Thursday 26th March 2026

एलभीएमएचका संस्थापक बर्नार्ड अर्नाल्ट बने विश्वकै सर्वाधिक धनी


फ्रान्सेली खर्बपति व्यापारी तथा लक्जरी ब्रान्ड लुँई भिटोँका संस्थापक बर्नार्ड अर्नाल्ट विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । अमेरिकी आर्थिक पत्रिका फोब्र्सको रियल टाइम बिलेनियर्स इन्डेक्सका अनुसार एलभीएमएचका अध्यक्ष तथा सीईओ अर्नाल्टको नेटवर्थ २ खर्ब ७ अर्ब ८० करोड डलर रहेको छ । शुक्रवार एकैदिन आर्नोको सम्पत्ति २३ अर्ब ६० करोड डलरले बढेको थियो ।

उक्त दिन अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका संस्थापक तथा सीईओ एलन मस्कको सम्पत्ति २ खर्ब ४ अर्ब ५० करोड डलर थियो । शुक्रवार एलभीएमएचको बजार पुँजीकरण ३ खर्ब ८८ अर्ब ८० करोड डलर पुगेको छ । टेस्लाको बजार पुँजीकरण सोहीदिन ५ अर्ब ८६ अर्ब १४ करोड डलर थियो । सूचीको तेस्रो स्थानमा रहेको अमेरिकी अनलाइन खुद्रा कम्पनी एमेजनका संस्थापक तथा सीईओ जेफ बेजोसको नेटवर्थ १ खर्ब ८१ अर्ब ३० करोड डलर थियो ।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...