Saturday 26th September 2026

कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी


कुवेत – सामाजिक संजालमा केही दिन यता कुवेतको खैतानमा बङ्गाली प्रेमी र नेपाली प्रेमीकालाई नेपाली पुरुषद्वारा हत्या गरिएको भनि भाइरल भएको भिडियोको कुनै सत्यता नभएको पुष्टी भएको छ ।

अन्य कुनै देशमा घटना घटेको भिडियोलाई कुवेतमा घटना घटेको भनी तोडमोड गरि भिडियो बनाएर सामाजिक संजालमा भाइरल बनाउने जिवन गिरी र पदम थापाले माफी मागेका छन । नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्लको सकृयतामा कुवेतमा हुदै नभएको घटनालाई लिएर अफवाह फैलाउने उक्त व्यक्तिहरुलाई खोजि गरिएको थियो । महाबुलास्थित नमस्ते नेपाली रेस्टुरेन्टमा २७ मार्चका दिन एनआरएनए एनसीसी र अन्य विभिन्न संघ सस्थाका प्रतिनिधिको सामु उनीहरुले अब कहिले पनि यस्तो गल्ती नदोहोराउने भन्दै माफी मागेका हुन ।

वैदेशिक रोजगारका लागि करिब सात महिना पहिले उनीहरु कुवेत आएका हुन । उक्त भिडियो पदम थापाले टिकटकबाट डाउनलोड गरेर जिवन गिरीलाई दिएको बताए । जिवन गिरीले भिडियोमा आफ्नो आवाजमा इडिड गरेर सामाजिक संजालमा पोस्ट गरेका थिए । उक्त भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । सामाजिक सञ्जालमा आएका अप्रमाणित विषयलाई सत्य तथ्य नबुझी भ्रम नफैलाउन उपस्थित व्यक्तिहरुले ध्यानाकर्षण गराएका थिए । साथै सामाजिक संजालमा आएका भिडियोलाई तोडमोड गरी कुवेतमा रहेका नेपालीहरु र नेपालको बदनाम नगराउन एनआरएनए एनसीसी अध्यक्ष रणध्वज लामाले अनुरोध गरेका थिए । कुवेतमा केही समय पहिले पनि बङ्गाली प्रेमी द्वारा नेपाली प्रेमिकाको हत्या गरिएको भनेर एउटा भिडियो भाईरल भएको थियो । तर त्यो भिडियोको पनि अहिलेसम्म कुनै पुष्टी भएको छैन ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...