Thursday 19th September 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय अठार भाग (११८)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/११/०७
……………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : हजुरको चाहना अनुसार मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ सम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
आज प्रजातन्त्र दिवसको अवसरमा पञ्चाङ्ग राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
प्रजातन्त्र आयो स्वतन्त्रता आएन घाउ लाग्यो
सङ्घीयतामा टुक्रियो देशको नक्सा दाउ लाग्यो
कोही त छ सुखसयल लुट्न पल्केको देशमा
शान्ति प्रिय भनेको मुलुक यो हाम्रो भाउ लाग्यो
संस्कृतिको धनी भन्ने ठाउँ दुष्मनी पाउ लाग्यो ।
सविता के.सी.

पञ्चाङ्ग २

निकास दिन नेताले डुलेको भएमा राम्रो ।
विश्व माझमा नेपाल फुलेको भएमा राम्रो
नेताले बनाको हैन देश आर्जेको पुर्खाले
भ्रष्टाचारीको हृदय धुलेको भएमा राम्रो
बिदेशीको ऋण मुक्त सुलेको भएमा राम्रो ।

सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

पञ्चाङ्ग ३

हरेक मान्छेमा खुसी छाउनुपर्छ
जिन्दगीमा घामपानी आउँनुपर्छ
जनताको हक र अधिकार माथि
जनताले नै विकास पाउँनुपर्छ
जय नेपालको गीत गाउनुपर्छ !

श्री कृष्ण धामी – –झाङ

पञ्चाङ्ग ४

सबैलाई मिल्ने प्रजातन्त्र आएन किन हो
गरीव दुखीहरूमा खुसी छाएन किन हो
यहाँ मानिस अनुसारको प्रजातन्त्र आयो
सबैसङ्ग हाँसी खेल्न मन लाएन किन हो
कोहिलीले खुसी हुँदै गीत गाएन किन हो?

घनश्याम पौडेल, पोखरा

पञ्चाङ्ग ५

जताततै भ्रष्ट बनि खाएर के भयो
अनि छाडासँग बोल्न पाएर के भयो
उपलब्धि बिहिन यो तन्त्रले देशमा
बेरोजगार बेस्सरी छाएर के भयो
नेपालमा प्रजातन्त्र आएर के भयो?

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.३,काभ्रे

पञ्चाङ्ग ६
प्रजातन्त्रले गुनासो पो दिन आए झनै
बडाको पारिवारिक चैन नै छाए झनै
सर्वहाराको लागि के के नै गर्लान् भनेको
गरिबले नपाउनुको दुःख पाए झनै
नेताले यो देश धमिरालेझैँ खाए झनै ।

भगवती दवाडी ,झापा

पञ्चाङ्ग ६

बिदेशीले पाउ लाएका छन्
लुटीलाने दाउ लाएका छन्
देशमा प्रजातन्त्र छ क्यारे
आफन्तले घाउ लाएका छन्
नसोचेकै भाउ लाएका छन् ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ७
खहरेको खोला जस्तो सुक्ने बनाउँछु
भावानामा बहकेर चुक्ने बनाउँछु
पत्थर होइन तिम्रो पनि मुटु होला
हृदय हो तिम्रो पनि दुख्ने बनाउँछु
बिना गल्ती झुके जस्तै झुक्ने बनाउँछु ।

संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ

पञ्चाङ्ग ८

देशमा प्रजातन्त्र आएर खै के पाए
रगतको खोलो बगाएर खै के पाए
जति जे हुन्छ ठूला बडाको लागि हुन्छ
घाममा बसी भोट् खसाएर खै के पाए
छिमेक्मा रात दिन धाएर खै के पाए ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ९

गरिब झन् गरिब धनी झन् धनी बन्दै गयो
नेता मात्रै कति आए कति गए गन्दै गयो
जनतालाई सधैं सत्ताको भर्र्याङ् बनाएर
विभेदको खाल्डो झन् गहिरो गरि खन्दै गयो
भन्नलाई प्रजातन्त्र प्रजातन्त्र भन्दै गयो ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग १०

अस्थिरताको बीउ रोप्छन् खै कस्तो प्रजातन्त्र
पीडाको घाउमा नै कोप्छन् खै कस्तो प्रजातन्त्र
आशा बोकेर समृद्धि खोज्न भौँतारिदै गर्दा
रगत पसिनामा चोप्छन् खै कस्तो प्रजातन्त्र

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ११

हरेक घरमा खुसी छाउनुपर्छ
पूर्वको पारिलो घाम आउनुपर्छ
जनताले आज सम्पूर्ण अधिकार
सत्य अनुभुति गर्न पाउनुपर्छ
यो स्वतन्त्रताको गीत गाउनुपर्छ ।

