Friday 27th March 2026

पाकिस्तानमा भारी वर्षाका कारण दर्जनौंको मृत्यु


शनिबार पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको बन्नु, लक्की मारवाट र कारक जिल्लाहरूमा असिना र भारी वर्षा हुदा कम्तिमा २५ जनाको मृत्यु भएको खबर छ ।

ती क्षेत्रहरुमा असिना सहितको भारी बर्षाले कयौ घरहरु भत्काई दिएको थियो यसरी नै रुख ढलेर विद्युतीय प्रसारण टावर हरु दल्दा थप १ सय ४५ जना घाइते भएका छन् । अधिकारीहरूले घाइतेहरूलाई आपतकालीन राहत उपलब्ध गराउन काम गरिरहेका बताईएको छ । गत महिना, पनि गर्मीमा असामान्य प्रकारको हिमपातको कारण पाकिस्तानमा हिमपहिरो जादा महिला र बालबालिका सहित करिब एक दर्जन व्यक्तिको मृत्यु भएको थियो।

पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले शनिबार आँधीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यलाई तीव्रता दिन अधिकारीहरूलाई निर्देशन दिएका छन्। यसैबीच, अरब सागरबाट चक्रवात बिपरजोय नजिक आइपुगेपछि सरिफले अधिकारीहरूलाई आपतकालीन उपायहरू तयारी गर्न आदेश दिएका छन ।

गत वर्ष पाकिस्तानमा भारी वर्षाका कारण इतिहासकै सबैभन्दा ठूलो बाढी आएको थियो । तिनीहरूले ६४७ बालबालिका सहित कम्तिमा १,७३९ व्यक्तिको मृत्यु भएको थियो र ३३ मिलियन मानिसहरूलाई प्रभावित भएका थिए ।

नेपालमा भने आज भोली चरम गर्मी छ । तराईका कतिपय जिल्लाको तापक्रम ४५ को आशपास हुदा विश्वकै सवै भन्दा धेरै गर्मि हुने कुवेत जस्तो देशको तापक्रम ४८ डिग्री मात्र छ । खाडी राष्ट्रहरुमा अझै एक महिना तापक्रम बढ्दै जान्छ तर नेपालमा बर्षाद संगै चरम गर्मीबाट मुक्ति मिल्ने गर्दछ । नेपालमा मनसुनी बायु प्रवेश गर्ने समय भईसक्दा पनि त्यसो हुन नसकेपछि गर्मी उग्र बढेको बुझाई पनि छ । तर त्यो भन्दा पनि धेरै चिन्ता भने जलबायु परिर्वतनको नै हो ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...