Wednesday 28th January 2026

गोबिन्द राज ओझा ( राजन)को गीति कविताः तिमी धेरै मायालु…


तिमी धेरै मायालु र अधिक संयमी छौ
मन भित्रको माया बलियो बनाएकी छौ
पहाडमा घुम्दा घुम्दै यहाँ सम्म आए
यहाँ आएर मैले मिठो गीत गाए
                     
सुन्दर हिमाल सँग मितेरी गाँस्न पाए
पहाडको फेदीमा बस्नलाई घर बनाए
मायाको गीत गाउँछु मायामा रमाउँछु
ती नयनमा मायाको आभास पाउँछु
 
सबै सँग हाँसी खेली रमाएर बाच्नुपर्छ
मिठो स्वरमा गीत सुनाएर मन शान्त बनाउनुपर्छ
प्रकृतिको आँगनमा घुमेर बाच्नु छ
धर्तीमा कर्म गरेर अन्न उब्जाउनु छ
 
तिमी धेरै मायालु र अधिक संयमी छौ
मन भित्रको माया बलियो बनाएकी छौ ।।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...