Thursday 12th March 2026

पत्रकार उपेक्षित झापामा सम्मानित


विर्तामोड झापामा झापाली बाम पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालले स्थापनाको २६ औं दिवस मनाउने क्रममा तितोपाटी डटकमका सम्पादक तोयानाथ उपेक्षितलाई सम्मान गरेको छ ।

उपेक्षित प्रेस चौतारी झापाको दोश्रो कार्यकालका लागि अध्यक्ष हुनुहुन्थ्यो । विक्रम सम्बत २०५८ देखि २०६० मा उहाँ प्रेस चौतारी झापाको अध्यक्ष तथा सोही समयमा नेपाल पत्रकार महासंघ झापाको कार्यसमिती सदस्य भएर काम गर्नु भएको थियो ।

स्थापना दिवसको अवसरमा प्रेस चौतारीले झापाको दोस्रो अध्यक्ष तोयानाथ उपेक्षितलाई नगद रू. २५ हजार र प्रमाणपत्र सहित सम्मान गरेको हो । उपेक्षित वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा रहेकाले उनका सहकर्मी रमेश गौतमले उक्त सम्मानपत्र बुझेका थिए । गौतम उपेक्षितको कार्यकालमा कोषाध्यक्ष रहेका थिए । चौतारीले यसअघि संस्थापक अध्यक्ष नेत्र पाठकलाई २५ औं स्थापना दिवसको अवसरमा सम्मान गरेको थियो ।

पत्रकार उपेक्षित कुवेतमा उत्कृष्ट पत्रकारको रुपमा सन २०१७ सम्मानित हुनु भएको थियो । उहाँले पत्रकार महासंघको कुवेत शाखा स्थापनाका लागि अहम् भूमिका निभाउने र आफू पछि बसेर नयाँ पत्रकारहरुलाई प्रोत्साहित गर्दै आउनु भएको छ । विभिन्न समयमा कोसेली परिवारले आयोजना गरेका पत्रकार पशिक्षण कार्यक्रमहरुमा नबोदित पत्रकारहरुलाई तालिम दिने र लेखनका लागि उत्साहित गर्ने काम गर्दै आउनु भएको छ ।

उहाँको सम्मान कार्यक्रमको अवसरमा चौतारी ले बिरामी भएका तीन जना पत्रकारलाई पत्रकार उपचार सहयोग कोषबाट उपचार खर्च वापत रकम बितरण गरेको थियो । पत्रकार उद्धव पुरी, तुलसीप्रसाद निरौला र सावित्रा दाहाललाई जनही ५ हजार रुपैयाँका दरले सहयोग प्रदान गरेको हो । त्यस्तै बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा कार्यक्रममा सहभागी पत्रकारहरुको निःशुल्क आँखा परीक्षण गरिएको थियो । वनभोजसहित आयोजना गरिएको कार्यक्रममा मनोरञ्जनात्मक प्रतियोगिताहरु सञ्चालन गरिएको थियो ।

मनकुमार गदालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फेको प्रमुख आतिथ्यता रहेको कार्यक्रमलाई चौतारी झापाका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक प्रदीप परियारले स्वागत गर्नु भएको थियो भने सञ्चालन चौतारीका कोषाध्यक्ष तिलक योन्जन बाट भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तुम्बाहाम्फे, एमाले केन्द्रीय सदस्य मेनुका काफ्ले, एमाले झापा सचिव शिव ढुङ्गेल, प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्य, महासंघका कोशी प्रदेश कोषाध्यक्ष बिमल लामिछाने, झापा सचिव डिकेश लामा, प्रेस युनियन केन्द्रिय सचिव रेजिना रोदन, बिर्तामोड–७ वडाध्यक्ष अविरल कृष्ण खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उपेक्षित कुवेतमा दुई झण्डै दुई दशकयता पत्रकारितामा क्रियाशिल हुनुहुन्छ । उहाँ ले मरुभूमिको कोसेली छाँपा पत्रिका र अनलाईनको प्रधान सम्पादक रहेर करिब ६ बर्ष कार्य गरिसक्नु भएको छ भने हाल तितोपाटी डट कम को सम्पादक को भूमिकामा क्रियाशिल हुनुहुन्छ । कोशेली परिवारको तर्फबाट उहाँमा हार्दिक बद्याइ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...