Wednesday 28th January 2026

गजल


देशमा रोजगार नपाए रै परदेश सरेको हु।
श्रम र राहदानी बोकी सातसमुन्द्र तरेको हु।

स्वदेशमा भविष्य अन्धकार देखेपछि मैले,
आफ्नो देश छोड्न बाध्यतामा परेको हु।

कहिले बुझेन श्रमिकको श्रमलाई सरकारले,
रगत र पसिना बेचेर रिमिट्यान्स भरेको हु।

बाध्यता र विवशताको हावाहुरीले उडाएर
भौतारिदा भौतारिदै मरुभूमिमा झरेको हु।

नसोध मलाई कहिले देश फर्किन्छौ भनेर,
देशको हालत देखेर नफर्किने निधो गरेको हु।

-सृर्जना पाण्डे (सिरु)
चितवन, हाल पर्देश


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...