Monday 2nd March 2026

नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का विजयी


पूर्वखेलाडी पारस खड्का नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा विजयी भएका छन् । शनिबार भएको क्यानको निर्वाचनमा अर्का प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पराजित गर्दै खड्का सचिवमा निर्वाचित भएका हुन् ।

अन्तिम मत परिणाम अनुसार कुल खसेको ८५ मतमध्ये पारसले ४८ मत प्राप्त गरे भने प्रशान्तले ३७ मत प्राप्त गरे । बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष समेत रहेका पारस खड्का क्यानको सचिवमा अध्यक्ष चतुरबहादुर चन्दको प्यानलबाट उठेका थिए ।

क्यानको अध्यक्षमा चुतरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भए । महिला सदस्यमा जयन्तीदेवी भट्ट र प्रदेशबाट निर्वाचित हुने कार्यसमिति सदस्यमा कर्णालीबाट श्रीधर केसी, लुम्बिनीबाट प्रदिप मजगैया निर्विरोध भए ।

यस्तो बन्यो नेपाल क्रिकेट संघको नयाँ टीम


सम्बन्धित शीर्षकहरु

इरानसँग बढ्दो तनावका बीच बेलायत, फ्रान्स र जर्मनीले अमेरिकासँग मिलेर क्षेत्रीय सुरक्षाका लागि सहकार्य गर्ने घोषणा गरेका छन्। यी तीन…

इरानी सरकारी टेलिभिजनले आइतबार बिहान सर्वोच्च नेता अली खामेनीको हत्या भएको पुष्टि गर्‍यो, जुन १९८९ पछि इरानमा सबैभन्दा ठूलो राजनीतिक…

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक…

प्रतिकृयाहरू
...