Sunday 25th October 2026

इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय


नेकपा (एमाले) ले इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको एमाले सचिवालय बैठकले आगामी वैशाख १५ गते हुने संसदीय उपनिर्वाचनमा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टी उपमहासचिव प्रदीपकुमार ज्ञवालीले भने, “इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय बैठकले गरेको छ ।”

यस्तै बझाङ प्रदेशसभा (१) मा नेता दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सुहाङ गत निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा हुन् । पार्टीको जिल्ला कार्यसमितिले सुहाङको सहित अन्य ५ जनाको नाम सिफारिस गरेको थियो । तर, पार्टी केन्द्रले सुहाङको नाममा निर्णय गरेको हो ।

संविधानसभा अध्यक्ष एवम् पूर्वसभामुखसमेत रहेका सुवासचन्द्र नेम्वाङ हृदयघातका कारण गत भदौ २६ गते बिते । त्यसपछि रिक्त उक्त क्षेत्रमा वैशाख १५ मा निर्वाचन हुँदैछ ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि फेरि सैन्य कारबाही गर्न सक्ने ट्रम्पको चेतावनी, ‘एपिक फ्युरी’ दोहोर्‍याउने सङ्केत 6 वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध…

राजनीतिमा सबैभन्दा धेरै देखिने व्यक्ति नै सबैभन्दा धेरै प्रभावशाली हुन्छ भन्ने छैन। कहिलेकाहीँ मञ्चमा उभिएर भाषण गर्नेभन्दा पर्दापछाडि बसेर निर्णयको…

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

प्रतिकृयाहरू
...