Wednesday 25th March 2026

पाकिस्तानको चुनावमा धाँदली भएको आरोपपछि छानबिन समित गठन


एजेन्सि- पाकिस्तानमा सम्पन्न आमचुनावको नतिजाको भविष्य के हुन्छ भन्ने कुराको अवस्था स्पष्ट छैन।

अब आम निर्वाचन पनि रद्द हुन सक्ने अनुमान गरिएको छ किनभने पाकिस्तानको निर्वाचन आयोगले एक उच्च प्रशासनिक अधिकारीले लगाएको धाँधलीको आरोपको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। यदि यो समितिले पनि धाँधली भएको पुष्टि गर्‍यो भने निर्वाचनको नतिजा रद्द हुने सम्भावना रहेकाे पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।

ती अधिकारीले न्यायपालिका र निर्वाचन आयोगको उक्साहटमा जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीसँग रावलपिंडीको चुनावमा धाँधली भएको बताएका थिए। रावलपिण्डीका पूर्व आयुक्त लियाकत अली चट्ठाले शनिबार चुनाव हारेका केही सहरहरूमा पराजित भएका उम्मेदवारहरूलाइ विजयी भएको घाेषणा गरेकाे आरोप लगाएका थिए ।

लियाकतअलि चट्ठाले रावलपिण्डीमा १३ जना उम्मेदवारलाई जबरजस्ती विजयी घोषणा गरिएको जनाउँदै हाल बिजयी भएका उम्मेदवारहरूले मत ल्याउन नसकेकाे दाबी गरेका थिए।

उनकाे याे भनाइ यस्तो समयमा आएको हो, जब इमरान खानको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीले फेब्रुअरी ८ मा भएको आम चुनावमा धाँधली र पार्टीलाई दिएको जनादेश खोसिएको भन्दै राष्ट्रव्यापी विरोध प्रदर्शन सुरु गरिरहेकाे थियाे।

पाकिस्तानको अखबार ‘डन’ मा प्रकाशित समाचार अनुसार रावलपिंडीका पूर्व आयुक्त चट्ठाले भने, ‘म यो अशान्तिको पूर्ण जिम्मेवारी लिन्छु र यसमा मुख्य निर्वाचन आयुक्त र प्रधानन्यायाधीश यसमा पूर्ण रूपमा संलग्न रहेको बताइरहेको छु।’

उता, चट्ठाले चुनावी परिणाम हेरफेर गरेको ‘जिम्मेवारी’ लिँदै पदबाट राजीनामा दिएका थिए। पाकिस्तानको निर्वाचन आयोगले मुख्य निर्वाचन आयुक्त विरुद्ध चट्ठाले लगाएको आरोपलाई कडाइका साथ अस्वीकार गरेको छ। आयोगले आरोपबारे छलफल गर्न आकस्मिक बैठक बोलाएर आरोप छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको जनाइएकाे छ।

मुख्य निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजाले भिडियो कन्फ्रेन्समार्फत बैठकमा भाग लिएका थिए। अर्कोतर्फ रावलपिण्डीका नवनियुक्त आयुक्त सैफ अनवर जप्पाले निर्वाचनमा धाँधली भएको पूर्व आयुक्तले लगाएका सबै आरोप अस्वीकार गरेका छन्। उनले निर्वाचनमा आयुक्तको भूमिका समन्वयका लागि मात्रै भएको स्पष्ट पारे। धाँधली भएको दाबी निराधार रहेकाे उनले जिकिर गरे।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...