Sunday 20th April 2025

“कल्याणकारी -मुजैनी सांगीतिक धमाका-२०२३” भव्यरूपमा सम्पन्न


कल्याणकारी नेपाली युवा समाज कुवेतद्वरा आयोजित “कल्याणकारी-अलमुजैनी सांगीतिक धमाका – २०२३” हिजो मिती ६ अक्टोबर २०२३ शुक्रवार को दिन कुबेतको माहबुला स्थित इन्नोभा इन्टरनेशनल इङलिस स्कुलको हलमा भव्य रूपमा सम्पन्न भएको छ । धनराज लामाको संयोजकत्व तथा अल मुजैनी एक्सचेन्जको मुख्य प्रायोजनमा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट आएका अतिथि कलाकारहरू शान्ति श्री परियार, उर्गेन दोङ तथा अाश्मा बिश्वकर्माले उत्कृष्ट प्रस्तुति दिएका थिए भने कार्यक्रममा अहिलेसम्मकै सबैभन्दा धेरै दर्शकहरूको उपस्थिति रहेको थियो ।

समाजका अध्यक्ष सुवास श्रेष्ठको सभाध्यक्षता तथा धनराज लामाको संयोजकत्व र नेपाली दूतावास कुवेतका तृतिय सचिव रेवन्त केसीको प्रमुख आतिथ्यमा रहेको उक्त कार्यक्रममा एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामा,आइसिसी सदस्य हरी लवाती, पत्रकार महासंघ कुवेतका उपाध्यक्ष राज मल्ल ठकुरी, जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, अलमुजैनी एक्सचेन्ज कुवेतका अपरेसन मेनेजर Al Muzaini Exchange co. Manager,जजिरा एयरलाइन्सको प्रतिनिधी, फ्रेन्डी मोवाइलका प्रतिनिधि , Ambassador Super market का प्रतिनिधीको विशेष आतिथ्यता रहेको थियो भने कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी प्रतिनिधिहरूको आतिथ्यता रहेका थियाे।

राष्ट्रिय गानको गुन्जनका साथ सुरु भएको कार्यक्रममा सभापति,प्रमुख अतिथि,बिशेष अतिथिहरु लगायतको सामुहिक उपस्थितिमा दिप प्रज्वलन कार्यक्रमको उद्घाटन गरिएको थियो। स्थानिय कलाकारहरुको प्रस्तुति संगै अगाडी बढेको कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए। भने समाजले गरेको सामाजिक देखी खेलकुद क्षेत्रमा गरेको कामहरु बारेमा समाजका सदस्य रोहित कटुवालले प्रस्ट गर्नु साथै प्रोजेकटरबाट देखाएको थियो।

अतिथी कलाकार युवाहरूका ढुकढुकी अहिलेका जल्दाबल्दा र चर्चित गायक उर्गेन दोङले झन्डै एक दर्जन भन्दा बढी गीतहरु गाएर सबैलाई भरपुर मनोरन्जन प्रदान गर्नुका साथै छमछमी नचाएका थिए भने डान्सर आश्मा बिश्वकर्माकाे प्रस्तुतिले “वान्स मोर” भन्ने हल्लाले हलमा अझ बढी रौनक थपिएको भने अहिलेकी चर्चित गायिका कर्णप्रिय स्वरकी धनी लोक दोहोरी गायिका शान्ति श्री परियारले बोल माया, खोली तारी देउन, रूकुमको, अरेली काँडैले जस्ता आफ्ना नयाँ पुराना हिट गीतहरु गाएर छमछमी नचाएकी थिइन् । कार्यक्रमको अन्तिम प्रस्तुति सम्म हल भरिभराउ थियो ।

संस्थाका सल्लाहकार नबराज पराजुलीको स्वागत तथा नेपाली जन-सम्पर्क समिति कुवेतका माहामन्त्री केशर घलान तामाङ, पत्रकार आनन्द आचार्य, कलाकार मेरी राईले संयुक्तरुपमा सञ्चालन गरेको उक्त कार्यक्रममा समाजले विशेष योगदान गरेका ब्यक्तित्वहरु नेपालबाट पल्नु भएका अतिथी कलाकारहरु लाई दोसल्ला ओढाएर मायाको चिनो सरुप सम्मान पत्रबाट विशेष सम्मान गरिएको थियो।

कार्यक्रमका अन्त्यमा सभापति सुवास श्रेष्ठले समापनको मन्तव्य दिदै प्रमुख अतिथि तथा विशेष अतिथिहरू, प्रायोजकहरू प्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमलाइ भव्य र सभ्य रूपम सफलताका साथ सम्पन्न गर्न प्रत्यक्ष/परोक्ष रुपमा आर्थिक, भौतिक, नैतिक सहयोग गर्नुहुने सम्पूर्ण नेपाली संघ-संस्था, समाजसेवी, कलाकार, पत्रकार एवं उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापनको घोषणा गरेका थिए।



सम्बन्धित शीर्षकहरु

बंगलादेश र पाकिस्तानबीच विदेश सचिवस्तरीय बैठकहरू नियमित रूपमा हुने भनिएको थियो। तर यसपटक यो लगभग १५ वर्ष पछि आयोजना गरिएको…

शिकागो: बहिरा र श्रवणशक्ति कमजोर भएका समुदायका सदस्यहरूसँग शिक्षकको रूपमा काम गर्दा एक साउदी कृत्रिम बुद्धिमत्ता विद्वानलाई प्रविधिले संसारसँग कुराकानी…

जगदीप धनखडले भने- धारा १४२ लोकतान्त्रिक शक्तिहरू विरुद्ध आणविक क्षेप्यास्त्र बनेको छ, उपराष्ट्रपति जगदीप धनखडले बिहीबार न्यायपालिकामाथि प्रतिक्रिया दिए। उनले…

प्रतिकृयाहरू
...