Sunday 28th April 2024

श्रीमान ज्यूलाई खुल्ला पत्र


श्रीमान ज्यु लाई खुल्ला पत्र !

बालकृष्ण घिमिरे , काठमाडौं

श्रीमान ज्यु , सर्वप्रथम सकेसम्म गौशाला २६ र संदिप लामिछानेको केशलाई नछोइ तर उस्तै प्रकृतिको घटनामा आधारित सामाग्री लेख्ने अनुमती चाहान्छु ।

सम्माननिय श्रीमान ज्यु ,

सिनामंगल १८, गाउको कुनै एक बिध्यालयमा पड्दै थिइन । उनी कक्षा ८ मा पड्दै गर्दा त्यही स्कुलका शिक्षेकले सिनामंगल १८ कै भनाई अनुसार सहमतिमा एक पटक मात्रै सहबास गरे, तर उनी त्यतिबेला १५ वर्षकी मात्रै थिहिन । उनी गरिव मात्रै हैन, हाम्रो रुढीबादी समाजले छुट्याइदिएको अछुतो भनिएको जातकी पनि थिइन । श्रीमान, उनी संग सम्पर्क गर्ने मास्टर भने सामन्ती समाजले पहिचान छुट्टाइ दिएको तपाईं र म जस्तै बाहुन वर्गका व्यक्ति थिए । कक्षा १० सम्म गाउकै स्कुलमा अध्यन गरेकी सिनामंगल १८ ले एस ई ई पास गरेपछी काठमाडौ आएर कानुनको बिषय लिएर पड्ने र वकिल बन्ने सपना देखिन तर त्यो उनको लागि फलामको चिउरा चपाउनु सरह थियो । भर्खर बाबु गुमाएकी उनको इच्छा पूरा गर्न सक्ने हैसियत उनको परिवारमा थिएन र पनि उनका दाजुभाइ मध्येको कान्छो दाइ साउदी जाने र बहिनीलाई पढाउने योजना अनुसार उनी साउदी गए । सिनामंगल १८ काठमाडौमा रहेका आफ्ना दिदी भिनाजुकोमा आएर बसिन र सरकारी कलेजमा “कानुन” विषय लिएर पढ्ने गरि भर्ना भइन । दिदी भिनाजुको अवस्था पनि दैनिक गुजारामा मात्रै सिमित थियो । महिनाहरु बित्दै गए, विदेश गएका दाजु सम्पर्कमा आएनन् । उनको घरबाट ल्याएको रकम सकिदै गयो । उनमा एकखालको छट्पटी सुरु भयो । नजिकै बस्ने एकजना महिला संग सिनामंगल १८ ले आफ्नो दुखेसो पोखिन । ती महिला पनि आफ्नो शरीर स्वेच्छाले बेचेर पैसा कमाउने पेशामा लागेकी रहिछिन ।

सम्माननिय श्रीमान ज्यु, हजुर पनि नेपाली भएका नाताले देशै भरिका नेपालीहरुको अवस्था प्रति पक्कै पनि अनविज्ञ हुनुहुन्न होला ? धेरै जसो रोजगारी नपाएर आफ्नो पापी पेट भर्न त्यो घिडित पेशा अंगाल्न वाध्य भएका छन भने कोइ भर्खरका युवतीहरु सिनामंगल १८ को जस्तै पड्ने चाहाना हुदाहुदै आर्थिक अवस्था कमजोर भएका कारण त्यो पेशामा लागेका देखिन्छन, त कोइ मनोरञ्जन, रमाइलो र सन्तुष्टिका लागि आफ्नो शरीर बेच्नेहरु पनि भेटिन्छ्न र नगन्य संख्यामा यौन पिपाशुहरुले बालिका वा उमेर पुगेका महिलाहरुलाई बलात्कार गरेका घटनाहरु पनि छन ।

सम्मानित व्यक्तित्व श्रीमान ज्यु, सिनामंगल १८ पनि त्यही सहयोगी दिदीको साथमा लागेर आफ्नो शरीर बेचेरै भएपनी कानुन पढेर कालोकोट भिर्ने सपना पूरा गर्न एउटा स्वइच्छाले संचालित कोठीमा पुग्न वाध्य हुन्छिन र पुग्छिन । आफुखुशी यौन सम्पर्क गराउने र गर्नेहरुलाई उपयुक्त स्थान मिलाउने अनेक थरिका नामधारी व्यवसायहरु शहर भरी थिए र छन । हो भर्खर अठार वर्षमा लागेकी सिनामंगल १८ पनि त्यही पुग्छिन । त्यो ब्यवसाय संचालकले सिनामंगल १८ को बारेमा सवै वास्तबिकता बुझेपछी एक जना आफ्नो बिस्वासिलो ग्राहकलाई बोलाएर सिनामंगल १८ संग भेटाइ दिन्छन । ती ग्राहक र सिनामंगल १८ बिच लामो कुराकानी भएपछी भोलिपल्टबाट सिनामंगल १८ त्यो स्थानमा नजाने र समय समयमा सहमतिमा भेट्ने, अनि उनको ११, १२ पढ्न लाग्ने रकम र खान बस्न लाग्ने खर्च ती व्यक्तिले दिने योजना बनाएर अगाडि बड्दै जान्छन । उनि अब दिदी भिनाजु सँग नबसि आफै कोठा लिएर बस्न थालिन।

