Tuesday 5th December 2023

भारतसँग नेपाल २३ रनले पराजित, पदक जित्ने सम्भावना समाप्त


नेपाली क्रिकेट टिम चीनमा जारी १९औँ एसियन गेम्सको क्रिकेट प्रतिस्पर्धाको क्वाटरफाइलबाट बाहिरिएको छ । मंगलबार भएको क्वाटरफाइनल खेलमा भारतसँग २३ रनको हार बेहोर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

योसँगै लगातार तेस्रोपटक नेपाली क्रिकेट टिम पदक जित्न चुकेको छ । यसअघिको दुई संस्करणमा पनि नेपाल क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।भारतले दिएको २ सय ३ रनको बलियो लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३२, सन्दीप जोराले २९, कुशल भुर्तेलले २८, करण केसीले अविजित १८ र आसिफ शेखले १० रन बनाए ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । भारतका लागि आविशे खान, रवि विश्नोईले तीन/तीन, अर्शदीप सिंहले दुई र साई किशोरले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २ रन बनायो । उसका लागि ओपनिङ ब्याटर यशस्वी जैसवालले शतकीय इनिङ खेले ।

उनले ४९ बलमा ७ छक्का र ८ चौकाको मद्दतमा शतकीय पारी खेलेका हुन् । टी–२० अन्तर्राष्ट्रियमा जैसवालको यो पहिलो शतक हो । यस्तै, रिंकु सिंहले अविजित ३५, शिवम दुबे, कप्तान ऋतुराज गायकवाडले २५/२५ रन जोडे । जितेश शर्मा ५ र तिलक वर्मा भने २ रनमै आउट भए ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले दुई, सन्दीप लामिछाने र सोमपाल कामीले एक/एक विकेट लिए । नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ ।


सम्बन्धित शीर्षकहरु

भारतको भाजपाले राष्ट्रिय चुनाव अघि चार मध्ये तीन राज्यको चुनाव जितेको छ, हिन्दू राष्ट्रवादी पार्टीले छत्तीसगढ र राजस्थानमा कांग्रेसबाट नियन्त्रण…

नारायण कोइराला - साहित्यकार पुष्कर अथक रेग्मी कविरत्न माधव प्रसाद देवकोटा साहित्य पुरस्कारद्वारा सम्मानित भएका छन् । नवजागृति पुस्तकालय बुटवलद्वारा…

सुन्दा नै अचम्म लाग्ने घटना युगाण्डामा भएको छ । एउटा होईन दुई वटा बच्चा त्यो पनि ७० बर्षको उमेरमा जन्मिनु…

प्रतिकृयाहरू
...