Tuesday 21st January 2025

कुवेतमा अलेखबद्ध घरेलु श्रमिकको चाहना: आममाफी दिनुपर्‍यो


बसन्त थापा, कुवेत
कुवेतको आन्तरीक मन्त्रालयले जुन ९ मा एकसय ४० जना अलेखबद्ध (रोजगारदाता छाडेर हिडेका) आप्रवासी श्रमिकलाई पक्राउ गर्‍यो । प्रहरीले अध्यागमन र श्रम कानुनको उलंघन भएको भन्दै कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । अलेखबद्ध हुने श्रमिकको सख्या बढेसँगै कुवेतले कार्यस्थलमा छापा मार्ने कामलाई पनि प्राथमिकता दिइरहेको छ । २०२३ को जनवारीदेखि मार्चसम्ममा आन्तरीक मन्त्रालय, मानव शंशाधन मन्त्रालय र उद्योग मन्त्रालयले एकसय २५ वटा स्थानमा संयुत्त रुपमा छापा (रेड) हान्दा ९ सय ६४ जना समातिए । जसमा ५१२ जना कम्पनी (भिसा नम्वर १८) छाडेर हिड्नेहरु थिए भने ३५१ जना घरेलु श्रमिक (भिसा नम्वर २०) थिए ।
झन जुन महिना लागेदेखि प्रहरीले छापा हानेर अलेखबद्ध पक्राउ नगरेको दिन छैन । यस्तो समाचार दिनहुँ सुन्दा नेपालगञ्जकी ३३ वर्षिय नैनीकला (नाम परिवर्तन)को मुटुमा ढ्याङ्गो वज्छ । ‘कोठाबाट निस्केर वाहिर जान पनि खुट्टा काँम्छ । फर्वानियाको कुन गल्लीमा विरालोले मुसो समातेझै प्रहरीले पक्राउ गर्ने हो जस्तो लाग्छ’, आफ्नो कोठामा । भनिन्,‘मलाई अहिले नै कुवेत छोड्न मन छैन तर प्रहरीले वस्न देला जस्तो छैन ।’
नैनीकला कुवेतको फर्वानिया वस्न थालेकी ७ बर्ष भयो । ७ वर्षीया छोरीलाई घरमै छाडेर उनी घरेलु श्रमिक (हाउसमेड)को भिसामा दुवई हुँदै कुवेत आइएकी थिइन् । ‘हाउसमेडको काम गर्न वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएन । एजेन्टले दुवईसम्म भिजिट भिसामा पठाइदियो । दुवईबाट कुवेत आउने वेला भने २० नम्वरको भिसा थियो’, उनले भनिन् ।
नैनीकलालाई लिन रोजगारदाता (घरमालिक) आफै कुवेत अन्तर्राष्ट्रिय बिमानस्थल पुगेका थिए । ‘मलाई कुवेतको हाउसमेड सप्लाई गर्ने एजेन्सीको भिसामा ल्याएको होइन रहेछ । सिधै मालिककै भिसामा ल्याएको रहेछ । उसलै घरमा लिएर गयो’, उनले भनिन्,‘मलाई मासिक ८० दिनार दिन्थ्यो ।’
त्यो घरमा एक वर्षमात्रै टिकिन । ‘घरमा दर्जनभन्दा बढी मसिना वच्चाहरु थिए । बिहान ६ बजेदेखि राती ११ बजेसम्म काम गर्नुपर्दथ्यो । वच्चाहरुको रेखदेख गर्न निकै कठिन भयो । अरु साथ दिने कोही भएन । टिक्नै सकिनँ,’ उनले भनिन्,‘मालिकले अरु पनि राख्ला जस्तो लागेन । विदा कहिले भएन । बाहिर कोहीसग पनि भेट्न पाइनँ । मेरो श्रीमान् पनि कुवेतमा हुनुहुन्थ्यो । त्यसपछि मैले त्यो घर छोडेर हिडेँ ।’
उनका श्रीमान क्लिनरको काम गर्छन् तर अर्के कम्पनीमा काम गर्छन् । कम्पनीकै क्याम्पमा वस्छन् । दुईवीच वेला वेला मात्रै भेट हुन्छ । ‘६ बर्ष देखि मसँग सिभिल कार्ड छैन । कोठाभन्दा बाहिर हिडडुल गर्न डर लाग्छ । एक जना कुवेतीकै घरमा लुकेर काम गरिरहेको छु ।’
