Monday 12th October 2026

कुवेतमा बागलुङका दिल्लीराज शर्मा सम्पर्क बिहिन


  1. तितोपाटी-कुवेतमा कार्यरत एक नेपाली सम्पर्क बिहिन भएका छ्न। बाग्लुङ जिल्ला जैमिनि नगरपालिका १ का दिल्लिराज शर्मा गत जनवरी १६ तारिखबाट सम्पर्क बिहिन भएको शर्माका आफन्तले तितोपाटीलाई बताएका छ्न। वैदेशिक रोजगारीको शिलशिलामा रोमा इनटरनेशनल कम्पनीमा कार्यरत शर्मा हवेली एरियाबाट ११:३० सम्पर्कबिहिन भएका हुन। त्यस प्रश्चात उनी परिवार, संगीसाथी, आफन्तको सम्पर्कमा आएनन । भने उनको मोबाईल अहिले स्विच रहेको छ भने म्यासेन्जर व्हाटसपमा गत जनवरी १६ पछि अनलाइन देखाएको छैन। परिवार तनावमा रहेका छ्न। शर्माको श्रीमतीले कुवेत स्थित नेपाली दूतावास, एनआरएनए, नेपाली संघ सस्था र पत्रकारहरुलाई आफ्नो श्रीमानको खोजीको अनुरोध गरेकीछ्न।
    बाग्लुङका दिल्लीराज शर्मा सम्पर्कबिहिन भएको कुरा नेपाली दूतावासका श्रम सहचारी गिरि प्रसाद आचार्यलाई जानकारी गराई सकिएको कृष्ण पौडेलले बताउदै सम्भव भएका ठाँउहरुमा आफु र साथीहरू खोजी कार्यमा लागि परेको जानकारी गराएका छ्न । ११ दिन बित्दा पनि उनको कुनै जानकारी प्राप्त हुन सकेको छैन। शर्मा कस्तो समस्यामा परेर सम्पर्क बिहिन भए अन्योलता छाएको छ। कुवेतमा रहनु भएका नेपाली दाजु भाई दिदी बहिनीहरुले शर्मालाई कहि कतै देखेमा वा केहि जानकारी भएमा नेपाली दूतावास कुवेत तथा तल उल्लेखित नम्बरमा सम्पर्क गरिदिनु हुन समेत आफन्त रघुनाथ अर्यालले आग्रह गरेका छ्न।
    सम्पर्कको लागि कृष्ण पौडेल ६५५८९५२०, रघुनाथ अर्याल ६५१७३६६५

सम्बन्धित शीर्षकहरु

सुडान र इजिप्टको सीमावर्ती क्षेत्रमा रहेको एक सुन खानीमा भएको हवाई आक्रमणमा कम्तीमा ७२ जना मजदुरको मृत्यु भएको छ। सुडानी…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

प्रतिकृयाहरू
...