Monday 2nd March 2026

कविताः मुहारिकामा साहित्यकारहरू -गुणनिधि घिमिरे


उठाई देश काँधमा म गर्छु भक्ति वन्दना
सुपुत्र हूँ म देशको छ आत्मग्लानी सम्झना ।
कदापि काहिँ चुक्दिन म आफ्नो तेज शक्तिमा
जहाँ जहाँ पुगे पनि म हुन्छु देशभक्तिमा ॥

चलेन देश शान्तिले र बोल्न थाल्यो सारिका
समाजवादी तन्त्र रे कता गयो इकारिका ।
म राज्य बोक्छु भन्दथिन् कहाँ लुकिन् ती तारिका
सहीद चाल हेर्दछन् पुगेर जो निहारिका ॥

नपार्नु धर्म सारथी चलाऊ देश न्यायले
सहिष्णु धीर स्थिर भै सुधार यो अध्यायले ।
असभ्य बोली पङ्क्तिमा हटाऊ शब्द भाषिका
रचेर वाल वालमा फिँजाऊ काव्यमालिका ॥

बनेन दण्डसंहिता बेहाल छन् कुमारिका
नेपाल कृष्णकाल झैँ बनेन हेर द्वारिका ।
व्युत्पन्न मातृभावले उठाई हात नारिका
चिनाऊँ देश विश्वमा सजाई यो मुहारिका ॥

-गुणनिधि घिमिरे
अमेरिका


सम्बन्धित शीर्षकहरु

इरानसँग बढ्दो तनावका बीच बेलायत, फ्रान्स र जर्मनीले अमेरिकासँग मिलेर क्षेत्रीय सुरक्षाका लागि सहकार्य गर्ने घोषणा गरेका छन्। यी तीन…

इरानी सरकारी टेलिभिजनले आइतबार बिहान सर्वोच्च नेता अली खामेनीको हत्या भएको पुष्टि गर्‍यो, जुन १९८९ पछि इरानमा सबैभन्दा ठूलो राजनीतिक…

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक…

प्रतिकृयाहरू
...