– आर्त अकुलीन

पञ्चाङ्ग १२

जनताले रगत बगाए र प्रजातन्त्र आयो
केपाएर जनता सँग सधै सडयन्त्र आयो।
सात सालमा राणा गए र आएछ राजतन्त्र
कीन आउँथ्यो र जनतामा मौलिक जन्त्र आयो
जब फुकेर शामन्तहरूले आफ्नै मन्त्र आयो ।

सुरेशकुमार पाण्डे दाङ १८

पञ्चाङ्ग १३

गाउँघर र सहरमा छाओस् खुसी
सुनिश्चित अधिकारले आओस् खुसी
प्रजातन्त्रले देशको मुहार फेरोस्
जनता सधैँ दुःख हैन ,पाओस् खुसी
शान्ति धुन बजाई गीत गाओस् खुसी ।

आ-आफ्नो हक अधिकार पाओस् यहाँ
समाजमा सुख र शान्ति छाओस् यहाँ
देशमा प्रजातन्त्र आए जस्तो बनोस्
झगडा हैन माया प्रिती लाओस् यहाँ
दुःखीले पनि दुई छाक खाओस् यहाँ ।


शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग १४

दुई मध्ये खराब नभई असल ढङ्ग मनपर्छ
सङ्घर्षमा त्यो परस्परको जोसिलो जङ्ग मनपर्छ
समीक्षा समालोचनाको सम्यक् गरेर हेर्नु पर्दा
निलो पहेँलो कालो गोरो खैरो सबै रङ्ग मनपर्छ
उद्देश्य तुल्याइदिने उहीँ हरियो दङ्ग मनपर्छ ।

अच्युत घिमिरे, सर्पाङ, भुटान
पञ्चाङ्ग १५

मातृभूमिको टीका लगाएर सबै जना
हो एकताको शक्ति जगाएर सबै जना
लडे शहिदहरू क्रुर राणाहरूसँग
हो रगतकै बलि बगाएर सबै जना
हर्षित प्रजातन्त्र मगाएर सबै जना ।

सीमा कार्की समर्पण

पञ्चाङ्ग १६

प्रजातन्त्र हुनुपर्ने जन हितको
व्यवहार हुनुपर्ने जन जितको
स्वार्थान्धताले देश पो गिजोलो
रीतिस्थिति हुनुपर्ने जन रितको
सद्भावना हुनुपर्ने जनसितको ।

प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।

पञ्चाङ्ग १७

नेताको शब्दजालमा बेरिएर के गर्नु
नामको समृद्ध राष्ट्र केरिएर के गर्नु
व्यवस्था फेरिए तापनि अवस्था उस्तै छ
पीडा चिन्तामा तड्पिई सेरिएर के गर्नु
रक्सी उही छ बोतल फेरिएर के गर्नु ?

वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ

पञ्चाङ्ग १८

यो कस्तो अभ्यास हो प्रजातन्त्र यथार्थमा
विकास छैन कस्तो जादुमन्त्र हो यथार्थमा
मौलिक अधिकारका कुरा हराएछन् कता
शासन विरुद्ध हुने गर्दछ संयन्त्र यथार्थमा
देश चलाउने अटुट हुनुपर्दछ मन्त्र यथार्थमा ।

कार्की डिबी माकुम
एसुनवल-४, नवलपरासी

पञ्चाङ्ग १९

प्रजातान्त्र आयो खुसीले रमायो हजुर
गणतन्त्र आयो झुसिले कमायो हजुर
कस्लाई के थाहा गरिबको घरको कुरा
बाठो उम्कियो लाटोलाई समायो हजुर
गरिब मर्यो नेताले नै जमायो हजुर ।

टिकाराम पुन पुकार
छत्रेश्वरी गाउँपालिका २
सल्यान


सम्बन्धित शीर्षकहरु

रातभर सुरु गरिएको युक्रेनी ड्रोन आक्रमणले पश्चिमी रूसी क्षेत्र Tver मा एक हतियार भण्डार नष्ट गरेको भनेको छ । युक्रेनको…

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा युद्धका लागि आफ्नो लक्ष्यमा लेबनानी सीमा नजिकका क्षेत्रहरूबाट भागेका इजरायलीहरूलाई आफ्नो घर फर्कन सक्षम पार्ने…

ईजरायलको प्राविधिक ज्ञानको उचाईका कारण हजबुल्लाहको सञ्चार उपकरण विस्पोट भएको हुन सक्ने अनुमान गरिएको छ तर ईजरायलले यसमा कुनै प्रतिक्रिया…

प्रतिकृयाहरू
...