Monday 23rd March 2026

नेपाली दूतावास कुवेतले राहदानी नवीकरण सम्बन्धी सेवा बारे नयाँ सूचना जारी गरेको छ


तीतोपाटी- कुवेतमा रहेको नेपाली दूतावासले राहदानी नवीकरण, तथा कागजात प्रमाणीकरण बारे  तीन दिनका लागी सेवा बन्द गरेको छ।

कुवेतका अमिर अल सबाको हिजो शनिवारको दिन ८६ वर्षको उमेरमा निधन भएकोले नेपाली दूतावास कुवेतले तीन दिन अर्थात आज देखी आगामी मंगलबार सम्म बन्द रहने दूतावासले एक सूचना जारी गर्दै सेवाग्राही लाई जानकारी गराएको हो।

जानकारीका अनुसार उक्त तीन दिन दूतावास बन्द रहने भएकोले राहदानी सम्बन्धी समय तालिका फेरबदल गरिएको जनाएको छ।

दूतावासले जारी गरेको सूचना अनुसार, राहदानी नवीकरण सम्बन्धी समय तालिका, १७-डिसेम्बरको लागी तय गरिएको सम्बन्धित व्यक्तिले २०- डिसेम्बरमा उपस्थित हुनु पर्ने। १८- डिसेम्बरको दिन समय तय  भएका सम्बन्धित व्यक्तिले, २५- डिसेम्बरमा उपस्थित हुनु पर्ने साथै १९- डिसेम्बरको दिन समय तय भएका सम्बन्धित व्यक्तिले
यही २६- डिसेम्बरको दिन उपस्थित हुन अनुरोध गरेको छ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...