Saturday 27th April 2024

कांग्रेसले रबि लाई किन पाता नकसेको ?


-तोयानाथ उपेक्षित, नेपाली कांग्रेसको संसदमा देखिएको भद्दा मजाक अहिले सम्म कहिल्यै देखिएको थिएन । हरेक सरकारको हनिमुन अवधि सम्म पर्ख र हेर को अवस्थामा विपक्षि दल हुने गर्दछन तर अहिले त्यसको ठिक उल्टो देखिएको छ । रबि गृहमन्त्री बनेपछि कांग्रेसलाई हरेक रात विताउन एक बर्ष जस्तो कठोर भएको देखिन्छ । यति धेरै अतालिएको कांग्रेस आज सम्म कसैले पनि कहिल्यै पनि महसुस गरेको थिएन ।

सहकारी सम्बन्धी मुद्धामा रविको नाम मा ठाडो उजुरी दिन आफै लगाउने र त्यसैलाई आधार बनाएर संसद अबरुद्ध गर्ने कति कमजोर अवस्थामा पुग्यो कांग्रेस ? टेप काण्डमा मुछिएका भाउजुहरु , सिविआईको रिर्पोटमा देखिएका कांग्रेसका शंकास्पद सांसदहरु, कतिपय ले किटानी उजुरी दिएका र हिरासतमा रहेकाहरुको बयान समेतमा नाम मुछिएका उसका नेताहरु को विषयमा हिजो चुईक्क नबोलेको कांग्रेस बरु प्रचण्ड र नारायण काजीहरुलाई गठबन्धन भत्काई दिने धम्कि दिएर मुद्धाहरु किनारा लगाउन सफल भएको थियो । तर अहिले परिस्थिती बदलिएको छ । रबि गृहमन्त्री भए पछि उसलाई सिस्नोले झै पोल्न थालेको बुझन सकिन्छ । अझ प्रचण्डका राईटहेण्ड कृष्ण बहादुर महरा नै पक्राउ परे पछि कांग्रेसको सातो गएको छ भन्ने बुझ्न कुनै राजनैतिक विश्लेषक बनिरहन पर्दैन आम नागरिकले बुझिसकेका छन ।

गगनको बाख्रा काण्ड को फायल पनि ढिलो चाडो खोल्न सक्ने गृहमन्त्री देशले खोजेको छ । एउटा कोठाभरी पैसाको चांगले भरिएको भिडियो क्लिप प्रहरीले फेला पार्ने वित्तिकै काठमाण्डौको प्रहरी कमाण्ड नै फेर्ने नेता को बयान सुन्न जनता आतुर छन । काण्डै काण्ड ले वितेका दशकभरीका फायल खोल्न पर्दछ भन्ने आम माग छ र त्यो काम रबि बाट हुन्छ भन्ने आशा जनताले गरेका छन । यहि हो कांग्रेस लाई डर । सके रबि लाई सत्ता च्युत गर्ने, या उनको हत्यासम्म गराउने खेल नभईरहेको होला भन्ने होईन । कांग्रेस आत्तिए पछि मदन भण्डारी को हत्या भएको छ । काग्रेस को बहुमत हुदा दरबार हत्याकाण्ड मच्चिएको छ । रबि त को हुनर ?

तर काग्रेसले रबि लाई सकेन भने काग्रेस सकिन्छ भन्ने उनीहरुले बुझि सकेका छन । अब भटाभट हिजो देखिका सवै बदमासी मा हात हाल्दै जादा आधा कांग्रेस संसद संसदमा रहने छैनन । त्यति भए मिसन चौरासी मा रवि लाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न सक्ने छैन । यति कुरा एमाले र माओवादी ले नबुझेको होईन । तर कांग्रेसको बदमासी को हद भए पछि प्रचण्डले पनि काध फेर्न बाध्य हुदा रबिलाई गृहमन्त्री चिठठा परेको मात्र हो ।

एमाले लाई रवि ले चलाउने हो भने फेरी प्रचण्ड र रबि पाखा लाग्न सक्छन । यसर्थ रबीका लागि गृहमन्त्री चुनौति र अबसर दुवै बनेको छ । उनले अहिले शत्रु को घेरा बढाउन हुदैन । सर्वाधिक चर्चामा रहेको सुन काण्ड, भूटानी शरणार्थी काण्ड र ललिता निवास प्रकरण को मात्र उचित टुंगो लगाउने हो भने मिसन चौरासीका लागि योग्यता पुग्नेछ र त्यस पछि मात्र एमाले र माओवादी, र गौरबादी भित्र पस्न पर्दछ ।

हिजो कांग्रेसले जे भन्यो त्यही हुने प्रचण्ड सत्तामा रबि दोषी थिए भने के हेरेर बसेको थियो । समातेर कारबाही गरेको भए हुदैनथ्यो ? अस्ति सम्म रबि को विषयमा अनजान भएको कांग्रेस सत्ता समिकरण बदलिए पछि रातारात किन बौलाएको हो ? उसलाई धोका प्रचण्ड ले दिएका हुन रबि ले होईन तर प्रचण्डसँग नरम र रास्वपा सँग उग्र हुनु पर्ने अरु के कारण छ ? कत्रा कत्रा उजुरी र बयानमा पोलिएका उसका संसद र मन्त्रीहरु लाई कारबाही गर्न नपर्ने तर आफैले सहकारीको विषयमा विना आधारको ठाडो उजुरी हाल्न लगाएर संसद अबरुद्ध गर्न पर्ने कति हाँस्यास्पद मजाक गर्न सकेको हो ?

काग्रेस ले रबि लाई काम गर्न दिन पर्दछ । जनताले रबि को काम हेर्न चाहेका छन । कांग्रेसको संसद अवरोध खुलाउन कुनै हालतमा संझौता गर्न हुदैन चाहे फेरी गृहमन्त्री को पद किन नजाओस । देशमा शुसासन र सुरक्षाको प्रत्याभूति दिने रबि को अठोटमा प्रहरी प्रशासन ले खुलेर साथ दिन पर्दछ । भन्सार चोरी निकाशी, अबैध लागु औषध को व्यपार, मानब तस्करी , बैदेशिक रोजगारमा भईरहेको ठगि लाई उनले ठेगान लगाएको महसुस गर्ने गरी काम होस भन्ने आम चाहान जनताको छ । यस्ता जनप्रिय काम गर्दा उनीमाथि कुनै पनि अनैतिक हत्कण्डा भए जनता सुनामी बनेर सडक मा उत्रने छन । सुशासन को अनुभूति गराउने काम भए यो देशमा आशा को नयाँ सञ्चार हुनेछ । रबि बाट त्यो काम हुन्छ भन्ने संकेतहरु देखिएका छन ।


सम्बन्धित शीर्षकहरु

कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २ सय ५ रनको…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही…

तीतोपाटी -पत्रकार नबराज पन्थी कुवेतमा सम्मानित भएका छन् । कुवेत स्थित जन-जागृति युवा समाज कुवेतले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको कदर…

प्रतिकृयाहरू
...