कुवेतमा आफु कार्यरत कम्पनी वा घरेलु कामदारले स्पोन्सरको सहमति विना हिडेपछि आफ्नो कानुनी हैसियत गुमाउँछ । श्रम कानुन अनुसार आफु जुन कामको लागि नेपालबाट आएको हो सोही कामलाई निरन्तरता दिनु पर्दछ । यस्तो कानुनी हैसियत गुमाउनेविरुद्ध कुवेती प्रशासनले कानुन नम्वर १८, २२ र ७१ तोडेको भन्दै जेल जरिवानादेखि डिपोर्टसम्म गर्ने अभ्यास छ । मानव तस्करीको रुपमा आइपुगेका घरेलु श्रमिकहरुले श्रम शोषण भएकै कारण भाग्न बाध्य भएको वताउछन् । सिन्धुपाल्चोककी डोल्माले घरको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउदै आफुलाई चिनेको दाईबाट वेचिएकी वताइन् । ‘हाम्रो घरमा खाना पनि अभाब थियो । चिनेकै दाईबाट आए । यहा आएपछि वेचिएको थाहा पाएँ,’ उनले भनिन्,‘घर मालिकले बिनाकारण बारम्बार यातना दिन्थ्यो । समयमा कहिले पनि तलब पाइनँ । काममा लामो समय सम्म खटिनु पर्दथ्यो ।’
वर्दिया चौधरी भने कुवेत आइपुग्न तीन महिना लाग्यो । ‘मलाई चार वटा देश हुदै कुवेत ल्याइयो । भारतमा एक महिना राखियो । दुई महिना श्रीलंका वसे । एक महिना युएई वसे । अनि मात्रै कुवेत आएँ’, उनले भनिन,‘यसरी घुमाउछ भन्ने लागेको नै थिइन ।’ ‘के–के नै राम्रो होला भनेर कुवेत छिरेको थिएँ । नेपालमा सोचेको भन्दा फरक पाए । आफुसंग काम गर्ने इथियोपियन महिलालाई बारम्बार कुटपिट गरेको आफुले टुलु टुलु हेरेर बस्नुको विकल्प थिएन । इथियोपियन महिलालेनै बिस्तारै आफुमाथि पनी सोही घटना हुन सक्ने चेतावनी दिइन । ज्यानको माया भए बेलैमा भाग्न सुझाव दिएपछि चारमहिनामै भागेर अन्य कुवेतीको घरमा काम गरिरहे’, उनले भने,‘घर भित्रै वस्न सुरक्षित हो । प्रहरी कहिल्यै छिर्दैन । बाहिर निस्किए डर हुन्छ ।’
नुवाकोटकी रीना वाइवाले आर्थिक स्थिति सुधारेर आफ्नो सपनालाई साकार बनाउने ठूलो आसा लिएकी वताइन । ‘यहाँ आएपछि समस्याको समाधान त कहाँबाट पार लाग्नु ? थप समस्या बढेर गयो । मैले पाएको पीडा अहिले सम्झन पनि मन छैन । तीन बर्ष एउटै घरमा नारकीय जीवन बिताए’, उनले भनिन्,‘दशै पछी नेपाल जाने योजनामा छु ।’
नेपाली महिलाहरुलाई खुलेआम दलालीले बेचीरहेको कुवेतस्थित नेपाली दूतावासले समस्याको समाधान निकाल्न नसकेको वताउछन् । ‘दूतावासलाई आˆनो बारेमा कुनै समस्या सुनाउदाँ रिसाएर फोन काटिदिने गर्छन् । तथानाम कुरा सुनाउँछन्’, वाइवाले भनिन्,‘यो सबै श्रमस्वीकृति गरी नआँउदाको परिणाम हो । आउने कानुनी बाटो वनाइदिने काम दूतावासको हो । उनीहरु आउन वन्द छ भनेर सधै जिम्मेवारीबाट पन्छिन मिल्दैन ।’
