार्ग भत्किँदा ५४ भन्दा बढी यात्रुहरू सवार सवारी साधनहरू तल झरेका थिए । बुधवार बिहान करिब २ बजे राजमार्गको ५८.७ फिट लामो खण्ड भत्किएपछि खसेका २३ वटा सवारीसाधन फेला परेको मेइझोउ सहर सरकारले जनाएको छ । अन्य तीस जना घाइते भएका थिए, तीमध्ये कसैको पनि ज्यान जोखिममा थिएन, सरकारी विज्ञप्तिमा भनिएको छ। घटनाको जानकारी पाएलगत्तै ५ सय राहतकर्मी उद्धारमा लागेका थिए । चीन सरकारले यस विषयमा छानबिन गर्न आदेश दिएको छ ।

दुर्घटनापछि राजमार्ग अवरुद्ध भएको छ । यो राजमार्गले क्वाङ्तोङलाई फुचियान प्रान्तसँग जोड्छ । चीनमा मजदुर दिवसमा चार दिन बिदा हुन्छ र देशका अधिकांश राजमार्गहरू टोल फ्री छन् । यसका कारण सवारीसाधन बढी दुर्घटनामा परेको हुन सक्ने अनुमान गरिएको छ ।

https://www.wlwt.com/article/fatal-highway-collapse-china/60665346


सम्बन्धित शीर्षकहरु

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

प्रतिकृयाहरू
...