Thursday 8th October 2026

नाइजेरियामा डुंगा दुर्घटना हुँदा कम्तिमा १०३ जनाको मृत्यु


उत्तरी नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तिमा एक सय तीन जनाको मृत्यु भएको छ । उत्तरी नाइजेरियामा विवाह समारोहबाट फर्केका मानिस बोकेको डुङ्गा पल्टेर भएको उक्त दुर्घटनामा जना बेपत्ता भएकाहरूको खोजी जारी रहेको अल जजिरा न्यूजले जनाएको छ ।

छिमेकी नाइजर राज्यको क्वारा राज्यको नाइजर नदीमा डुङ्गा पल्टिएको प्रहरी प्रवक्ता ओकासान्मी अजयलाइ उधृत गर्दै अल जजिराले समाचार प्रकाशित गरेको छ ।

स्थानीय बासिन्दा उस्मान इब्राहिमका अनुसार पीडित महिला र बालबालिका नाइजर राज्यको एग्बोटी गाउँमा रातभर भएको विवाह समारोहबाट फर्किरहेका थिए। त्यसपछि डुङ्गा पल्टियो। डुङ्गामा एक सयभन्दा बढी मानिस सवार थिए । बिहान करिब ३ बजे दुर्घटना भएको र झन्डै दुई घण्टापछि मात्रै धेरैलाई थाहा भएको उनले बताए ।

अधिकारी र स्थानीयवासीले नदीमा अझै शव खोजिरहेका छन् । नाइजेरियाका धेरै दुर्गम समुदायहरूमा डुङ्गा दुर्घटनाहरू भइरहन्छन् जहाँ स्थानीय रूपमा बनाइएका डुङ्गाहरू प्रायः यातायातको लागि प्रयोग गरिन्छ।


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...