Thursday 2nd May 2024

हमास ईजरायल युद्ध को परिणाम के हुन सक्छ ?


तोयानाथ उपेक्षित, हमासले अक्टोबर ७ मा जुन प्रकारको अप्रत्याशित लडाई ईजरायल माथि गरर्यो त्यसलाई विश्वले रुचाएन । केही ईश्लामी देशहरुले खुशी मनाए पनि सारा विश्वले त्यसलाई आतंककारी हमला नै भन्यो त्यसपछि ईजरायलको प्रतिक्रिया यसरी अगाडी बढयो जसलाई रोक्न अहिले सम्म कुनै पनि देश अगाडी बढन सकेको देखिन्दैन ।

त्यसो त ईजरायल माथि हुन सक्ने चौतर्फी हमलाको खतरा देखेको अमेरिकाले उति नै बेला आफ्नो बेडा र सैन्य दस्ता ईजरायलको नजिक को समुन्द्रमा तैनाथी गरिदियो र तेश्रो मुलुक ले यसमा हस्तक्षेप गरे त्यो अमेरिकालाई मान्य नहुने भन्दै उसले ईरान लक्षित बत्तव्य जारी गरर्यो । लगत्तै अमेरिकी राष्ट्रपति ले ईजरायलको भ्रमण गरे । उनकै पदचाप पछयाउदै व्रिटेन, फ्रान्स र जर्मनी पनि ईजरायलको दौडाहमा निस्कियो । यी सवैको मकसद थियो ईजरायललाई ढाडस दिनु र ईजरायलका छिमेकी देशहरुलाई खबरदारी गर्नु । जोर्डन, साउदी, ईरान, केही कडा रुपमा ईजरायलको विरुद्धमा खनिए तर लेबनान, ईजिप्ट, बहराईन, कतार, दुवई, ओमन को रुख औपचारिक विरोधमा सिमित छ । बरु उनीहरुले प्यालेस्टाईनको समर्थन लाई मानविय साहयतामा जोड दिई रहेका छन र ईजरायले युद्ध रोक्न पर्ने भनिरहेका छन । त्यसो त संयुक्त राष्ट्रसँघ, चीन, रुस लगायतका देशले अविलम्ब युद्ध रोक्न पर्ने बताई रहे पनि ईजरायल ले कसैको कुरामा ध्यान दिएको छैन । उसले हमास को पूर्ण रुपमा विनाश गर्ने कसम खाएर यसपटक मैदानमा उत्रिएको छ । जब सम्म हमासले प्यालेस्टाईन छाडदैन वा आत्मासमपर्ण गर्दैन तब सम्म युद्ध विराम पनि नहुने बताएको छ ।

ईजरायल ले भनेको छ युद्ध विराम गर्नु नै हमास सँग आत्मासर्मपण गर्नु सरह हो । यसको मतलब साफ छ की ईजरायल जुनसुकै मूल्य चुकाउन तयार छ तर युद्धविरामका लागि तयार छैन । ईजरायलको हवाई हमलाका क्रममा अहिले सम्म झण्डै ९ हजारको हाराहारीमा प्यालेस्टाईनीहरु मारिएका छन तर त्यो आँकडा लाई ईजरायल मान्न तयार छैन । बढाईचढाई गरेर अन्तराष्ट्रिय सहानुभूती र समर्थनका लागि देखाएको उसको आरोप छ । ईजरायल ले ३ देखि ४ हजार मानिस मारिएको बताउदै आएको छ । ईजरायलको डिफेन्स फोर्सको का अनुसार करिब हमास का १५ सय लडाकु मारिएका छन । यसको मतलब उसकै भनाईलाई जायज मान्ने हो भने पनि करिब ३ हजार सर्वसाधारण ४ साता भित्र मारिएको देखिन्छ । अक्टोवर ७ मा ईजरायल माथि हमासले गरेको आक्रमणमा १४ सय ईजरायली र त्यहाँ रहेका विदेशी मारिएका छन । हमासले सोही दिन करिब २३० भन्दा बढी लाई आफ्नो कव्जामा लिएको छ ।

