Saturday 30th May 2026

गर्मी बाट बच्ने हो भने विरुवा रोप्न थालौ,


तोयानाथ उपेक्षित, विभिन्न रिसर्चहरुले गर्मी बढनुलाई ग्लोवल वार्मिंग को कारण हो भनिएको छ र यसलाई कम गर्ने उपायहरु पनि सुझाईएको पाईन्छ तर त्यसका लागि खासै प्रगति भएको छैन । ग्लोबल वार्मिंग हुनका लागि अधिक मात्रमा कार्वडाईअक्साईड लाई दोष दिईएको छ । त्यसो हो भने धर्तिलाई कमजोर बनाउने काम को धेरै ठुलो हिस्सा धनि राष्ट्रहरु, विकशित र औधोगिक राष्ट्रहरु नै हुन भन्ने स्वत पुष्टि भईहाल्यो । गरिब अविकशित जस्ता देश चाही यसका लागि पटक्कै जिम्मेवार छैनन भन्ने होईन । हामीले बनजंगल मासेका छौ, हामीले उत्पादन गर्ने कार्वन उनीहरुको तुलनामा नगन्य होला तर हामी कार्वन उत्पादन गर्दै नगर्ने देश भने होईनौ ।

हामीले भूक्षय र भूस्खलन निम्त्याएका छौ । हामीले जंगल मासेर मौसमको सन्तुलन विगारेका छौ । हामीले जंगलको सुरक्षा मा ध्यान दिदैनौ बरु आगो सल्काएर हिड्ने बुद्धि बोकेका मानिसलाई बुझाउन सकेका छैनौ । मुख्य गरेर आकाशमा हुने बायुमण्डलमा धेरै प्रकारका ग्याशहरु छन ती मध्ये हामी ले अक्सिजन लिन्छौ र कार्वनडाईअक्साईड छाडछौ । तर हामीले बुझेको मोटो कुरा सास लिन्छौ र सास छाड्छौ भन्ने मात्रै हो । सवैले सास त्यही अक्सिजन हो भन्ने बुझदैनन । धर्तिमा अक्सिजन उत्पादनको मूल श्रोत बोट विरुवा हुन हामीले उनीहरुबाट लिन्छौ र हामीले छाडेको कार्वनडाईअक्साईड उनीहरुलाई दिन्छौ । यति भने पछि बुझ्नु भयो होला बनजंगल हाम्रो जीवन हो रहेछ की नाई ? हामीले उनीहरु विनाको संसार पायौ भने बाँच्ने रहेछौ की नाई ? हो त्यहि भएर एउटा रुख काटयौ भने कम्तिमा थप १० विरुवा रोप्नु पर्दछ । त्यो विरुवा रोप्नु भनेको जंगल लगाउनु, घास दाउराका लागि रोप्नु हो भनेर बुझदा अधुरो हुन्छ । त्यसो गर्नु भनेको हामीले आफूलाई आईसियु का लागि अक्सिजन को गोदाम भरेको हो भन्ने सम्झनु पर्दछ ।

चन्द्रमा वा मंगल को माटो लगभग हाम्रो जस्तै नै छ तर त्यहाँ अक्सिजन छैन । अक्सिजन भनेको पानी पनि हो । पानी अक्सिजन र हाईड्रोजन मिसिएर बन्छ । अत पानी जोगाउन का लागि बनस्पती को साथ चाहिन्छ । त्यही बनस्पतीले जमिन ओशिलो बनाएर जमिनको भित्री सतहमा पानी सञ्चय गर्दछ । यसो भए पछि हामीले जंगल सँग को मानिसको गहिरो नाता र सम्बन्ध टुट्न दिन हुदैन । संसार मा जति बस्ती बढयो । जंगल मासियो त्यति बायुमण्डलमा त्यसको असर पर्दै गएको छ । बायुमण्डलमा परेको असरले मौसमी बर्षा कमजोर हुदै गएको छ । मौसमी बर्षा कम हुदा जमिनमुनी रहेको पानीको लेयर दविदै गएको छ त्यसो भए पछि जनवार र मानिस मात्र होईन चराचर पनि नासिदै गएका छन र जंगल सुकेर वा उम्रन नसक्ने भएर मरुभूमिमा परिणत हुदै जाने क्रम जारी छ । यसले गर्दा हाम्रो हिमाल पग्लिदो छ । हिमाल पंग्लनु भनेको हिमनदीको प्रभाह कम हुदै जानु पनि हो र हिमाल चिसो नहुनु को मतलब बर्षाद कम हुदै जानु पनि हो । यसर्थ मानिसले आफ्नो अस्तित्व रक्षा गर्न हरेक व्याक्तिले जंगल को महत्व बुझ्न पर्दछ र विरुवा रोप्न थाल्नु पर्दछ । मैले एक जनाले पाँच कठ्ठामा रोपेर यो संसार बच्छर ? यस्तो छोटो सोच राख्न हुदैन । सवैले आ आफ्नो बारी, खेत वा सार्वजनिक जमिन , नदिका किनार, बाटोको किनार वा जंगलका खाली ठाउँहरुमा विरुवा रोप्ने अभियान चलाउन शुरु गर्न पर्दछ । हाम्रो प्रयास ले संसार नबदलिएला तर कमसे कम नेपालको जलबायु बदल्न सक्छौ । यसतर्फ सोचौ र गमीृको तिब्रता लाई रोक्ने कोशिष गरौ ।

