Friday 16th October 2026

कल्याणकारी-मुजैनी कप भलिबल प्रतियोगिता यहि जनवरी २६ मा महाबुल्लामा हुने


तीतोपाटी – “कल्याणकारी-मुजैनी कप २०२४” खुल्ला भलिबल प्रतियोगिता यहि २६ जनवरी शुक्रबारका दिन महाबुल्ला स्थित खेलकुद मैदानमा हुने भएको छ । नयाँ वर्ष २०२४ को अवसर पारेर सम्पन्न गर्न खोजिएको उक्त प्रतियोगित प्राविधिक कारणले नयाँ वर्षमा संचालन गर्न सम्भव नभएपछि यहि जनवरी २६ तारिक शुक्रबारका दिन कल्याणकारी नेपाली युवा समाज कुवेतको आयोजना र अल मुजैनी एक्सचेन्जको मुख्य प्रायोजनमा सम्पन्न गर्न लागिएको समाजका महासचिव आङ नोर्बु शेर्पाले तीतोपाटी डट कम सँगको कुराकानीमा बताए ।

भलिबल प्रतियोगितामा प्रथम, द्वित्तिय र तृतीय हुने टिमहरूलाइ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाण-पत्र सहित पुरस्कृति गरिने जनाइएको उक्त प्रतियोगितामा उत्कृष्ट टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर तथा उत्कृष्ट लिबेरोलाइ समेत पुरस्कृत गरिने अायोजक कल्याणकारी नेपाली युवा समाजले जनाएको छ ।

प्रथम हुने टिमलाइ नगद २०१ केडी, ट्रफी, मेडल र प्रमाण-पत्र प्रदान गरिने जनाएको समाजले द्वित्तिय हुने टिमलाइ नगद १५१ केडी पनि ट्रफी, मेडल र प्रमाण-पत्र प्रदान गरिने जनाएको छ। तृतीय हुने टिमलाइ नगद ७५ केडी र प्रमाण-पत्र तथा चाैथो हुने टिमको टिम दर्ता शुल्क फिर्ता गरिने जनाएको छ ।

टिम दर्ता र टाइ सिट २५ तारिक बिहिबार हुने र टिम दर्ता शुल्क १० केडी रहेको जनाएको समाजले भलिबल खेलप्रेमी कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सबैलाइ खेलकुद प्रतियोगिता हेर्न महाबुल्ला खेल मैदानमा पुग्न हार्दिक निमन्त्रणा गर्दै अाफुलाइ मन पर्ने टिमलाइ हाैसला प्रदान गर्न र भरपुर मनोरन्जन लिन पनि सबैमा आह्वान गरेको छ ।

भलिबल प्रतियोगिता बारे जानकारी दिंदै कल्याणकारी नेपाली युवा समाज कुवेतका अध्यक्ष सुबास श्रेष्ठले भने, वैदेशिक रोजगारीका क्रममा कुवेतमा रहेका युवा वर्गलाइ कुलतबाट बचाइ स्वास्थ्य राख्न, श्रम गरेर बचेको समयलाइ सदुपयोग गराउनको निमित्त समय समयमा भलिबल प्रतियोगिता गराइ खेलको माध्यमबाट खेलप्रेमी युवा वर्गलाइ अनुशासित र मर्यदित बनाउँदै दर्शकहरूलाइ मनोरन्ज प्रदान गर्नको लागि समाजको नियमित कार्यक्रमको रूपमा यो भलिबल प्रतियोगिता आयोजना गरिएको बताए ।


सम्बन्धित शीर्षकहरु

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

यमनको दक्षिणी सहर अदेनस्थित राष्ट्रपति भवनमा हुथी समूहले मिसाइल आक्रमण गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै जना घाइते…

प्रतिकृयाहरू
...