चालिस बर्ग किलोमिटर को क्षेत्रमा फैलिएको घना आवाधीको गाजा पट्टीमा २३ लाख मानिस बस्दछन । यो संसारकै घना आवाधी भएको क्षेत्रहरु मध्येमा पर्दछ जहाँ ईजरायलको बमबारी यति धेरै भईसकेको छ की लगभग आधा भवनहरु कुनै न कुनै रुपमा क्षति भईसकेका छन । शुरुका केही दिन हमासका ठेगानाहरु भन्दै विना सूचना बामबारी गरेको ईजरायल ले त्यसपछिका दिनमा भने जहाजबाट पर्चाहरु छरेर , मोवाईलमा म्यासेज र विधुतिय प्रचार प्रसार गरेर उत्तरी गाँजाबाट मानिसहरुलाई दक्षिणतर्फ जान भनिरहेको छ । आधा मानिस उसले भने अनुसार दक्षिणतर्फ गए पनि आधा मानिसले उत्तरी गाँजामा रहेका आफ्ना घरहरु छोडेका छैनन ।

ईजरायलले गाजालाई सवैतिरबाट घेराबन्दिमा राखेको छ कसैलाई पनि देश छाड्ने अनुमति दिएको छैन । उसले हमास नभागोस भनेर यसो गरिएको हो तर हमास ले तिनै मानिसहरुको भिडभाड लाई प्रयोग गर्ने गरेको ईजरायलको आरोप छ । अस्पताल, मस्जिद, स्कुल, र शरणार्थी क्याम्प लाई लडाकुले प्रयोग गरेर मानव ढालको आडमा लुकेको भन्दै आएको छ । यसर्थ उसले ती ठेगानाहरुमा समेत अन्धाधुन्ध हवाई हमला गर्दै आएको छ । ईजरायली हवाई हमलामा सर्वसाधरण, महिला र बच्चाहरु मारिएको प्रति अन्तराष्ट्रिय जगतले आलोचना र निन्दा गर्दै आएको छ ।

गाजामा करिब १३ सय सुरुंगमा सुरक्षित बसेका हमास लडाकुहरुले सुरुंगबाट नै ईजरायलमा मिसायल प्रहार गर्न छाडेका छैनन । उनीहरुले ईजरायली सेनाको स्थलगत कारबाहीको पनि प्रतिरोध गरिरहेका छन । ईजरायलले स्थलगत आक्रमण थाले यता एकै दिन एउटै क्षेत्रमा ११ ईजरायली सेना हमासद्धारा मारिएका छन । यसले के देखाउछ भने हमासको गोरिल्ला युद्ध शैलीको प्रत्याक्रमण ईजरायलका लागि फलामको चिउरा चपाउनु सरह भएको छ । यसले के देखाउछ भने यो लडाई पनि लामो समय चल्न सक्छ । यदि यसो भयो भने मर्ने सर्वसाधारण नागरिकको संख्या बढने छ ।

प्यालेस्टाईन का नागरिकहरुलाई वरिपरीका देशहरुले आफ्नो देशमा शरण दिन बाट रोकेका छन । उनीहरुका लागि कहि पनि सुरक्षित स्थल छैन । वरिपरीबाट थुन्ने र आकाशबाट बम बर्षाउने कार्यले प्यालेस्टाईनी जनता अहिले ठुलो विपत्तिको सामना गरिरहेका छन । यसक्रममा प्यालेस्टाईनमा काम गर्ने संयुक्त राष्ट्रसघका कर्मचारी मात्र २ दर्जन भन्दा धेरैको मृत्यु भएको छ भने दर्जनौ पत्रकारहरु र मानवअधिकार कर्मीहरु समेत मारिएका छन ।

