Friday 20th September 2024

पञ्चाङ्ग चित्रपट, भाग :- अठसठी (६८)


“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट, भाग :- अठसठीऔमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८०/११/ १७ गते

आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:६९[उनन् सत्तरी औं] चित्रपटमा छौं।

यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गरिएकोमा सर्जकहरूबाट प्राप्त पञ्चाङ्गहरूलाइ यहाँ प्रस्तुत गरिएको छ।

प्रशिक्षक :
————
सोमनाथ लुइटेल “रवि पाल्पालि
गुणनिधि घिमिरे
सुशीला पाैडेल

चित्र संकलन
—————–
सुशीला पाैडेल

संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य

शुद्धीकरण
————–
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई
पुष्पा नेपाल (सुवेदी )

संरचना
———
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी

समायोजक
————-

सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
————————

चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~~~~~~~~~~~~~~~
चित्रमा पञ्चाङ्ग

पञ्चाङ्ग:०१

हजारौँ ताराको बीचमा रमाएका छौ तिमी
प्रत्येक मानव मनमा समाएका छौ तिमी
सधैँ यसरी उर्जाशील नै भएर रहनु
अन्तरिक्ष यानमा नाम कमाएका छौ तिमी
आकाश गगनमा घर जमाएका छौ तिमी।

✍️दुर्गा आचार्य, मोरङ ।

पञ्चाङ्ग२

आकाशका अनगिन्ती तारा जूनले देखाउँछ
सहिदकाे अदम्य साहस खुनले देखाउँछ
नेता खप्परमा केले भरेकाे शब्द नै लजायाे
रात भित्र मायाजाल प्रष्ट नुरले देखाउछ
कृष्णकाे मुरली मिठाे धुन सुरले देखाउछ ।

✍️प्रधुम्न चालिसे

पञ्चाङ्ग३
हजारौँ ताराको बीचमा एउटै जुन मनपर्छ
लाखौँ टोन भएपनि बाँसुरीको धुन मनपर्छ
यहाँ हुनेखाने मान्छेहरू धनको पछि लाग्छन्
के गर्नु म त हुँदा खाने मान्छे हुँ गुन मनपर्छ
लगाउँदा मात्र पहेलो देखिने सुन मनपर्छ।

✍️सुष्मा मगर रोल्पा
ठेगाना – सुन्छहरी गाउँ पालिका 5 नाँग्रबाङ बष्ती

पञ्चाङ्ग-४

आकाशमा एक जून तारा कति- कति गन्न सकिदैन
कसको मनमा कति होला माया त्यो त भन्न सकिदैन
जून तारै झारिदिन्छु भन्छन् साँचो माया गर्नेहरू आज
जति झारे पनि उत्तिनै छ जून तारा धन्न सकिदैन
बिलाउँछ बरु आफैं जून तारा जस्तै बन्न सकिदैन।

✍️पशपती राई, खोटाङ ।

पञ्चाङ्ग -५

आकाशको सबै तारा गन्न सकिँदैन
अहिले चिने नि केही भन्न सकिँदैन
हृदय भरी सारा तारा राख्न मन छ
ध्रुव तारा जस्तो कैले बन्न सकिँदैन
पृथ्वीले जसरी घुम्न फन्न सकिँदैन।

✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

पञ्चाङ्ग -६

निरन्तर चल्न बगेर खाेला धाराले सिकाउँदैछ
छाँगाे छहराे त्याे हिमाली हावा साराले सिकाउँदैछ
अरूकाे चालमा यताउता गर्ने बानी छाेड भनेर
आकाशमा चम्किने उही जून ताराले सिकाउँदैछ
रातमा उज्यालाे छर्ने उसकाे पाराले सिकाउँदैछ ।

✍️भवानी घिमिरे, सर्लाही ।

पञ्चाङ्ग-७

सुन्दर त्यो सपनाहरू~~ देख्ने हरेक रात छ
नौलाख तारा झरेर ~~जाने बिहानी प्रभात छ
खुसीको उज्यालो दिनहरू ल्याई दिने काे होला
प्रेमकाे महल भत्काउने ~~ दुश्मनकै हात छ
मायाको बन्धन टुट्दा लागेकाे चाेटकाे खात छ।

✍️राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

पञ्चाङ्ग:-८

जून तारा आपसमा रमाएका छन्
एक अर्कोमा उज्यालो थमाएका छन्
जून तारा झै मानिस बस्नु मिलेर
गाह्रो एक अर्कोमा समाएका छन्
मिलेको समूहले नाम कमाएका छन्।

✍️सुशीला पाैडेल

पञ्चाङ्ग:०९

जूनको उज्यालो राम्रो मान्नु पर्छ
सांसारिक माया आफ्नो ठान्नु पर्छ
देख्नेले जूनमा पनि देख्छन् दाग
गलत सही आफैंले जान्नु पर्छ
खराब जो कोहीलाई हान्नु पर्छ।

✍️ह्यारिस

पञ्चाङ्ग:१०

मेरो नयनको तारा तिमी थियौ
दुइ जीवनको सारा तिमी थियौ
म सँगको सम्बन्ध टुटाई जाने
हो तिम्रो नै भाग्यहारा तिमी थियौ
टुसाएको प्रेम मारा तिमी थियौ।

✍️सीमा कार्की समर्पण, पर्सा जिल्ला
ठोरी गाउँपाँलिका वडा नं.४ मेलचोक ।

पञ्चाङ्ग -११

जून तारा जस्तै रमाएर बसौँ
आ-आफ्नो इज्जत थमाएर बसौँ
हामी मिलिजुली बसेको नै राम्रो
हामी राम्रो नाम कमाएर बसौँ
आपसमा साँच्चै जमाएर बसौँँ ।

✍️बेदु न्यौपाने ✍️🇳🇵

पञ्चाङ्ग-१२

आकाशमा रहेका एक पुञ्ज तारो देख्छु
हेर्दा चम्किने सबैभन्दा एक्लो प्यारो देख्छु
अन्तरिक्ष यात्री नि तारा नजिक पुगेछन्
कहिलेकाही माथी त चम्किलो दारो देख्छु
जुन कति राम्रो अनौठो ठुलो दारो देख्छु।

✍️सन्ध्या गौतम , काठमाडौं ।


सम्बन्धित शीर्षकहरु

कुवेत - बागलुङ सेवा समाज कुवेतको २० सेप्टेम्बर २०२४ मा हुने प्रथम अधिवेशन समारोहको सम्पूर्ण तयारी पूरा भएको छ ।…

रातभर सुरु गरिएको युक्रेनी ड्रोन आक्रमणले पश्चिमी रूसी क्षेत्र Tver मा एक हतियार भण्डार नष्ट गरेको भनेको छ । युक्रेनको…

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा युद्धका लागि आफ्नो लक्ष्यमा लेबनानी सीमा नजिकका क्षेत्रहरूबाट भागेका इजरायलीहरूलाई आफ्नो घर फर्कन सक्षम पार्ने…

प्रतिकृयाहरू
...