Saturday 26th September 2026

एनआरएनए-मुजैनी कप फुटबल प्रतियोगिता अप्रिल २५ र २६ मा हुने


कुवेत – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(NRNA-NCC) कुवेतको आयोजनामा एनआरएनए – मुजैनी कप फुटबल प्रतियोगिता यहि अप्रिल २५ र २६ , २०२४ का दिन हुने भएको छ ।

कुवेतको फाहहिलस्थित शुकसभा फुटबल मैदानमा हुने अन्तर नेपाली फुटबल प्रतिगोगिताको मुख्य प्रायोजक अल मुजैनी एक्सचेन्ज रहेको छ । उक्त फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३०१ कुवेती दिनार, ट्रफी, मेडल तथा प्रमाणपत्र साथै द्वितीय हुने टिमलाई नगद १७५ कुवेती दिनार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ भने उत्कृष्ट टिम, उत्कृष्ट खेलाडी उत्कृष्ट गोलकिपरलाई पनि पुरस्कृत गरिने जनाइएको छ ।

खेलकुद प्रतियोगितामा सहभागिताका लागि प्रति टिम २० केुवेती दिनार टिम दर्ता शुल्क राखिएको जनाउँदै प्रतियोगितमा १२ टिमले प्रतिस्पर्धा गर्न लागेको एनआरएनए एनसीसी कुवेतले जनाएको छ ।

फुटबल प्रतियोगिता हुने मिति , समय र स्थान निम्न रहेको छ ।
मिति – २५ र २६ अप्रिल २०२४, शुक्रवार
समय – साँझ ५ बजे
स्थान- शुकसभा फाहहिल, कुवेत


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...