Thursday 2nd May 2024

शक्ति राष्ट्रहरु संयम नभए अर्को विश्वयुद्ध सन्निकट


तोयानाथ दाहाल, उपेक्षित,बास्तवमै ईजरायल ले कहिल्यै नदेखेको र नभोगेको क्षति यस पटक हमासको आक्रमणबाट भोग्यो । उसले (हमास) ले यति सम्म गर्न सक्ला भनेर सोचेकै थिएन तर नपत्याउदो तर भयानक आक्रमण अक्टोवर ७ तारिक को एक विहानै शुरु भयो र हाल सम्म ईजरायली सर्वसाधरण र सैनिक गरी १४ सय मारिएको पुष्टि भएको छ भने स्वदेशी र विदेशी गरी २०० सय देखि २५० सम्म हमासको कव्जामा छन ।

यो कसरी संभव भयो ? किन संसारकै उत्कृष्ट ईन्टेलिजेन्स पालेको ईजरायल ले यति ठुलो हमलाको विषयमा सुईको समेत पाएन भनेर सवालहरु खडा भएका छन । स्वय ईजरायलका सुरक्षा अधिकारी र त्यहाँका प्रधानमन्त्री एवं रक्षा मन्त्रीहरुले अहिले सम्म त्यसको जवाफ पाईसकेका छैनन । हमला आकाश जमिन र जल चारै तिरबाट भएको थियो । हमासले आक्रमण शुरु गरेसगै एकै दिन ५ हजार भन्दा धेरै रकेट समेत प्रहार गरयो । ईजरायलको आईरन डोम ले समेत यति धेरै र एक्कासी आएका मिसायल को प्रतिरोध गर्न सकेन र ईजरायल मा आगो लाग्यो । यता प्याराग्लाईडिंग बाट ईजरायल छिरेका हमास लडाकुहरुले धमाधम अन्धाधुन्ध गोली प्रहार गर्दै ईजरायलको बस्ती छिरे । उनीहरुले ईजरायलको बोर्डरको सुरक्षा दस्तालाई कव्जामा लिए र दुई देशका सिमाना का बारहरु डोजर लगाएर भत्काए । त्यसपछि पिकअप भेन, मोटर साईकल मा हवारहवारती थप लडाकु छिरे । जसलाई गोलीको शिकार बनाए तिनको लास त्यही छाडे जसलाई कव्जामा लिए तिनलाई ईजरायलका सवारी साधनमा हालेर गाजापट्टी मा लिएर गए । ईजरायल भित्र दोहरो भिडन्तहरु शुरु भए । शुरुका दिनमा हमास लडाकुहरु जताततै हावी भए र उनीहरुले भेटेजति ईजरायली हुन वा विदेशी या त मारे यात अपहरण गर्दै गए ।

ईजरायल ले आफ्नो देश भित्रको भिडन्तलाई पूर्ण नियन्त्रणमा लिन ३ दिन लाग्यो । उसले ईजरायल छिरेका थोरै मात्र लडाकुलाई निशस्त्र गर्न सक्यो । बाकी सवै उम्किए । थोरै हमासका लडाकु ईजरायल काटेर भाग्न सकेनन उनीहरु मारिए । करिब १५ सयको संख्यामा ईजरायल छिरेका हमास लडाकुहरु ले ईजरायल को सुरक्षा संयन्त्रमा धावा बोल्न सकेनन । ईजरायल ले सुईको पाएको भए शायद उनीहरु धेरै मारिने थिए होलान तर त्यसो हुन सकेन ।

ईजरायल ले भोलिपल्ट नै आफ्नो देश युद्धमा गएको घोषणा गरर्यो र हमासका ठेगानाहरुमा हवाई आक्रमण शुरु गरर्यो जुन आज दशौ दिन सम्म जारी छ । यसबीच हमास तर्फ सर्वसाधरण र हमास लडाकु समेत गरेर ३ हजार भन्दा धेरैको ज्यान गईसकेको छ । हजार भन्दा धेरै प्यालेस्टाईनहरु भग्नावशेषमा पुरिएको बताईन्छ । यसक्रममा करिब ५ सय भन्दा धेरै केटाकेटीहरु मारिएका छन । ईजरायल को एयर स्टाईकबाट दैनिक दर्जनौ मानिस मरिरहेका छन ।

