Wednesday 25th March 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः हाम्रो माया रहिरहोस् मनमा…


हाम्रो माया रहिरहोस् मनमा खुसी मिलोस्
शब्दले मात्र कति बयान हुन्छ मनको कुरा बुझ्न सकियोस्
सधैँ हाँसेर बाच्नुपर्छ रमाएर बाच्नुपर्छ
तिम्रा खुसीहरूमा मैले रमाउनुपर्छ
 
जुनी भर तिमिलाई साथ दिनेछु
तिमिलाई पाउने म भाग्यमानी रहेछु
बाँचुन्जेल सधैँ तिमिलाई साथ दिनेछु
तिम्रो हाँसोमा मन भुलाएको छु
 
सयौँ जुनी सधैँ साथ दिन्छु साथ छोड्ने छैन
तिमि बाचिदेऊ आएको छु तिमिलाई बचाउन
हाम्रो माया रहिरहोस् मनमा खुसी मिलोस्
शब्दले मात्र कति बयान हुन्छ मनको कुरा बुझ्न सकियोस् ।।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...