Sunday 16th August 2026

कल्याणकारीले शान्ति श्री, उर्गेन र आश्माकाे साथमा दशैं विशेष सांगीतिक धमाका ६ अक्टोबरमा आयोजना गर्ने


कुवेत – कल्याणकारी नेपाली युवा समाज कुवेतले नेपालीहरूकाे महान चाड बडा दशैंकाे अवसर पारेर नेपालबाट अतिथि कलाकारहरू शान्ति श्री परियार , उर्गेन दोङ तथा आश्मा बिश्वकर्मालाइ कुवेत ल्याइ सांगीतिक कन्सर्ट गर्ने भएको छ । समाजले आफ्नाे दाेश्रो सांगीतिक प्रस्तुतिकाे रूपमा आगामी ६ अक्टोबर २०२३ शुक्रबारका दिन कल्याणकारी सांगीतिक धमाका गर्न लागेको समाजका महासचिव आङ नोर्बु शेर्पाले मिडियासँग कुरा गर्दै  जानकारी दिएका हुन् । शेर्पाका अनुसार माहबुल्ला ब्लक १ स्ट्रिट १३४ स्थित अलिया इन्टरनेशनल हस्पिटलको नजिकै रहेको तथा नेपालीहरूकाे खुला फुटबल मैदानसँग}को इन्नोभा इन्टरनेशनल स्कुलको अत्याधुनिक सुविधा सम्पन्न हलमा सो कार्यक्रम गर्न लागिएको हो ।

यस अघि चर्चित कलाकार दुर्गेश थापालाइ कुवेत ल्याएर कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाइ सांगीतिक मनोरन्जन प्रदान गरेको कल्याणकारीले यस पटक पनि नेपालकी चर्चित लोक तथा दोहोरी गायिका शान्ति श्री परियार,  त्यसै गरि गायक, कम्पोजनर तथा गीतकार  उर्गेन दोङ र चर्चित डान्सर आश्मा बिश्वकर्मालाइ कुवेत ल्याइ सांगीतिक धमाका गर्न लागेको हो ।

अतिथि कलाकारहरूलाइ अनुबन्ध गरिसकेको कल्याणकारीले कार्यक्रम हलको पनि तय गरि सकेको छ भने कार्यक्रमलाइ भव्य र सभ्य रूपमा सफल बनाउन सम्पुर्ण कुवेतवासीलाइ कार्यक्रममा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दै उक्त दिन कुवेतमा रहेका कुनै पनि संघ संस्थाले कार्यक्रम नजुधाइदिनु हुन पनि आग्रह गरेको छ ।

स्मरण रहोस, स्थापनाकालदेखि नै सामाजिक र मानविय सेवाका कार्यहरू गर्दै आएको कल्याणकारी नेपाली युवा समाज कुवेतले समय समयमा विभिन्न खेलकुद प्रतियोगिताहरू गराउँदै आएको छ भने कुवेतमा रहेका हरेक संघ संस्थासँग हातेमालो र सहकार्य गर्दै आएको छ ।

कार्यक्रमको विवरणः

कार्यक्रमः कल्याणकारी दशैं विशेष सांगीतिक धमाका २०२३ ।
स्थानः इन्नोभा इन्टरनेशनल स्कुल, माहबुल्ला, ब्लक १ स्ट्रिट १३४, अलिया इन्टरनेशनल हस्पिटल नजिक, नेपाली फुटबल खेल मैदान सँगै ।
मितिः सन २०२३ अक्टोबर ६ तारिक शुक्रबार ।
समयः दिनको ११ बजे ।


सम्बन्धित शीर्षकहरु

युक्रेनलाई ठूलो परिमाणमा अमेरिकी हतियार उपलब्ध गराउने सम्भावित योजनाले रुस, अमेरिका र टर्कीबीचको तनाव फेरि बढाएको छ। अमेरिकी विदेश मन्त्रालयले…

नेपाली कांग्रेसको पछिल्लो राष्ट्रिय भेलामा ‘सनातन धर्मलाई राष्ट्रिय पहिचान’ बनाउने विषय उठ्नु सामान्य भाषिक परिवर्तन मात्र होइन, पार्टीको विगतको राजनीतिक…

नेपाली कांग्रेसको संस्थापनइतर समुहको राष्ट्रिय सम्मेलनले १५औँ महाधिवेशन पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्व र सभापतित्वमा सम्पन्न गर्ने निर्णय गरेको छ।…

प्रतिकृयाहरू
...