ईजरायलमाथि अफ्रिका महादेश यमनबाट हुती विद्रोहीले, लेबनानबाट हजबुल्ला र सिरियाबाट जिहादी समुहले समेत आक्रमण गरिरहेका छन । यी सवै शक्तिहरुको पछाडी ईरानको हात रहेको बताईन्छ । ईरान आफै भने युद्धमा संलघन छैन । उसलाई प्रोक्सी वार गरेको आरोप लाग्दै आएको छ । बेलाबेलामा ईरान ईजरायललाई चेतावनी पनि दिदै आएको छ । यस युद्धमा कुनै पनि देश प्रत्यक्ष सामेल भएको खण्डमा यो लडाई क्षेत्रिय युद्धमा रुपान्तरण हुन सक्दछ । यो खतरा नहोस भनेर अरब मुलुक पनि चनाखो छन । यसको फाईदा ईजरायलले भने उठाई नै रहने छ । अर्को देश यस युद्धमा सामेल नहुदै हमास लाई खतम गर्ने ईजरायलको योजना छ । यसो भयो भने उसलाई ईरान, सिरिया, लेबनान लगायतका देशबाट हुन सक्ने हमलाको प्रतिकार गर्न सजिलो हुने छ ।

गाजामा शरण लिएर बसका हजारौ विदेशी आप्रवासीहरु विस्तारै बाहिरिएका छन तर दोहरो नागरिकता हुनेहरुलाई बाहिरिन दिएको छैन । आजै मात्र ईजिप्टको बोर्डर मा रहेको रफाह चेक पोईन्ट समेत खोलिएको छ । तर त्यहाँ बाट सिमित संख्यामा मात्र बाहिरीन दिएको छ । ईजिप्ट वा जोर्डन वा लेवनान कुनै पनि देश ले प्यालेस्टाईनीहरुलाई शरण दिन चाहादैनन । उनीहरुलाई लाग्छ की एक पटक दिएको शरण ले त्यो बोझ सधैका लागि थपिने छ । पुन उनीहरुको वापसीका लागि ईजरायल कहिल्यै तयार हुने छैन भन्ने उनीहरुले बुझेका छन । ईजरायल ले लडाई प्यालेस्टाईनी जनतासँग नभएको भने पनि उनीहरुले त्यस कुरालाई पत्याएका छैनन । हमास को अन्त्य मात्र ईजरायलको चाहाना हो भन्ने कुरा ईजरायल ले बताउदै आए पनि उनीहरु मान्ने पक्षमा छैनन । ईजरायलले विस्तारै प्यालेस्टाईनी भूमी अतिक्रमण गर्दै लगेको ईतिहास का कारण अब ईजरायल ले युद्ध जितेमा प्यालेस्टाईन भन्ने देश नै नरहने उनीहरुको बुझाई छ । यसो भयो भने आफ्ना देशमा रहेका शरणर्थी पाल्ने जिम्मा सधैभरीका लागि आईलाग्ने छ । बास्तबमा ईजरायलको भित्री उद्देश्य यहि नै हो । उसले गरेको बमबारी को मकसद पनि यहि नै हो की प्यालेस्टाईनीहरुले गाजापट्टी छाडेर सधैका लागि छिमेकी देशहरुमा जाउन । प्यालेस्टाईन रहे सम्म ईजरायलले चैनको सास फेर्न नसक्ने उनीहरुको बुझाई छ । सारा ईश्लामीक देशहरुले प्यालेस्टाईन लाई दिने मद्धत को दुरुपयोग भएको र ईजरायल विरुद्ध हतियार र मिसायल खरिदमा खर्च भएको उसले बुझेको छ ।

अत यो युद्ध सोचे भन्दा लामो हुने ईजरायलको अनुमान गलत छैन । प्यालेस्टाईन लाई जडबाट नै मेटाउने उसको मनसुवा र यसो हुन नदिने अरब ईरान, टर्की, सिरियाको चाहाना का विच युद्ध चलिरहने देखिन्छ । यो युद्धमा तेश्रो देशको संलघनता भएन भने ईजरायलले जित्नेछ , भएमा क्षेत्रीय युद्धमा परिणत भएर सारा अरब मुलुकहरुमा ठुलो संकट आउन सक्दछ ।


सम्बन्धित शीर्षकहरु

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

प्रतिकृयाहरू
...