Monday 29th April 2024

दुर्गा प्रसाई को पछि जनता कि दलहरुको विरुद्धमा जनता ?


तपाईलाई अचम्म लाग्ला यो कस्तो तर्क हो ? तपाईलाई लाग्ला यो माओवादी विरोधी हो , एमाले विरोधी हो । तपाईलाई लाग्ला यो व्यवस्था को नै विरोधी हो । हामीले विश्लेषण गर्ने धरातल नै यहि प्रकारको छ र यस्तै ज्ञान का कुरामा रमाउने आदत बसिसकेको छ । हामी दल नभए बाँच्न नसक्ने भएका छौ । जनता भएर बाँच्न र विधुवा भएर बाँच्नु उस्तै उस्तै भएको छ । केही न केही आरोप खेप्नै पर्दछ ।

तर बास्तवमा प्रचण्ड पनि चाहान्छन अब अराजकता बढदै जान पर्दछ । उनलाई थाहा छ अर्को पटक यो सत्ता उनलाई मिल्ने वाला छैन । पहिलो कुरा, जति अराजकता बढयो त्यति आफ्नो आयु लम्बिन सक्छ भन्ने उनको एउटा दाउ छ । दोश्रो कुरा दुर्गा प्रसाई को उग्रता एमाले का विरुद्धमा खनिएको छ । यो प्रचण्डका लागि मुत को न्यानो पनि हो । दुर्गा कमजोर भए एमालेका विरुद्धको आवाज कमजोर हुन्छ । एमाले कमजोर नहुदा प्रचण्ड वा माओवादी झन कमजोर हुन्छ ।

व्यवस्था भाडमा जाओस नेताहरुलाई मतलब छैन । मतलब भएको भए गणतन्त्रका १८ बर्ष मा कोही न कोही त गतिलो नेता बनेर निस्कन पर्ने थियो नी । अयोग्यता र असक्षताले भरिएको सांसद टेवल ठोक्न का लागि मात्र भए । पाँच जना नेताको हालीमुहाली लाई बैधता प्रदान गर्ने नेपालको संसद नै फेलियर भएको देखिन्छ । यीनले देश र जनतालाई शिरमा राखेर कहिल्यै सोचेनन । यी दल चलाउने दलालहरु ले न स्वदेशमा जनता मिलाएर काम गर्न जाने, न विदेशीलाई विश्वासमा लिन सक्ने निती बनाउन सके । सत्तामा हुदा र सत्ता बाहिर हुदा उनीहरुको तर्क र काम गराई जनताले नबुझेको कुरा रहेन । जहिल्यै पनि उनीहरुको अर्जुन दृष्टि सत्ता मात्र रहयो । जनता लुट्न यीनले कार्यकर्ताहरुको बटालियनहरु खडा गरे । राज्यका सवै संन्यत्रमा आफ्ना कार्यकर्ता भर्ति गरे । झोले नहुने जनता उनीहरुका नजरमा जनता नै भएनन । सत्तामा जाने ले सवैलाई जनता देखेनन । उनीहरुले राज्यबाट कुनै सेवा र सुविधा लिन जनता भएर भएन, दलको सदस्यताका चाहिने परिपाटीको विकाश गरे ।

यीनीहरुले आफ्ना सन्तानको भविश्य का लागि विदेशमा थलोकिलो निर्माण गरेर बसेका छन । नेपाल त उनीहरुका लागि कामत जस्तो हो । कुत उठाउने, बेठी लाउने ठाउँ मात्र हो । उनीहरुको भण्डर अन्तै छ । उनीहरुका सन्तानको भविश्य त्यसै सुरक्षित छ । यो मानेमा तिनीहरु भन्दा दुर्गा प्रसाई धेरै योग्य छन । प्रसाई धेरै राष्ट्रबादी पनि देखिएका छन । उनले जे गर्न कोशिष गरे यहि देशका लागि गरे । तर देशका लागि काम गर्न खोज्नेलाई पनि यीनले गर्न दिएनन । उनी जहाँ पुग्न चाहान्थे यीनिहरुले रोक्न खोजे, दुर्गा एउटा प्रतिनिधी पात्र मात्र हुन । उनी जस्ता सयौ व्यवशायी पलायन भएका छन । नेपालमा केही गर्छु भन्ने लाई यीनले लाईसेन्स नै दिदैनन । विदेशबाट आयत गर्दा आउने कमिशन उनीहरु मार्न चाहादैनन । कसैले खोलेका उद्योग धन्दा मा कार्यकर्ताहरु पठाएर चन्दा उठाउछन , नदिए युनियन खडा गरेर ध्वस्त बनाउछन । यीनले जानेको यहि हो त्यसै गरेर देश बरबाद बनाए । यहाँ का जनता लाई बेरोजगार बनाए र विदेशमा कुल्ली काम गर्न जान बाध्य पारे । त्यसको परिणाम आज लाखौ कार्यकर्ता भएका दलहरु भन्दा एक्लो व्यवशायी दुर्गा प्रसाई लाई जनताको साथ दिएका हुन । दुर्गा प्रसाई को गल्ती देख्ने महेश बस्नेत जस्ता मानिसहरुले आफ्नो दलको सरकार ले देश र जनताका लागि के गरर्यो भनेर कहिल्यै समिक्षा गर्दैनन । यो एमाले का हकमा मात्र होईन । काग्रेस, माओवादी का हकमा पनि कुरा यहि हो । अझ क्रान्ति गरेर आएको माओवादीका नेता दुई दशक भित्र कहाँबाट कहाँ पुगे त्यसलाई हेरे पुग्छ । अनि देश भने दक्षिण एषियमा सवै भन्दा पुच्छर मा पुगेको कुरा लाई दाँजेर हेरे थाहा हुन्छ । अरु त अरु भूटान ले पनि नेपाल लाई ऋण दिन सक्ने हैसियत बनाएको छ । यो सवै जनताले गरेको जस्तो गरि उल्टै चर्का कुरा गर्ने नेताहरुलाई अब बात ले होईन श्रीलंका को जस्तो लात ले संझाउन मात्र बाकी छ ।

