Saturday 24th January 2026

नेपाली कथानक चलचित्र “महाजात्रा” कुवेतमा अप्रिल २५ देखि प्रदर्शन हुँदै


नेपाली कथानक चलचित्र “महाजात्रा” यहि २५ अप्रिल २०२४ बिहीबारबाट कुवेतमा प्रदर्शनमा आउने भएको छ। कुवेत फाहाहिल स्थित आजीएल मलमा रहेको सिनेस्केप हल, साल्मीयाको अलफनार मलमा रहेको सिनेस्केप हल र खेतानको ओ जोन सिनेमा हलमा “महाजात्रा” प्रदर्शन हुने भएको हो।

चलचित्र “महाजात्रा” सिनेस्केप हलमा एप्रील २५ देखि एप्रील २७ सम्म प्रदशन हुने छ ने ओ जोन सिनेमा खेतानमा एप्रिल २५ देखी मे १ सम्म प्रदर्शन हुने छ ।

प्रदीप भट्टराईको लेखन तथा गीतमा तयार भएको चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतका कलाकारको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेले संयुक्त रूपमा निर्माण गरेको उक्त चलचित्रका निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।

स्मरण रहोस, विगत केही महिनादेखी कुवेतमा नेपाली सिनेमा ल्याएर निरेम प्रोडक्सनले सिनेमा प्रदर्शन गरी रहेको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...