Tuesday 24th March 2026

पाकिस्तानमा असिफ अलि जर्दारी दोश्रो पटक राष्ट्रपति पदमा निर्वाचित


पाकिस्तानको राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जर्दारी निर्वाचित भएका छन् । उनले सोमबार पाकिस्तानको १४औँ राष्ट्रपतिको रूपमा शपथग्रहण गरेका छन् । राष्ट्रपति भवनमा आयोजित एक समारोहमा उनले शपथग्रहण गरेका हुन् ।

जर्दारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचक मण्डलबाट ४११ मत ल्याएर चुनाव जितेको पाकिस्तानी निर्वाचन आयोगले जनाएको छ । जर्दारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा २५५ मत प्राप्त गरेका थिए ।

पूर्वीपञ्जाव प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट आठ, दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत र दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त भए । जर्दारीका प्रतिद्वन्द्वी विपक्षी दलका संयुक्त उम्मेदवार महमूद खान अचकजाईले कुल १८१ मत प्राप्त गरे । ६८ वर्षीय जर्दारीले निःवर्तमान राष्ट्रपति आरिफ अल्वीको स्थान लिनेछन् ।

२००८ देखि २०१३ सम्म देशको ११ औं राष्ट्रपतिको रूपमा सेवा गरेपछि जर्दारीको राष्ट्रपतिको रूपमा यो दोस्रो कार्यकाल हुनेछ । जर्दारी ८ फेब्रुअरी, २०२४ मा भएको आम निर्वाचनमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए । यद्यपि देशको राष्ट्रपतिको रूपमा शपथ लिनुअघि उनले राष्ट्रिय सभाबाट राजीनामा दिनुपर्नेछ । जर्दारी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका श्रीमान् हुन् ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...