श्रीमान ज्यु, दिनहरु बित्दै जान्छन । सिनामंगल १८ र उनको आर्थिक सहयोगी बिचको सम्बन्ध नसोचेको सम्वन्धमा परिणत हुन्छ । एकले अर्काको पारिवारिक देखि जिवनमा भोगेका सुख दुखहरु साट्ने क्रममा यति नजिक हुन्छन कि, भर्खर बिवाह बन्धनमा बाधिएका लोग्ने स्वास्नीहरुको पनि त्यति छिट्टै गहिरो सम्बन्ध बन्न टाइम लाग्थ्यो होला सायद ।
पढ्न र खान बस्ने पुर्ण जिम्मेवारी लिएर अगाडि बढ्ने सहमतिमा मात्रै उनिहरु सिमित हुदैनन । अन्य कुनै काम नगरी काठमाडौ बसेकी सिनामंगल १८ का लागि पढ्नु भन्दा पनि गाउँमा रहेकी आमाको जिम्मेवारी पूरा गर्नु महत्त्वपूर्ण थियो । घरमा आमा बिरामी पर्दा काठमाडौ बोलाएर उपचार गराउने देखि गाउँबाट आएका पाहुना पाल्ने सम्म सिनामंगल १८ का सहयोगीले गर्नु पर्ने भयो । कलेज भर्ना देखि कम्प्युटर तालिम होस वा स्कुटी सिक्ने इच्छा समेत आर्थिक रुपमा पूरा गर्दै गए । पासपोर्ट बनाउन देखि परि आए महिनै पिच्छे र प्रत्येक चाडवाडहरुमा लामो यात्रा पार गरि सिनामंगल १८ लाई घर जाने आउने र घरमा खर्च गर्ने रकम समेत सहयोगिले दिदै आए । झन्डै चार वर्ष बिते सक्यो उनिहरुले लुकिचोरी लाएको पिरतीको गाठो कसिएको ।

सम्मानित श्रीमान ज्यु, सिनामंगल १८ ले अब ब्याचलर फस्टएयर सकेकी छिन । उनी ब्याचलर दोस्रो वर्षमा पढ्दै गर्दा अवस्था अर्कै बनेको छ । सिनामंगल १८ पहिलाको जस्तो रुपरङ र व्यवहारमा बस्न नस्सक्ने अवस्थामा पुगेकी छिन । उनमा नसोचेको शहरिया परिवर्तन आउदै गएको छ । आज उनी हिजोको जस्तो ख्याउटी छैनन् । हेर्दा नै चटक्क मिलेको फुर्तिलो जिउडाल लिएर हिड्छिन । २२ वर्षिया सुन्दरीका आज सुन बनाउने सुनार देखि गार्मेण्ट फ्याक्ट्रीको प्रमुख होस् वा हाइन्सम पठाओ धारी बाईकवालाहरु नजिकका साथी भएका छन । चार वर्ष अगाडि देखिको सहयोगी पाट्नर आज बुढो र गन्हाउने भएको छ । कुनै दिन मोबाइल त के , परि आए आफ्नो पुरै शरीर सुम्पिन तयार भएकी सिनामंगल १८ आज आफ्नो मोबाइल हेर्न त के छुन समेत नदिने भएकी छिन । हिजो वेश्यालयमा पुराउने एक जना दिदी बाहेक अरु कोइ कसैलाई साथी नबनाएकी सिनामंगल १८ आज विदेशमा रहेका ब्यक्तिलाई माया जालमा पार्न समेत सफल भएकी छिन भने स्वदेशमा दशौं जना केटा र केटी साथी बनाएर घुम्न सक्ने भएकी छिन । थाहा छैन , सिनामंगल १८ र माथी उल्लेखित व्यक्तिहरुको बिचमा शारीरिक सम्बन्ध भएको छ कि छैन ? तर सिनामंगल १८ मा देखिएको परिवर्तननले अब कसैको बहकाभ वा लैलैमा पुरानो पाट्नर वा सहयोगिलाई षड्यनत्रपुर्वक फसाउने योजना नबुनिएला भन्न सकिन्न ।

र अन्तमा आदरणीय न्यायाधीश श्रीमान ज्यु, हिजो १५ वर्षको कलिलो उमेरमा मास्तिर मुसार्ने तल्तिए कुन्नी के गर्ने भन्ने गित गाउदै अनुभव लिन र रमाइलोका लागि आफ्नै स्कुलका मास्टरसंग इच्छाले र काठमाडौ आएपछी कालोकोट लगाउने सपना पूरा गर्न वाध्याताले घृणित पेशामा लागेकी सिनामंगल १८ लाई दोषी देख्छ कि तपाईले परिभाषित गरेको कानुनले चार चार वर्षसम्म पुर्णरुपमा आर्थिक सहयोग गरेर समय सापेक्षे सहमतिमा यौन सम्बन्ध राख्ने ब्यक्तिलाई दोषी देख्छ ? यो प्रश्न आज जटिल र संबेदनशील बन्दै गएको देखिन्छ । यसको निराकरण गर्ने गरि कानुन नबन्ने हो भने संदिप मात्रै हैन, यो वा त्यो नामका सम्मानित क्षेत्रमा रहेका व्यक्तिहरुले समेत पछुताउनु सिवाय केही हुने छैन । वास्तविक पीडितले न्यायबाट बन्चित हुन नपरोस। सम्वन्धित सबैमा चेतना भया

( यो सामाग्री समयको माग अनुसार तयार गरेको हुँ र पुर्णरुपमा काल्पनिक हो । यसले कसैको जीवनसंग मेलखान गएको भए संयोग मात्रै हुने छ ) । धन्यवाद !


सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

प्रतिकृयाहरू
...