Tuesday 13th January 2026

नेपालले एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल युएइसँग खेल्ने


एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेल नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने भएको छ।

ओमानमा जारी प्रिमियर कपमा नेपाल अपराजित टोली हो। लिगको अन्तिम खेलअगावै नेपाल समूहविजेता बन्ने पक्का थियो। त्यसैले नेपाल दोस्रो चरण (सेमिफाइनल) को प्रतिद्वन्द्वीका लागि ओमान र कुवेतबीच नतिजाको पर्खाइमा थियो।

ओमानले कुवेतविरुद्ध ४६ रनको जित निकाल्यो र युएई समूह उपविजेता बन्दै अन्तिम चारमा पुग्यो। यो खेलसँगै जारी प्रिमियर कपको सेमिफाइनल समीकरण पूरा भयो। जितसँगै चार खेलबाट आठ अंकसहित ओमान समूह ‘बी’ को विजेता बन्यो। युएई ६ अंक जोडेर दोस्रो स्थानमा रह्यो।

त्यससँगै नेपालले सेमिफाइनलमा युएई प्रतिद्वन्द्वी पाएको हो। गत संस्करणको एसिसी प्रिमियर कपमा नेपालले युएईलाई नै हराउँदै एसिया कपमा स्थान बनाएको थियो। यस पटक पनि नेपाल उपाधि जोगाउने लक्ष्यमा छ।


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...