Friday 25th September 2026

नमूना विश्वकर्मा समाज नेपाल कुवेतको अध्यक्षमा अनामिका


नमूना विश्वकर्मा समाज नेपाल कुवेतको सातौ वार्षिक उत्सव तथा नमूना विश्वकर्मा समाज नेपाल कुवेतको अध्यक्षमा अनामिका ति पदाधीकारी हेरफेर समारोह सम्पन्न भएको छ । जिलिव स्थित पपिन्स हलमा हिजो आयोजित समारोहले अनामिका तिरूवालाई नेतृत्व सुम्पिदै २१ सदस्सिय नया कार्यसनिति निर्माण गरेको छ ।

समाजका अध्यक्ष कुलबहादुर विस्वकर्माको सभापतित्व , दूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यता तथा पत्रकार महासघ कुवेत शाखा अधयक्ष राज मल्ल विशेष अतिथि रहेको समारोहमा कुवेतमा कृयाशिल सघ सस्थाका पदाधीकारी लयागत ब्यक्ति बिशेषहरुको बाक्लो उपस्थित रहेको थियो ।

पन्जेवाजाको बेजोड प्रस्तुति रहेको कार्यक्रममा समाजद्वारा पत्रकार महासघ कुवेतका अध्यक्ष राज मल्ल , फोटोग्राफर इन्द्र थापा , सामाजिक अभियन्ता राममाया श्रेष्ठ सगै पन्चेवाजा समुहलाई सम्मान गरिएको छ ।

प्रमुख अतिथि लगायतले वार्षिक उत्वस तथा नया कार्यसिमितिलाई शुभकामना ब्यक्त गर्दै नमुना विश्वकर्मा समाज कुवेतको नेपाली समाजमा साचिकै नमुनाको बनेर उदाउने अपेक्षा समेत गरेका थिए । कार्यक्रममा संयोजक ज्ञानबहादूर गजमेरको स्वागत राखेका थिए भने सन्चालन अनामिका तिरवा सगै सुरेश कालिकोटेले संयूक्तरुपमा गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...