सन् २०१४ मा कुवेतस्थित नेपाली दूतावासले नै घरेलु कामदारको लागि श्रम स्वीकृति नदिन नेपाल सरकारलाई सिफारीस गरेको थियो । त्यसकैको आधारमा ब्यक्तिगत श्रमस्वीकृतिको आधारमा घरेलु श्रमिकको रुपमा २०१४ अप्रिल १७ देखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कुवेत सहित कुवेत, कतार, बहराइन र ओमनमा जान रोक लगायो । त्यसपछि फेरी २०७३ चैत २० गते घरेलु श्रमिकको अबस्था नाजुक रहेको संसदीय समितिले श्रम सम्झौता नगरी घरेलु श्रमिक पठाउन पुर्ण रुपमा रोक लगाइयो । कुवेत र नेपालको श्रमसम्झौता भने अहिलेसम्म भएको छैन ।
त्यसपछि कुवेतमा तेश्रो बाटो प्रयोग गरेर गइरहेको छ । नेपाली दूतावासका अनुसार कुवेतमा झन्डै ३० हजार नेपाली घरेलु श्रमिकको रुपमा कार्यरत छन् । आफ्नो स्पोन्सर छोडेर बाहिर अलेखबद्ध भएकाहरुले आममाफी दिई सिभिल आइडी नै लिएर काम गर्न अवसर दिन आग्रह गरिरहेको छन् । ‘हामीजस्ता धेरै नेपाली महिलाहरु रोजगारीकै लागी कुवैत आएर अलपत्र जस्तै हो । हामीलाई न्याय कस्ले दिने ? हाम्रो कुरा यहाँ कसैले पनि सुनि दिन्न । बरु सरकारले सक्ने भए आममाफीको लागी पहल गरीदियो भन्ने हुन्थ्यो’, वाइवाले भनिन् । कुवेतले कोविड अगाडि आममाफी दिएको थियो । त्यो वेला कुवेतमै काम गर्नेभन्दा पनि नेपाल फर्किने अवसर दिइएको थियो । अहिले भने उनीहरुले कुवेतमै काम गर्न पाउने गरी आममाफी दिने गरी नीति ल्याउन कुवेती सरकारसमक्ष आग्रह गर्छन् ।
गैर आवासीय नेपाली संघ, कुवेतका अध्यक्ष रणध्वज लामाले पनि आममाफीको लागि अनुरोध गर्न नेपाली दूतावासले पहल गर्नुपर्ने वताए । ‘संस्थागत प्रक्रिया बिनानै यसरी घरेलु कामदारको रूपमा कुवेत आउनाले समस्या थपिदो छ । सरकारले छिटो भन्दा छिटो वैधानिक ढंगबाट घरेलु कामदार पठाउन सके मात्र समस्याको समाधान हुन्छ । नत्र थप गम्भीर चुनौती थपिदै जान्छ’, उनले भने,‘कुवेतमा कानुनी हैसियत वाहिर भएकालाई पनि आममाफी दिइनुपर्छ । जो यही वस्ने हो उसलाई वस्ने अवसर दिइनुपर्छ । उता फर्किनेलाई सहज रुपमा फेरी आउन पाउने गरी जान दिनुपर्छ ।’ श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयले विना श्रमस्वीकृति लिई वैदेशिक रोजगारीमा गइसकेको हकमा श्रमस्वीकृति दिने तयारी गरेको छ । ‘जुनसुकै बाटोबाट गएको भएपनि श्रमिकले वाहिरबाटै श्रमस्वीकृति दिने पक्षमा छौं,’ श्रम मन्त्री शरदसिंह भण्डारीले भने,‘विदेशमा पनि कानुनी हैसियत बाहिर वसेकालाई माफी दिन हामी गन्तब्य देशको सरकारसमक्ष पहल गरिरहेका छौं ।’


सम्बन्धित शीर्षकहरु

प्रथम खो–खो विश्वकप प्रतियोगितामा नेपालको महिला र पुरुष दुवै टोली ऐतिहासिक उपलब्धि बोकेर स्वदेश फर्कने भएको छ । दुवै टोली उपविजेता …

प्रहरीले  एक युवकलाई कुटपिट गरेको भिडिओ हिजोआज सामाजिक सञ्जाल फेसबुकलगायतमा भाइरल छ। पावर देखाएको भन्दै प्रहरीले युवकलाई निर्घात कुटपिट गरेको…

तितोपाटी डटकम-    नेपाली दूतावास कुवेतले सरकारले ल्याएको सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन  कुवेतमा  कार्यरत नेपाली  श्रमिकहरुलाई आग्रह गरेको छ…

प्रतिकृयाहरू
...