रवि लामिछानेको पार्टी लाई बैकल्पिक शक्ति बनाई दिए जनताले त्यो कुनै पनि पुराना दलहरुलाई पचेको छैन । अब त दल नै नचाहिने भईसक्यो । बालेन ले यीनलाई थर्कमान बनाई सकेका छन । दुर्गा ले आफ्नो शक्ति देखाई दिएका छन । दुर्गा को न दल छ न कार्यकर्ता तर एमाले को शक्ति प्रर्दशन उनको सामन्ने हातीका अगाडी भुसुना जस्तो देखियो किन ? किन की जनता दलहरुको पक्षमा छैनन । जनता लाई विकल्प चाहिएको छ । दुर्गा प्रसाई सँग न शैक्षिक योग्यता छ नत राजनैतिक ज्ञान र दर्शन छ तर पनि जनता उनको पछि किन लागे भने उनीसँग व्यवशायीक दक्षता राम्रो छ । उनको व्यवशायी डुवाई दिन सरकार लाग्दा पनि उनी हुँकारका साथ आफ्नै पौरखमा बाचेका छन र हजारौ लाई रोजगारी दिएका छन । उनीसँग व्यवशाय कसरी गर्ने र पैसा कसरी कमाउने भन्ने राम्रो ज्ञान छ हाम्रा नेताहरुसँग कसरी पैसा लुट्ने ? कहाँ बाट लुट्ने ? को सँग लुट्ने भन्ने मात्र ज्ञान छ । एउटा लुटेरा नेता भन्दा एउटा ईमान्दार व्यपारी को लुट नै कम निर्दयी हुन्छ । यसैले मानिसहरुले दुर्गा प्रसाई माथि भएको अन्याय लाई साथ दिएका हुन । दुर्गा प्रसाईले खोल्दिएको पोल लाई पत्याएका हुन । दुर्गा प्रसाई लाई साथ दिएर पुराना दलहरुलाई चुनौति दिएका हुन ।

राज्य ले धेरै हेप्यो भने कसरी दुर्गा प्रसाई जन्मन्छन भन्ने अब त बुझ्यो होला । सरकारले राम्रो काम गरेको भए दुर्गा प्रसाईहरु ले जनताको मञ्च प्राप्त गर्ने थिएनन । अनि सामान्य जनताले दुर्गा ले हामीलाई न्याय गराई देला भनेर पछि लाग्ने थिएनन । आफ्नो दोष नदेख्ने अर्काको खोट खोज्दै हिड्ने दलहरुको विकल्प त अनिवार्य नै भएको छ । दलहरु यसरी ईतिहासमा कहिल्यै अतालिएका थिएनन जसरी एउटा दुर्गाले नियको सातो लिए । बास्तबमा सरकारी दमन र बाटो छेक्ने तथा आतंक सृजना गर्ने अनेक हत्कंण्डा नगरेको भए काठमाण्डौमा प्रसाईको पक्षमा अझै धेरै जनता भेला हुने थिए । प्रसाईको चरित्र हत्याका लागि दुवई बाट एक जना रिजवान अन्सारी नामको मानिसले पनि योजना मुताविक प्रसाईको विरुद्धमा दिएका अभिव्याक्तिले पनि मानिसहरुलाई दुविधामा पारेको देखियो । महेश बस्नेत र एमाले ले काउन्टर सभा गरेर शक्ति नथोपरेको भए काठमाण्डौको सिंहदरबारमा जनता पस्न सक्ने सम्भावना थियो ।

अब शुरुवात भयो । दुर्गा प्रसाई ले देश हाक्छन भन्ने होईन । दुर्गा प्रसाई ले राजा ल्याउछन भन्ने पनि होईन । दलहरुको विकल्प जनताले खोजिसके भन्ने चाहि निश्चित नै भयो । सार्वजनिक मिडियाहरुमा समेत दलहरुले सेन्सर लगाउदा पनि जनताको विद्रोह अब निरन्तर बढ्दै जाने चाही पक्का देखियो ।


सम्बन्धित शीर्षकहरु

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

हरि कृष्ण न्याैपाने - फेब्रुअरी २५, २०२४ का दिन कतारबाट देव महराले ह्वाट्सपमा खबर पठाउनुभयो । लेख्नुभएको थियो, ‘सर मेरो…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/०५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...