हमासको आक्रमणको सर्वत्र निन्दा शुरुका दिनमा भए पनि अहिले ईजरायल लाई हवाई आक्रमण रोक्न दवाव परिरहेको छ अझ त्यो भन्दा धेरै दवाव ईजरायल ले बन्द गरेको विजुली, पानी, औषधी र खाध्यान्न को विषयमा विरोध हुन थालेको छ । मानविय संकट गाजामा शुरु भएको छ । अस्पतालहरु मा अक्सिजन, औषधी र विजुलीको अभाव ले अवस्था नाजुक बन्दै गएको छ । घाईतेहरु उचित उपचारको अभावमा मरिरहेका छन भने कतिपयमा भोकमरीको संकट शुरु भएको छ । मानिसले पानी पिउन पाईरहेका छैनन । भनिन्छ गाजामा मरेका मानिसहरुको लास भग्नावसेश भित्र रहेका ले दुर्घन्ध फैलिरहेको छ । तिनको उद्धार हुने कुरा को नाम निशाना छैन । ईजरायलले आकाशबाट बम खसाउन छाडेको छैन । यसविच ६ हजार भन्दा धेरै बम त्यहाँ खसिसकेका छन ।

ईजरायललाई अरु उक्साउने काम लेबनानबाट हजबुल्लाहले गरिरहेको छ । उसले मिसायलहरु दैनिक जसो ईजरायलतफै दागी रहेको छ भने गाजाँ भित्रै बाट हामास ले पनि दैनिक सय भन्दा धेरै मिसायल ईजरायल तर्फ प्रहार गरिरहेको छ । गत शुक्रवार ईजारलले उतरी गाजाबाट करिब १० लाख मानिसहरुलाई दक्षिणमा जानका लागि आकाशबाट लाखौ पर्चा छरेर ४८ घण्टे उर्दी जारी गरयो । उसले गाजापट्टीलाई सवै तिरबाट घेरा हालेर राखेको छ । ईजरायल ले स्थल सेना परिचालनको तयारी स्वरुप सर्वसाधरणलाई घर छाडेर दक्षिण गाँजामा जान भनिएको भए पनि करिब आधा मानिस गएका छैनन । दक्षिणमा लाखौ मानिस बस्न सक्ने अवस्था पनि छैन । यो कदमका विरोधमा अन्र्तराष्ट्रिय समुदायको ठुलो हिस्सा को जोडबल छ ।

को कता तिर ?
ईजरायललाई पश्चिमा देशहरु र अमेरिकाको समर्थन रहेको छ । यसरी नै एषियका कतिपय मुलुकले ईजरायलको समर्थन गरेका छन । अस्ट्रलिया ले समेत ईजरायलको समर्थन गरेको छ ।
प्यालेस्टाईनको पक्षमा सारा अरब देशको समर्थन देखिन्छ । ईरान सिरिया लगायतका करिब २२ भन्दा धेरै देशले ईजरायलको विरोध गरेका छन ।
कुटनैतिक रुपमा लचकता पूर्वक रसिया, चिन, तुर्की ले ईजरायलको विरोध गरेका छन ।

अमेरिकाले तेश्रो देशको ईन्ट्री नहोस भनेर आफ्ना दुई विशाल सामुन्द्रिक बेडा ईजरायलको नजिक समुन्द्रमा तैनाथ गरेको छ । लेबनान सरकार ईजरायल सँग भिड्न चाहादैन तर त्यहाँ रहेको ईरान समर्थित शिया हजबुल्लाह ले ईजरायलसँग मिसायल हानाहान शुरु गरेको छ र हजबुल्लाका ४ जना मारिएका छन भने ईजरायलको बोर्डरमा रहेको सुरक्षा फौजको एक स्टेशनमा क्षति पुगेको छ । उता ईरान ले शुरु का दिनदेखि ईजरायल विरुद्ध धम्कि मात्र दिईरहेको छैन । ढिलो चाडो ईरान ईजरायलको विरुद्धमा युद्धमा उत्रन सक्ने धेरै संभावना छ । यदि ईरान युद्धमा सामेल भएमा ईजरायलका छिमेकीहरु ईजिप्ट, जोर्डन, सिरिया, लेवनान जवरजस्ती युद्धमा होमिन पर्ने अवस्थामा पुग्नेछन । यी सवै छिमेकी देशहरु ले धेरै बर्ष पहिले ईजरायलसँग पटक पटक युद्ध लडिसकेका छन र युद्धमा हारेर जोर्डन, सिरिया, लेबनान र जोर्डन ले आफ्नो थोरै थोरै भूभाग गुमाएका पनि छन । यसपटक ईजरायल हार्ने जस्तो अवस्था आए यीनिहरु सवै ले गुमेको भूभागमा दावी गर्ने गरी युद्धमा सामेल हुनेछन तर त्यस्तो नहोस भनेर अमेरिका तथा ब्रिटेन ले आफ्नो तागत यहाँ पनि लगाउनेछन ।