यहि क्रम रहे बैज्ञानिकहरुले घोषणा पनि गरिसकेका छन । अब को ५० बर्ष भित्रमा दक्षिण एषियाको आधा भूभाग बस्न लायक हुने छैन । पानीको सतह सयौ मिटर मुनि पुग्ने छ । यस्तो हुदा जमिनमा रहेका रुख विरुवा मर्न थाल्ने छन । दक्षिणी धु्रवमा रहेका हिउका पहाडहरु भत्कने क्रम शुरु भईसकेको छ जसले गर्दा समुन्द्रको सतह बढ्न गई समुन्द्री टापु वा होचो भूभाग र समुन्द्री तटका बस्तीहरु डुवाउमा पर्ने छन । हिमाले मौसमी बायुलाई चिस्याउन छाड्ने र जसले गर्दा हावामा आद्रता भए पनि पानी बनेर जमिनमा टप्कन छाड्ने छ । खण्ड बृष्टीका कारण उत्पादन हुन छाड्ने छ । अम्लिय बर्षाका कारण बालिनाली मा रोग र किराको प्रकोप बढदै जाने छ । मानिसले दिन दिनै खान नपाउने अवस्था आउने छ र एक दिन धर्तिको जमिनको भाग सागुरिदै जादा मानिसहरु विचमा, देश र देशहरुका विचमा द्धण्द्धहरु चर्कन थाल्ने छन । अनिकाल भोकमरी जस्ता कारणले फैलिने हिंसाले पनि अधिक मानिसहरु मर्ने वा मारिने खतरा बढने छ । अत विस्तारै पृथ्वी मानिस बस्न लायक हुन छाडने छ र आगामी केही हजार बर्ष भित्रमा पृथ्वीकै विनास हुन सक्ने छ । स्टेफिन हकिंस को भनाई लाई सही मान्ने हो भने अब बेलैमा मानिस सचेत नबने कम्तिमा एक हजार र बढीमा १० हजार बर्ष भित्रमा पृथ्वीको विनाश हुनेछ ।


सम्बन्धित शीर्षकहरु

रुसले तालिबान नेतृत्वको अफगानिस्तानसँग सैन्य–प्राविधिक सहकार्य सम्झौता गरेपछि दक्षिण एशियाको शक्ति सन्तुलनबारे नयाँ बहस सुरु भएको छ। अफगानिस्तानका कार्यवाहक रक्षामन्त्री…

भारतको रक्षा मन्त्रालयले आफ्नो पाँचौं पुस्ताको स्वदेशी स्टेल्थ लडाकु विमान कार्यक्रम Advanced Medium Combat Aircraft (AMCA) अन्तर्गत पाँच उडानयोग्य प्रोटोटाइप…

वास्तवमा परिवारका सदस्यहरूले बिउ राख्ने, सिँचाइ गर्ने, खेतको रेखदेख गर्ने, मल हाल्ने, रोग–किरा नियन्त्रण गर्ने लगायतका काममा सयौं घण्टा श्रम…

प्रतिकृयाहरू
...