Sunday 19th May 2024

गर्मी बाट बच्ने हो भने विरुवा रोप्न थालौ,


तोयानाथ उपेक्षित, विभिन्न रिसर्चहरुले गर्मी बढनुलाई ग्लोवल वार्मिंग को कारण हो भनिएको छ र यसलाई कम गर्ने उपायहरु पनि सुझाईएको पाईन्छ तर त्यसका लागि खासै प्रगति भएको छैन । ग्लोबल वार्मिंग हुनका लागि अधिक मात्रमा कार्वडाईअक्साईड लाई दोष दिईएको छ । त्यसो हो भने धर्तिलाई कमजोर बनाउने काम को धेरै ठुलो हिस्सा धनि राष्ट्रहरु, विकशित र औधोगिक राष्ट्रहरु नै हुन भन्ने स्वत पुष्टि भईहाल्यो । गरिब अविकशित जस्ता देश चाही यसका लागि पटक्कै जिम्मेवार छैनन भन्ने होईन । हामीले बनजंगल मासेका छौ, हामीले उत्पादन गर्ने कार्वन उनीहरुको तुलनामा नगन्य होला तर हामी कार्वन उत्पादन गर्दै नगर्ने देश भने होईनौ ।

हामीले भूक्षय र भूस्खलन निम्त्याएका छौ । हामीले जंगल मासेर मौसमको सन्तुलन विगारेका छौ । हामीले जंगलको सुरक्षा मा ध्यान दिदैनौ बरु आगो सल्काएर हिड्ने बुद्धि बोकेका मानिसलाई बुझाउन सकेका छैनौ । मुख्य गरेर आकाशमा हुने बायुमण्डलमा धेरै प्रकारका ग्याशहरु छन ती मध्ये हामी ले अक्सिजन लिन्छौ र कार्वनडाईअक्साईड छाडछौ । तर हामीले बुझेको मोटो कुरा सास लिन्छौ र सास छाड्छौ भन्ने मात्रै हो । सवैले सास त्यही अक्सिजन हो भन्ने बुझदैनन । धर्तिमा अक्सिजन उत्पादनको मूल श्रोत बोट विरुवा हुन हामीले उनीहरुबाट लिन्छौ र हामीले छाडेको कार्वनडाईअक्साईड उनीहरुलाई दिन्छौ । यति भने पछि बुझ्नु भयो होला बनजंगल हाम्रो जीवन हो रहेछ की नाई ? हामीले उनीहरु विनाको संसार पायौ भने बाँच्ने रहेछौ की नाई ? हो त्यहि भएर एउटा रुख काटयौ भने कम्तिमा थप १० विरुवा रोप्नु पर्दछ । त्यो विरुवा रोप्नु भनेको जंगल लगाउनु, घास दाउराका लागि रोप्नु हो भनेर बुझदा अधुरो हुन्छ । त्यसो गर्नु भनेको हामीले आफूलाई आईसियु का लागि अक्सिजन को गोदाम भरेको हो भन्ने सम्झनु पर्दछ ।

चन्द्रमा वा मंगल को माटो लगभग हाम्रो जस्तै नै छ तर त्यहाँ अक्सिजन छैन । अक्सिजन भनेको पानी पनि हो । पानी अक्सिजन र हाईड्रोजन मिसिएर बन्छ । अत पानी जोगाउन का लागि बनस्पती को साथ चाहिन्छ । त्यही बनस्पतीले जमिन ओशिलो बनाएर जमिनको भित्री सतहमा पानी सञ्चय गर्दछ । यसो भए पछि हामीले जंगल सँग को मानिसको गहिरो नाता र सम्बन्ध टुट्न दिन हुदैन । संसार मा जति बस्ती बढयो । जंगल मासियो त्यति बायुमण्डलमा त्यसको असर पर्दै गएको छ । बायुमण्डलमा परेको असरले मौसमी बर्षा कमजोर हुदै गएको छ । मौसमी बर्षा कम हुदा जमिनमुनी रहेको पानीको लेयर दविदै गएको छ त्यसो भए पछि जनवार र मानिस मात्र होईन चराचर पनि नासिदै गएका छन र जंगल सुकेर वा उम्रन नसक्ने भएर मरुभूमिमा परिणत हुदै जाने क्रम जारी छ । यसले गर्दा हाम्रो हिमाल पग्लिदो छ । हिमाल पंग्लनु भनेको हिमनदीको प्रभाह कम हुदै जानु पनि हो र हिमाल चिसो नहुनु को मतलब बर्षाद कम हुदै जानु पनि हो । यसर्थ मानिसले आफ्नो अस्तित्व रक्षा गर्न हरेक व्याक्तिले जंगल को महत्व बुझ्न पर्दछ र विरुवा रोप्न थाल्नु पर्दछ । मैले एक जनाले पाँच कठ्ठामा रोपेर यो संसार बच्छर ? यस्तो छोटो सोच राख्न हुदैन । सवैले आ आफ्नो बारी, खेत वा सार्वजनिक जमिन , नदिका किनार, बाटोको किनार वा जंगलका खाली ठाउँहरुमा विरुवा रोप्ने अभियान चलाउन शुरु गर्न पर्दछ । हाम्रो प्रयास ले संसार नबदलिएला तर कमसे कम नेपालको जलबायु बदल्न सक्छौ । यसतर्फ सोचौ र गमीृको तिब्रता लाई रोक्ने कोशिष गरौ ।

यहि क्रम रहे बैज्ञानिकहरुले घोषणा पनि गरिसकेका छन । अब को ५० बर्ष भित्रमा दक्षिण एषियाको आधा भूभाग बस्न लायक हुने छैन । पानीको सतह सयौ मिटर मुनि पुग्ने छ । यस्तो हुदा जमिनमा रहेका रुख विरुवा मर्न थाल्ने छन । दक्षिणी धु्रवमा रहेका हिउका पहाडहरु भत्कने क्रम शुरु भईसकेको छ जसले गर्दा समुन्द्रको सतह बढ्न गई समुन्द्री टापु वा होचो भूभाग र समुन्द्री तटका बस्तीहरु डुवाउमा पर्ने छन । हिमाले मौसमी बायुलाई चिस्याउन छाड्ने र जसले गर्दा हावामा आद्रता भए पनि पानी बनेर जमिनमा टप्कन छाड्ने छ । खण्ड बृष्टीका कारण उत्पादन हुन छाड्ने छ । अम्लिय बर्षाका कारण बालिनाली मा रोग र किराको प्रकोप बढदै जाने छ । मानिसले दिन दिनै खान नपाउने अवस्था आउने छ र एक दिन धर्तिको जमिनको भाग सागुरिदै जादा मानिसहरु विचमा, देश र देशहरुका विचमा द्धण्द्धहरु चर्कन थाल्ने छन । अनिकाल भोकमरी जस्ता कारणले फैलिने हिंसाले पनि अधिक मानिसहरु मर्ने वा मारिने खतरा बढने छ । अत विस्तारै पृथ्वी मानिस बस्न लायक हुन छाडने छ र आगामी केही हजार बर्ष भित्रमा पृथ्वीकै विनास हुन सक्ने छ । स्टेफिन हकिंस को भनाई लाई सही मान्ने हो भने अब बेलैमा मानिस सचेत नबने कम्तिमा एक हजार र बढीमा १० हजार बर्ष भित्रमा पृथ्वीको विनाश हुनेछ ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...