Monday 23rd March 2026

श्रमिकहरूका अधिकार वृद्दिको माग गर्दै यसियाभर मे दिवस मनाइए


विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् ।

बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स लगायतका देशमा र्‍याली निकालिएको थियो । आन्दोलनकारीहरूले बढ्दो मूल्यवृद्धिको विरोध गर्दै थप श्रम अधिकारको माग गरेका थिए।

दक्षिण कोरियाको राजधानी सियोलमा हजारौं प्रदर्शनकारीहरूले गाए, झण्डा फहराए र केन्द्रमा मार्च गर्नु अघि श्रम समर्थक नारा लगा ए। जापानमा दशाैं हजार बढी मानिसहरू टोकियो शहरमा भेला भएर तलब वृद्दिको माग गरे । त्यसै गरि ताइवानको राजधानी ताइपेइमा पनि कामदार अधिकार कानूनहरू परिमार्जन गर्न माग गर्दै हजाराैं श्रमिकहरू सडकमा उत्रिएका थिए । फिलिपिन्समा पनि कामदारहरूले रातो झण्डा फहराउँदै “हामी मर्न होइन बाँच्नका लागि काम गर्छौं” र “सामानको मूल्य कम गर, तलब बढाउ” भन्ने पोस्टर बोकेका प्रदर्शनकारीहरूले फिलिपिन्सका मजदुरहरूले भोग्नुपरेको कठिनाइको बारेमा नारा लगाएका थिए ।

सामान्य आर्थिक गुनासो र राजनीतिक मागहरू प्रसारण गर्न प्रयोग गरिएका कार्यक्रमहरूको साथ विश्वभर मे दिवसमा श्रमिक अधिकारहरू मनाइन्छ।


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

प्रतिकृयाहरू
...