Thursday 2nd May 2024

पञ्चाङ्ग चित्रपट, भाग – ६६ (छैसठी)


“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- छैसठीऔमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१

आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:६६[छैसठीऔ] चित्रपटमा छौं।

प्रशिक्षक :
————
सोमनाथ लुइटेल “रवि पाल्पालि
गुणनिधि घिमिरे

चित्र संकलन
—————–
सुशीला पाैडेल

संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य

शुद्धीकरण
————–
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई
पुष्पा नेपाल (सुवेदी )

संरचना
———
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी

समायोजक
————-

सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
————————

चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~~~~~~~~~~~~~~~
चित्रमा पञ्चाङ्ग
~~~~~~~~

पञ्चाङ्ग ०१

शिल्पकारकाे सुन्दर ढङ्ग भएकाे
लाग्छ जीवनकाे एक अङ्ग भएकाे
आफ्नै सान देशकाे आफ्नै मान
चन्द्र सुर्य झण्डा राताे रङ्ग भएकाे
मन कति प्रफुल्ल भइ दङ्ग भएकाे।

✍️सुशीला पौडेल ।

पञ्चाङ्ग ०२

मेराे सान छ
मेराे गान छ
चन्द्र सूर्यमा
छुट्टै भान छ
हाम्राे मान छ ।

✍️भवानी घिमिरे
सर्लाही ।

पञ्चाङ्ग ०३

चन्द्र सूर्य झन्डाको देशमा छुट्टै सान छ
नेपाली झन्डा हाम्रो देशमा धेरै मान छ
देशलाई चिनाउने अङ्कित झन्डा भन्छौँ
हाम्रो देशको गीत नेपाली मिठो गान छ
चन्द्र सूर्य झन्डा नेपाली सुन्दर भान छ।

✍️बेदु न्यौपाने ✍️🇳🇵

पञ्चाङ्ग ०४

प्याराे लाग्छ यसकाे सान हाम्रो
राम्राे लाग्छ राष्ट्रिय गान हाम्रो
चन्द्र सूर्य अंकित झन्डा माझ
छुट्टै भिन्न नै हुन्छ भान हाम्रो
विश्वमा हुन्छ धेरै मान हाम्रो।।

✍️सहयात्री शाेभा अर्याल
रूपन्देही

पञ्चाङ्ग ०५

चन्द्र सुर्य झन्डाको सान छुट्टै छ
नेपालीको राष्ट्रिय गान छुट्टै छ
नेपालको झन्डा पहिचान अर्कै
विश्वमा हाम्रो ठूलो मान छुट्टै छ
यहि झन्डाले कत्रो जान छुट्टै छ ।

✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

पञ्चाङ्ग ०६

नेपालीको चन्द्र र सुर्य अंकित झन्डाको मान धेरै छ
हरेकको मुखमा राष्ट्र प्रेम झल्काउने गान धेरै छ
मर्न दिनु हुदैन कहिल्यै नेपालको पहिचानलाई
जहाँ जाऔं जता जाऔं आफ्नो गौरव अनि सान धेरै छ
भत्काउनेहरुको हरेक कसरत र भान धेरै छ।

✍️दुर्गा आचार्य
मोरङ

पञ्चाङ्ग ०७

हाम्रो देशको झन्डाको सान राम्रो
चन्द्र र सुर्य अङ्कित मान राम्रो
प्यारो लाग्ने आफ्न‌ै भाषा अनि भेष
हाम्रो राष्ट्रिय नेपाली गान राम्रो
सगरमाथाको पहिचान राम्रो ।

✍️शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग ०८

मातृभाषा हामी सबैको नेपाली हुनु पर्छ
हामी हौँ यसै फुलबारीका माली दुनु पर्छ
देश रक्षामा सदा मरी मेटिनुपर्छ हामी सबै
व्यवहार पनि कहाँ हुन्छन् जाली रुनु पर्छ
रहोस् हातले यो झन्डा उचाली छुनु पर्छ ।

✍️कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी

पञ्चाङ्ग ०९

मेरो रगत रातो छ ,मेरो झन्डाको रङ पनि रातै छ
वीर बहादुर हो मेरो नाम नेपाली त मेरो जातै छ
प्रलय नै किन नहोस् मेटिन दिन्न अस्तित्व नेपालको
पुर्खाको सन्तान हुँ म चन्द्र सुर्य सँग त मेरो नातै छ
पसिना मात्रै सेलाएको हो अहिले खुन अझै तातै छ।

✍️पशपती राई खोटाङ ।

पञ्चाङ १०

झण्डा नेपालको सान हाम्रो
यसले राखेर मान हाम्रो
विश्वलाई चिनाउने गरी
लेख्या छ राष्ट्रिय गान हाम्रो
बनायो नि पहिचान हाम्रो ।

✍️सीमा कार्की समर्पण
पर्सा जिल्ला
ठोरी गाउँ पालिका
वार्ड नं ४ मेलचोक

पञ्चाङ्ग ११

निलो रङ्ग आकास झैँ विशालता बुझ्नु
रातो वीर राष्ट्रियता र एकता बुझ्नु
जबसम्म चन्द्र सूर्य आकासमा हुन्छन्
तबसम्म देश हुन्छ अमरता बुझ्नु
साँक्षी राखी कर्म गर्नु राष्ट्रियता बुझ्नु ।

✍️गुणनिधि घिमिरे अमेरिका ।

पञ्चाङ्ग १२

राष्ट्रको गौरव राख्ने झन्डा चाइन्छ साथी
चन्द्र र सुर्य अंकित कहाँ पाइन्छ साथी
विश्वमा हाम्रो जस्तो झण्डा कहि छैन हेर
झण्डाको अस्मिता जोगाउन धाइन्छ साथी
यसै झण्डाको कसम हामी खाइन्छ साथी ।

✍️सन्ध्या गौतम, काठमाडौं ।


सम्बन्धित शीर्षकहरु

फूल जस्तै हामी नानी हामीजस्तै फूल फूलबारीमा डुल्ने गर्छन् पुतलीका हुल... यी गीति हरफहरु गीतकार प्रकाश सुवेदीले रचना गरेका हुन्…

नसोधेर दिलमा, सजायौ तिमीले शान्त मन चञ्चल बनायौ तिमीले .... भन्न त भन्छन् यहाँ ‘माया आफै हुन्छ लाउन पर्दैन’ भनेर…

नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनी…

प्रतिकृयाहरू
...