Monday 25th August 2025

टुक्का पुञ्ज” श्रृङ्खला -६


साहित्यकाे काव्यिक विधामा प्रयाेगकाे रुपमा नेपाली भाषा साहित्यबाट २०७७ साल साउन २५ गतेबाट शुरु भएकाे दुई हरफकाे कविता “टुक्का कविता” छाेटाे समयमा अत्यन्तै लाेकप्रिय भएकाे छ । टुक्का कविताकाे आधिकारीक फेसबुक ग्रुप पेज “टुक्का कविता” मा पाेष्ट हुन अाएका टुक्का कविताहरू मध्येबाट केही उत्कृष्ट टुक्का कविताहरू सङ्कलन गरेर साप्ताहिक रुपमा प्रकाशन गर्ने उद्धेश्यले टुक्का साहित्य समाजका अध्यक्ष / टुक्का कविताका परिकल्पनाकार ताराप्रसाद चापागाईँकाे परिकल्पना तथा टुक्का अभियन्ता धनुष न्याैपानेकाे संयाेजकत्वमा टुक्का कविता प्रकाशनमा शुरुवाती समय देखि साथ दिँदै अाएकाे पत्रिका तिताेपाटी डट कममा “टुक्का पुञ्ज” नामक साप्ताहिक स्तम्भकाे शुरुवात भएकाे छ । टुक्का पुञ्जकाे याे छैटाैँ श्रृङ्खला हाे ।

संयाेजक : धनुष न्याैपाने
[१]
१.
थिएनन् खुट्टा तर पनि उनी चडे सगरमाथा
लेख्नैपर्छ हामीले पनि उनको हिम्मतको गाथा।
२.
सम्झिन्छन् सबैले र जुटाउछन् हिम्मत पनि
हुन्छन् मान्छे सबै पौरख र प्रतिभाका धनि ।
✍️ सुरेशकुमार पाण्डे
घाेराही १८, दाङ
[२]
१.
अरू हुन्नन् हाम्रा लागि आफैँ उठ्नुपर्छ
राम्रो भाग्य बनाउन हामी जुट्नुपर्छ ।
२.
दुख पर्छ जिन्दगीमा तर हुन्न हामी हार्न
परिश्रम गर्ने गराैँ भविष्य उज्ज्वल पार्न ।
✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे,
[३]
१.
के सुनाउँ तिमीलाई जीवनका कहानी
दुखै दु:खमा जाने भो मेरो यो जिन्दगानी ।
२.
जिन्दगी भयो सधैँ उदास अनि अधुरो
तर सधैँ होस् आफ्नो अमूल्य बोली मधुरो।
✍️ दुर्गा भट्टराई
माेरङ
[४]
१.
काँढा माझ फुल्छ गुलाब शाेभा दिई बाेटकाे
आकृतिलाई सजाउँदा हुन्न पिर चाेटकाे ।
२.
फल्ने दाना घट्दै जाने किन हाे बुढा बाेटकाे ?
बाली कहाँ फल्ने गर्छ ? माैसम भए खाेटकाे ।
✍️ जी.वि.कश्यप
घाेराही, दाङ
[५]
१.
जसलाई सम्झी मेरो मन रात दिन रुन्छ
उसलाई भने आँसु पानी बराबर हुन्छ ।
२.
भतभती आगोले झैँ पोल्छ मेरो यो मन
निष्ठुरीले जालझेल गरि देखेर धन ।
✍️ रुना कर्माचार्य दाहाल
चितवन

::::: जय टुक्का! जय साहित्य!! :::::


सम्बन्धित शीर्षकहरु

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

रियाद: साउदी अरबका युवराज मोहम्मद बिन सलमानले बिहीबार वार्षिक राष्ट्रिय रक्तदान अभियान सुरु गर्न रक्तदान गर्नुभयो, जुन एक दयालु इशारा…

न्यायको क्रूर कार्यान्वयनमा, इरानले तीन दिनमा दोस्रो सार्वजनिक मृत्युदण्ड दियो। बिहीबार, अगस्ट २१ मा, हत्याको दोषी ठहरिएका एक इरानी पुरुषलाई…

प्रतिकृयाहरू
...