Saturday 21st March 2026

कुवेतमा ओखलढुंगाका मान बहादुर भुजेलको तेल निकाल्ने मेसिनमा च्यापिएर मृत्यु


दिलकुमार पाख्रीन – ओखलढुङ्गा शिद्धिचरण गाउँपालिका-११ का मान बहादुर भुजेलको गत आइतवार कुवेतमा मृत्यु भएको छ। विगत तीन वर्षदेखि स्पिडको (speedco) कम्पनिमा कार्यरत भुजेलको KOC प्रोजेक्ट अन्तरगत रद्का भन्ने ठाउँमा तेल उत्खनन् गर्ने मेसिनमा च्यापिएर मृत्यु भएको हो।

विगत १६ वर्षदेखि कुवेतलाइ कर्मथलो बनाएका ४६ वर्षिय भुजेल परिवारका साथ कुवेतको मङ्गाफमा बस्दै आएका थिए। उनको साथमा एक बच्चा समेत रहेको तर केही महिना पहिले मात्र पठन पाठनका लागि नेपालमा छोडेर काममा फर्किएका भुजेल अब कहिल्यै नफर्कने गरि कुवेतमै अस्ताएका छन् ।

हाल उनको शव फरवानिया अस्पतालमा राखिएको छ भने नेपाली दूतावासलाइ मृतकको बारेमा प्रारम्भिक जानकारी दिइएको छ । मृतककी श्रीमती कुवेतमै रहेपनि कानुनी प्रकृया पुरा गरेर मात्र शव नेपाल पठाइने र त्यस सम्बन्धि प्रकृया बारेमा उनलाइ जानकारी नभएकोले श्रीमानको पार्थिव शरीर नेपाल पठाउन तथा वीमा दावी गर्ने लगायतका प्रकृया अगाडि बढाउन सहजीकरण गरिदिन मृतककी श्रीमतीले नेपाली दूतावास, गैर आवासीय नेपाली संघ कुवेत लगायतलाइ अनुरोध गरेकी छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...