Friday 3rd May 2024

कल्याणकारी-मुजैनी कप भलिबल प्रतियोगिता यहि जनवरी २६ मा महाबुल्लामा हुने


तीतोपाटी – “कल्याणकारी-मुजैनी कप २०२४” खुल्ला भलिबल प्रतियोगिता यहि २६ जनवरी शुक्रबारका दिन महाबुल्ला स्थित खेलकुद मैदानमा हुने भएको छ । नयाँ वर्ष २०२४ को अवसर पारेर सम्पन्न गर्न खोजिएको उक्त प्रतियोगित प्राविधिक कारणले नयाँ वर्षमा संचालन गर्न सम्भव नभएपछि यहि जनवरी २६ तारिक शुक्रबारका दिन कल्याणकारी नेपाली युवा समाज कुवेतको आयोजना र अल मुजैनी एक्सचेन्जको मुख्य प्रायोजनमा सम्पन्न गर्न लागिएको समाजका महासचिव आङ नोर्बु शेर्पाले तीतोपाटी डट कम सँगको कुराकानीमा बताए ।

भलिबल प्रतियोगितामा प्रथम, द्वित्तिय र तृतीय हुने टिमहरूलाइ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाण-पत्र सहित पुरस्कृति गरिने जनाइएको उक्त प्रतियोगितामा उत्कृष्ट टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर तथा उत्कृष्ट लिबेरोलाइ समेत पुरस्कृत गरिने अायोजक कल्याणकारी नेपाली युवा समाजले जनाएको छ ।

प्रथम हुने टिमलाइ नगद २०१ केडी, ट्रफी, मेडल र प्रमाण-पत्र प्रदान गरिने जनाएको समाजले द्वित्तिय हुने टिमलाइ नगद १५१ केडी पनि ट्रफी, मेडल र प्रमाण-पत्र प्रदान गरिने जनाएको छ। तृतीय हुने टिमलाइ नगद ७५ केडी र प्रमाण-पत्र तथा चाैथो हुने टिमको टिम दर्ता शुल्क फिर्ता गरिने जनाएको छ ।

टिम दर्ता र टाइ सिट २५ तारिक बिहिबार हुने र टिम दर्ता शुल्क १० केडी रहेको जनाएको समाजले भलिबल खेलप्रेमी कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सबैलाइ खेलकुद प्रतियोगिता हेर्न महाबुल्ला खेल मैदानमा पुग्न हार्दिक निमन्त्रणा गर्दै अाफुलाइ मन पर्ने टिमलाइ हाैसला प्रदान गर्न र भरपुर मनोरन्जन लिन पनि सबैमा आह्वान गरेको छ ।

भलिबल प्रतियोगिता बारे जानकारी दिंदै कल्याणकारी नेपाली युवा समाज कुवेतका अध्यक्ष सुबास श्रेष्ठले भने, वैदेशिक रोजगारीका क्रममा कुवेतमा रहेका युवा वर्गलाइ कुलतबाट बचाइ स्वास्थ्य राख्न, श्रम गरेर बचेको समयलाइ सदुपयोग गराउनको निमित्त समय समयमा भलिबल प्रतियोगिता गराइ खेलको माध्यमबाट खेलप्रेमी युवा वर्गलाइ अनुशासित र मर्यदित बनाउँदै दर्शकहरूलाइ मनोरन्ज प्रदान गर्नको लागि समाजको नियमित कार्यक्रमको रूपमा यो भलिबल प्रतियोगिता आयोजना गरिएको बताए ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...