Saturday 17th January 2026

अत्याधिक गर्मीको कारण बंगलादेशमा विद्यालयहरू बन्द


बंगलादेशको उच्च अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । अदालतले आगामी आइतबारसम्म विद्यालय बन्द गर्न आदेश दिएको हो । बच्चाहरू घरमा पढ्न नचाहने भएर विद्यालय खोल्न खोजे पनि अत्याधिक गर्मी भएपछि अदालतले विद्यालयहरू बन्द गर्न अादेश दिएको हो । बंगलादेशमा ३ करोड ३० लाखको हाराहारीमा बिद्यालयस्तरमा अध्ययन गर्ने विद्यार्थीहरू छन् ।

गर्मीका कारण देशभरका प्राथमिक र माध्यमिक विद्यालय गत हप्ता बन्द गरेको बंगलादेशले अत्याधिक गर्मी बढेपछि यो हप्ता पनि बन्द गर्ने भएको हो । जलवायु परिवर्तनका कारण तातो हावा चल्दा देशभर शिक्षक, कर्मचारी र विद्यार्थीहरू बिरामी परेका वा मृत्यु भएका खबरपछि गत हप्ता विद्यालय बन्द गर्ने निर्णय गरिएको थियो । विद्यालयहरू बन्द गरिएपनि विश्वविद्यालयहरू भने खुला नै रहेका छन् ।

बंगलादेशमा जलवायु परिवर्तनको कारण तापक्रम अत्याधिक बढ्दा हरेक वर्ष ३ करोड ७० लाख बालबालिकाको शिक्षामा प्रत्यक्ष असर परिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

प्रतिकृयाहरू
...