Wednesday 9th September 2026

एउटा बौद्ध गुम्बा सहित बंगलादेशमा चुनावको एक दिन पहिले १४ ठाउँमा आगजनी भएका छन


बंगलादेशमा निर्वाचनको अघिल्लो दिन १४ वटा मतदान केन्द्रमा आगजनी भएको छ । राजधानी ढाकाको बाहिरी भागमा रहेको एउटा मतदान केन्द्रसहित बंगलादेशका कम्तीमा १४ मतदान केन्द्रमा आगजनी गरिएको छ ।

बंगलादेशमा हुन गइरहेको निर्वाचनको एक दिन अघि शिलशिलेवार आक्रमणको लहर आएको छ। गत शुक्रबार, व्यस्त यात्रु ट्रेनमा कथित रूपमा आगजनी गरिएको थियो, जसमा चार यात्रुको मृत्यु भएको थियो। अधिकांश विपक्षी दलहरूले चुनाव बहिष्कार गरिरहेका छन्, जसमा प्रधानमन्त्री शेख हसिनाले लगातार चौथो कार्यकाल जित्ने पक्का छ।

मध्य ढाकाको एक यात्रु रेलमा शुक्रबार भएको आगलागीमा संलग्न भएको आशंकामा बंगलादेश नेसनलिस्ट पार्टी बीएनपी का प्रमुख विपक्षी राजनीतिज्ञ नबिउल्लाह नाबी र पार्टीका अन्य छ जना कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ढाका अस्पतालका वरिष्ठ अधिकारी सामन्त लाल सेनका अनुसार आठ जना गम्भीर घाइते भएका छन्।

स्थानीय मिडियाले दक्षिण(पूर्वी सहर चटगाउँमा रहेको एउटा बौद्ध मन्दिरमा आगजनी भएको र सत्तारुढ अवामी लिगको स्थानीय पार्टी कार्यालयमा आक्रमण भएको निर्वाचन आयोगले बताएको छ। बिएनपीले मतदातालाई निर्वाचन बहिष्कार गर्न र देशभर दुई दिने बन्दको आह्वान गरेको छ । सत्तारुढ अवामी लिगले बीएनपीले निर्दोष मानिसहरूमाथि आतंकको शासन जारी गरेर चुनाव बिथोल्न खोजेको आरोप लगाएको छ।

बंगलादेशको बर्तमान सत्ता भारतप्रति नरम छ भने अमेरिकासँग दुरी केही बढेको अवस्थामा छ । चीनको समेत राम्रै प्रभाव बढदै गएको बंगलादेशको शासनमा स्थिरता आए देखि उसले निक्कै राम्रो आर्थिक प्रगति गरिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...