Friday 3rd May 2024

विदेशबाट फर्कने श्रमिकले ल्याउन पाउने सुन र टिभी सम्बन्धी नयाँ व्यवस्था


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विदेशबाट फर्कने नेपालीले ल्याउन पाउने सुनको परिमाण र टेलिभिजनको साइजबारे प्रष्ट्याएको छ । कार्यालयले एक सूचना जारी गर्दै विदेशबाट फर्कने यात्रुले नेपाल ल्याउन पाउने सुनको परिमाण र टेलिभिजनबारे प्रष्ट्याएको हो ।

सूचनाअनुसार विदेशबाट फर्कने महिलाको हकमा ५० ग्रामसम्मको सुनको गहन ल्याउँदा भन्सार तिर्न पर्दैन । यस्तै, पुरुषको हकमा भने २५ ग्रामसम्म ल्याउँदा भन्सार तिर्नु नपर्ने कार्यालयले जनाएको छ ।

यसबाहेक, एकजना यात्रु (महिला/पुरुष) ले तोकेभन्दा बढी २०० ग्रामसम्म सुनको गहना ल्याउन पाउने र त्यसको भन्सार तिर्नुपर्ने व्यवस्था छ तर काँचो सुनलाई बंग्याएर बेरुवा, औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएको सुनलाई गहनाको मान्यता दिइने छैन ।

त्यसै गरि श्रम स्वीकृति लिइ लगातार १ वर्षभन्दा बढि समय बसेको नेपाली श्रमिक जसले सामाजिक सुरक्षा कोषमा नियमित रकम जम्मा गरेको छ उनीहरूले मात्रै जति ठुलो साइजको टिभी पनि विना भन्सार लैजान पाउँछन् । श्रम गरेर लगातार १ वर्षभन्दा बढि काम गरेर स्वदेश फर्केपनि सामाजिक सुरक्षा कोषमा सहभागी नभएको श्रमिकलाइ भने यो सुविधा प्राप्त हुने छैन ।


सम्बन्धित शीर्षकहरु

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

प्रतिकृयाहरू
...