Wednesday 4th March 2026

श्रीनगर उपशाखाले मनायो युजुरेस दिवस


नारायण कोइराला – नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा तानसेन र पाल्पा प्यारागन बोर्डिङ स्कुल युवा जुनियर रेडक्रस सर्कलको आयोजनामा उपशाखाका विधालय स्तरीय रेडक्रस वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । श्रीनगर उपशाखाका सभापति पुष्कर राज रेग्मीको अध्यक्षता तानपा ३ का वडा अध्यक्ष बाबुरत्न शाक्यको को प्रमुख आतिथ्यता र पाल्पा शाखाका मन्त्री केशव राज नेपालको विशिष्ट आतिथ्यतामा सम्पन्न “स्वयंसेवा कार्यमा युवा जुनियर रेडक्रसको भूमिका” शीर्षक वक्तृत्वकला प्रतियोगितामा श्रीनगर उपशाखा मातहतका विधालयहरूले भाग लिएका थिए ।

प्रतियोगितामा जनता मा.वि.का युजुरेस सुरज डाँगी प्रथम , सेन्ट कपिटानियो स्कुलका युजुरेस कुन्दन थापा द्वितीय , पाल्पा प्यारागन स्कूलका युजुरेस आरति बस्याल तृतीय र जनता मा.वि युजुरेसका सइली ज्ञवालीले सान्त्वना स्थान प्राप्त गरेका थिए । विजयी विधार्थीलाई नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । निर्णायकको भूमिकामा रेडक्रस गौतम बुद्ध उपशाखाका सभापति चित्रवलीराम सुवाल र मणिमुकुन्द उपशाखाका सभापति शकुन्तला बज्राचार्य रहनु भएको थियो ।

विजयी विधार्थीहरूलाई बधाई तथा शुभकामना सहित श्रीनगर उपशाखा र पाल्पा प्यारागन स्कूलको उत्तरोत्तर प्रगतिको कामना सहित प्रमुख अतिथि बाबुरत्न शाक्य , विशिष्ट अतिथि केशवराज नेपाल र गौतम बुद्ध उपशाखाका सभापति चित्रवली राम सुवालद्वारा शुभकामना मन्तव्य व्यक्त गरिएको थियोे ।

पाल्पाको तानसेनमा रहेको श्रीनगर उपशाखा रेडक्रस अभियानलाई अघि बढाउने क्रियाशील उपशाखा र प्यारागन युजुरेस सर्कल क्रियाशील सर्कलको रूपमा रहदै आएको छ । प्यारागन स्कूलको सभाकक्षमा आयोजित कार्यक्रममा पाल्पा प्यारागनकी युजुरेस दिया रेश्मी द्वारा स्वागत र प्रिन्सिपल गंगाबहादुर खत्रीद्वारा गतिविधिको जानकारी सहित रेडक्रस मनहरू सबैमा धन्यवाद ज्ञापन गर्नुका साथै युरेस सदस्य केकी बस्यालद्वारा कार्यक्रम संचालन गरिएको थियोे ।


सम्बन्धित शीर्षकहरु

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनावका बीच शेख फहाद अल-युसुफ अल-सबाह ले कुवेतका सबै सुरक्षा र सैन्य निकायहरूलाई उच्च सतर्कतामा परिचालन गरिएको…

प्रतिकृयाहरू
...