Friday 3rd May 2024

राहदानी नवीकरणबारे गलत प्रचार -दूतावास कुवेत


तीतोपाटी- कुवेतमा राहदानी नवीकरणमा सहजता भएको भनि सामाजिक संजालमा आएको स्ट्याटसले राहदानी नवीकरण गर्ने कार्यमा अझ जटिलता देखाएको छ भने आप्रवासी श्रमिकहरूलाइ दुविधा बढाएको छ। राहदनी नवीकरणमा सहज भएको भन्दै धेरै श्रमिकहरू दूतावास पुगेपनि विना अनलाइन राहदानी नवीकरणको काम अघि नबढ्ने भन्दै अनलाइन फारम भरेर मात्र दूतावास आउन अाग्रह गर्दै दूतावास पुगेका सेवाग्राहीहरूलाइ दूतावासले फर्काएको छ ।

सामाजिक संजालमा राहदानी नविकरणको समस्या समाधान भएको भनि स्ट्याटसहरू सार्वजनिक भए पनि दूतावसले आफ्नो पेजमा कुनैपनि अपडेट नगरेपछि हामीले दूतावासका प्रथम सचिव प्रेम गाैतमलाइ सामाजिक संजालमा छाएको स्ट्याटसको बारेमा सोधनी गर्दा एनआरएनए कुवेत र नेपाली दूतावास कुवेतको विशेष पहलमा राहदानी नवीकरण सम्बन्धी समस्या समाधान भन्ने स्ट्याटस सार्वजनिक हुनु सस्तो लोकप्रियताको लागी प्रचार प्रसार भएको दूतावास कुवेतले बताएको छ।

राहदानी नवीकरणको विषयमा कुनै पनि किसिमको फेरबदल नभएको र पुरानै ढंगले उक्त कार्य जारी रहेको दूतावास कुवेतका प्रथम सचिव प्रेमराज गौतमले तीतोपाटीलाई जानकारी दिएका छन। राहदानी नवीकरणको विषयमा मनोमानी ढंगले प्रचार प्रसार गरिएको र यस विषयमा केही पनि सच्चाई नभएको सचिव गाैतमले बताए । उनले थपे, नेपाल सरकारले नै अनलाइन माध्यमबाट राहदानी नवीकरण गर्ने प्रावधान लागु गरेकोले दूतावासले सरकारको प्रावधान अनुसार नै काम गर्ने भएकोले विना अनलाइन भाैतिक रूपमा राहदानी नवीकरण गर्ने प्रकृया सम्भव नहुने बताए ।

एनआरएनए कुवेतका वरिष्ठ उपाध्यक्षद्वारा राहदानी नवीकरण सम्बन्धी समस्या समाधान भएको फेसबुक स्ट्याटस हिजो आइतबार सार्वजनिक भएको थियो । उक्त स्ट्याटस सार्वजनिक भएसँगै सोमबारको दिन कुवेतका विभिन्न फेसबुक पेजहरू, ग्रुपहरू तथा व्यक्तिगत पोष्टहरूमा उक्त स्ट्याटसलाइ आधार मानेर धेरैले आ–आफ्ना किसिमले थपथाप गरेर स्ट्याटस सेयर गरेका थिए भने धेरै आप्रवासी श्रमिकहरू राहदानी नवीकरणको लागि सिधै दूतावास पुगेका थिए ।

स्मरण रहोस, राहदानी नवीकरणको लागि अनलाइन फारम भर्नु पर्ने भएपनि नेपाली दूतावास कुवेतले नियमित रूपमा एपोइन्टमन्ट खुला नगरिदिंदा र एपोइन्टमन्ट खुला गरेको समयमा पनि सिमित कोटामा मात्र एपोइन्टमन्ट गरिदिंदा दिंदा विगत ६ महिना यता राहदानी नवीकरण गर्नु पर्ने आप्रवासी कामदारहरूले सास्ती भोग्दै आएका छन् । एक त राहदानी नवीकरण गर्नलाइ एपोइन्टमन्ट नै नपाइने, एपोइन्टमन्ट पाएर फारम भरेर पठाउँदा पनि कतिपयको विवरणहरू ठिक नभएको लगायतका कारणले फारम भरेर पठाएको ३ महिनासम्म पनि नयाँ राहदानी प्राप्त नगरेको कतिपयले गुनासो गर्ने गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...