Thursday 26th March 2026

अखण्ड एनआरएन मेरो पहिलो प्रतिवद्धता – आर. के. शर्मा, अध्यक्षका उम्मेदवार


एनआरएनएका केन्द्रिय उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी आर. के. शर्माले आफ्नो पहिलो प्रतिवद्धता भएको बताएका छन् । एनआरएनएको ११ अाैं विश्व सम्मेलनमा अध्यक्षका प्रत्यासी रहेका शर्माले सो कुरा एनसीसी कुवेतले उनको स्वागतमा कुवेतमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा व्यक्त गरेका हुन् ।

भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष शर्माले आफु एक श्रमिकको रूपमा कतारमा आएर त्यहिँबाटै स्वरोजगारको बाटो अपनाएकोले श्रमिकका समस्याको आफु भुक्तभोगी भएको र वैदेशिक रोजगारी सम्बन्धी समस्या समाधान गर्न मध्यपुर्वबाट केन्द्रमा जाने नेतृत्व बाहेक अरूले त्यति महत्व नदिने बताउँदै कुवेतका श्रमिकको समस्या समाधानमा सहयोग होस भनि एनसीसी कुवेतको राहत कोषमा ५ लाख २१ लाख जम्मा गरिदिने प्रतिवद्धता जनाए । एनआरएनएमा आवद्ध भएर विभिन्न पदिय जिम्मेवारी पुरा गर्दै हाल केन्द्रिय उपाध्यक्षमा रहेका शर्माले यस अघि एनसीसीको कुवेतको राष्ट्रिय महाधिवेशनमा समेत कुवेतवासी नेपालीहरूसँग भेटघाट गरि विद्युतीय राहदानी सम्बन्धि समस्याका बारेमा समेत प्रधानमन्त्री कार्यालयमै गएर समस्या समाधानका लागि पहल गरेका थिए । कोरोनाकालमा मध्यपुर्वबाट नेपालमा सहयोग पठाउन तथा मध्यपुर्वका श्रमिकहरूलाइ राहत तथा उद्दारमा उल्लेख्य भूमिका निर्वाह गरेका शर्माले एघाराैं अन्तर्राष्ट्रिय महाधिवेशनमा अाफुलाइ मतदान गरि अध्यक्ष बनाउन कुवेतवासी नेपालीहरूलाइ अनुरोध गरे ।

एनआरएनए एनसीसी कुवेतको आयोजनामा होटल कोस्टा डेल सोल (साब)मा भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा एनआरएनएका अध्यक्ष रनध्वज लामाको अध्यक्षता,बरिस्ठ उपाध्यक्ष दिल कुमार पाख्रीनको स्वागत र महासचिव मनिस केसीले संचालन गरेका थिए। कार्यक्रममा कुवेतमा कृयाशिल संघ संस्थाका प्रतिनिधी बुद्धिजिवी पत्रकार लगायतले कुवेतमा श्रमिकहरु समस्याको बारेमा आ आफ्नो भनाइ राखेका थिए ।

एनआरएनएको ११ अाैं अन्तर्राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा कतारबाट उम्मेदवार बनेका अध्यक्ष पदका प्रत्यासी शर्मा भन्दा पहिले अध्यक्षका प्रत्यासी महेश श्रेष्ठ तथा बद्री केसीले कुवेतको भ्रमण गरि सकेका छन् ।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...