Wednesday 9th September 2026

एनआरएनए कुवेतको पहलमा भुकम्प पिडित सहयोगको लागि आर्थिक संकलन जारी (विवरण सहित)


तितोपाटी-गत हप्ता गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मानवीय भौतिक र आर्थिक रुपमा ठुलो क्षती पुगेसंगै देश बिदेशबाट भुकम्प पीडितहरुको लागि आर्थिक संकलन, राहत हस्तान्तरण र सहयोग अभियान तिब्र रुपमा अघि बढेको छ।

नेपाल सरकार, राजनीतिक दल, विभिन्न सामाजिक संघ सस्था संगै देश बिदेशमा रहेका नेपालीहरु ब्याक्तिगत, सामुहिक र सस्थागत रूपमा भुकम्प पीडितको सहयोगको लागि अभियान नै चलाएका छ्न । यसै क्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कुवेतले शुरु गरेको आर्थिक संकलन तिब्र रूपमा अघि बढेको छ। सस्थागत एक लाख पचास हजार सहयोग गर्ने बिज्ञप्ति मार्फत घोषणा गर्दै कुवेतमा कृयाशिल नेपाली संघ सस्था ब्याक्ति बिशेषलाई आफ्नो अभियानमा हातेमालो गर्न आह्वान गरेको थियो। उक्त एनआरएनए कुवेतको अभियानलाई साथ दिदै धन्नै दुई दर्जन संघ सस्थाले राहत सहयोगको लागि आर्थिक अभियानमा ऐकेबर्द्वता समर्थन जनाउदै रकम घोषणा समेत गरेका छ्न।

यसरी संकलन भएको रकम प्रधानमन्त्री राहात कोष वा सम्बन्धित जिल्लाको राहत कोषमा कुवेत कै प्रतिनिधिबाट हस्तान्तरण गरिने योजना बनाएको एनआरएनए कुवेतका अध्यक्ष रानाध्वज रानाले बताउदै त्यो सम्भव नभए नेपाली दूतावास मार्फत पनि संकलित रकम पठाईने जानकारी दिएका छ्न ।तर अहिलेसम्म पनि आफुहरु छलफल मै रहेकोले छिट्टै निस्कर्शमा पुग्ने अध्यक्ष रानाले बताएका छ्न।

हालै जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पमा परि धन्नै १ सय ६० को हाराहारीमा ज्यान गुमाएका थिए । भने दुवै जिल्लामा गरी ठुलो संख्यामा घाईते हुनुको साथै धनमाल भौतिक सम्पत्तिको समेत ठुलो क्षती पुगेको छ।


एनआरएनए कुवेतको नेतृत्वमा शुरु गरेको अभियानमा आज सम्म घोषणा गरिएको ब्याक्ति संघ सस्था लगायतको विवरण यस प्रकार रहेको छ।

गैर आवासिय नेपाली संघ कुवेत — १,५१००० नेपाली रुपैया
बैदेशिक सरोकार समाज – ५०१ केडी
नेपाल तामाङ घेदुङ- १०१ केडी
सुदुर पस्चिमेली समाज -५१ केडी
चितवन सेवा समाज -५१ केडी
जन सम्पर्क समिती – ५१ केडी
दर्सन ठकुरी समाज – ५१ केडी
सरोकार समाज कुवैत -५१ केडी
निरेम ग्रुप -३१ केडी
नेपाल कुवेत सास्कृतिक मन्च – ५१ केडी
३ किराँती सस्था संयुक्त- ७५ केडी
युना लामा- ५८ केडी
लुम्बिनी समाज नेपाल कुवेत- ५१ केडी
डाम्पा रेस्टुरेन्ट -५१ केडी
आदिवासी जनजाती महासंघ -५१ केडी
बिश्वकर्मा एकता समाज-५१ केडी
तमु समाज कुवेत:- ६१ केडी
प्रबासी नेपाली मन्च – ५५ केडी
सिन्धुपाल्चोक सेवा समाज- ३१ केडी
कल्याणकारी युबा समाज कुवैत – ५१ केडी
कोसेली ग्रुप कुवेत-५१ केडी
धनकुटा सेवा समाज-२१ केडी
नुवाकोट धादिङ रसुवा समाज- ५५ केडी
म्याग्दि प्रबासी नेपाली संघ (मोना)- ३१ केडी
जन जागृती युवा समाज कुवेत ५१ केडी
प्रबासी नेपाली एकता मन्च- २५ केडी
विश्व इन्टरनेसनल फाइभ सेन्स फ्यामेली रेस्टुरेन्ट-५५ केडी चौतारी रेस्टुरेन्ट ग्रुप-३१ केडी
हिमालायन हाउस रेस्टुरेन्ट-३१ केडी
माया थापा मगर-१० केडी
झापाली समाज कुवेत-३१ केडी
गोर्खा किचन रेस्टुरेन्ट -५१ केडी

माउन्ट एभरेस्ट क्लब-५१ केडी

प्रसाद अमार्वती सोप मालिया-१० केडी

 


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...