आधुनिक हातहतिर ले सुसज्जित र अथाहा राष्ट्रप्रेम भएका ईजरायलीहरुले लामो तर कठिन संर्घष हुने भन्दै उनीहरु ले मानशिक रुपमा तयार भएर अन्तिम पटक उनीहरु विरुद्ध लडेको सन्देश दिई रहेका छन । ईजरायलका प्रम ले भनेका छन हमासले युद्ध शुरु गरर्यो अब त्यसको अन्त्य हामी गर्ने छौ । उनको यो अभिव्याक्तिले ईजरायल सधै भरीका लागि हमास को शक्ति लाई समाप्त गर्न चाहान्छ र वेष्ट बैंक तथा गाजाँ पट्टीमा सिधा हस्तक्षेप गर्ने योजनामा छ भन्ने देखिन्छ । यति कुरा बुझेका छिमेकीहरु थप भूभाग गुमाउने स्थिती आउने हो की भन्ने डरले परिस्थितीको आकलन गर्दै पर्ख र हेर को अवस्थामा छन ।

संसारकै घनाबस्ती भएको गाँजापटिटमा हमासले आफ्नो सुरक्षाका लागि त्यहाँको धर्ति भित्र सुरुंग को सञ्जाल बनाएको बताईन्छ । उसले ती सुरुंगहरुलाई छिमेकी देशसँग समेत जोडेको र त्यही बाटो भएर हातियार र आवश्यक उपकरण गाजामा भित्रयाएको बताईन्छ । करिब ५ सय किलो मिटरको क्षत्र सुरुंग सञ्जालमा जोडिएका ले हमास लाई पूर्ण नियन्त्रण गर्न ति सुरुंगहरु सदाका लागि बन्द गर्न ईजरायल चाहान्छ र त्यसका लागि उसले गाँजा भित्र पूर्ण नियन्त्रण कायम गर्नै पर्ने हुन्छ । अहिले ईजरायलको लक्ष्य र मुख्य चुनौति नै यहि हो । अत्यान्त्यै गोहिराईबाट सुरुंग मार्ग बनाईएका ले उसले खसाएका बमहरुले ती सुरुंग ध्वस्त पार्न सम्भव छैन ।

एक राज्य र अर्को राज्यका आफ्ना स्वार्थ र सुरक्षा चासो का कारण आपसमा लडाई भए पनि निर्दोष मानिसहरु मारिन हुदैन भन्ने विश्व जगतको मान्यता लाई भने दुवै पक्षले गंभिरतापूर्वक लिन पर्दछ । एउटा जातिको पूर्ण विनाश गर्ने गरि कसैले पनि लडाई लडे त्यो मानवता विरोधी अपराध हुने हुन्छ । यस कुरामा दुवै पक्ष गंभिर नदेखिनु चिन्ताको विषय बनेको छ । अक्टोवर ७ मा हमास ले जे गरर्यो त्यो कदापी स्वीकार्य थिएन । उसले करिब १०० जना विदेशीको समेत हत्या गरयो । अब ईजरायल ले हमास मार्ने बहानामा निर्दोष प्यालेस्टाईनी जनता मार्न हुदैन । यसअघि नै धेरै मरिसके र धेरै घाईते छन ।

विश्वशक्ति राष्ट्रहरु र अरब लिगले पनि उत्तेजना र भडकाव मा धु्रविकरण गरेर क्षेत्रिय शान्ती र स्थिरता विगार्न हुदैन । यसले गर्दा सिंगो मानव जगत ले बर्षौ सम्म दुश्परिणाम हरुको सामना गर्न पर्दछ । विश्वबन्धुत्व र भातृत्वका लागि मानिसको जीवनलाई केन्द्रमा राख्नै पर्दछ । शक्ति सम्पन्न राष्ट्रहरु आवेश र उतेजनामा नआएर विश्वशान्तिका लागि खरो परिक्षामा उत्रन जरुरी छ नत्र अर्को विश्वयुद्ध सन्निकट देखिन्छ ।


सम्बन्धित शीर्षकहरु

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

प्रतिकृयाहरू
...