Thursday 28th March 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : उनान्असी औँ भाग (७९)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०८०/०२/०२
…………………………………
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
अनुप्रास : करको, खरको, घरको, झरको, ठहरको, डरको, तरको, थरको, नरको, परको, वरको आदि मिल्दो ।
स्थायी :- मिल्ने किसिमको ।
अक्षर संख्या :- पाँचदेखि पच्चिससम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
चुहिँदै छ कि छानो खरको मायालु
स्वादमा तल माथि झरको मायालु
तिम्रा लागि हाजिर छ यो जुनी पनि
गुहार्तन पर्यो कि डरको मायालु
अपुग नमाने है थरको मायालु ।

सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

जति पैसा तिरे पनि करको माया छ
झुपडी नै भए पनि घरको माया छ
अरूलाई कस्तो हुन्छ थाहा पाइएन
मलाई त पर भन्दा वरको माया छ
शुरूमा त म ऑफैको हरको माया छ ।

घनश्याम पौडेल, पोखरा

पञ्चाङ्ग ३

न वरको छ, न त परको छ र बेला
अब पनि के चाट्छौ तरको छ र बेला
कुकुरले टाङ्ग मुनि नै लग्यो पुच्छर
अहो बैरागी भयौ डरको छ र बेला
कुन दुलोमा छौ के करको छ र बेला ?

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ४

सबै मिली गरौँ घरको कुरा
घरमा लाएको खरको कुरा ‌
जीवनको खुसी सुखको बाटो
नगर कसैले डरको कुरा
सबैको एउटै भरको कुरा ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ५

हामी सङ्ग मिल्ने छ परको साथी
गरीब ऊ छ तर भरको साथी
साथित्वमा धनि-गरीब हुदैनन्
सभ्य हुन्छन् है रेग्मी थरको साथी
दुखमा साथ दिन्छन् घरको साथी ।

शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा

पञ्चाङ्ग ६

जस्तो भए नि ओत दिने घर राम्रो
विश्वासिलो साथीको हुन्छ भर राम्रो
सबै कुरा मिल्दोजुल्दो नै राम्रो हुन्छ
आफ्नो पुर्खाले नै दिएको थर राम्रो
हावा दिने बाटो छेउको वर राम्रो ।

शोभा आचार्य गौतम, काठमाडौँ

पञ्चाङ्ग ७

पिपललाई माया बरको लाग्छ
मलाई छानो प्यारो खरको लाग्छ
आज यता भोलि कता थाहै छैन
टाढा भए नि माया घरको लाग्छ
नमिठो कुरा सुन्दा झरको लाग्छ ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ८

हित मिले चित मिले किन गर्छौ थरको कुरा
मायाको त जात छैन किन गर्छौ डरको कुरा
चोखो माया भए पुग्छ चाहिदैन अरु मलाई
झुपडीमै रमाऔंला किन गर्छौ घरको कुरा
दुई मुटु यतै जोडौं नगर न परको कुरा ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ९

जबर जस्ती करको माया लाउनु छैन मलाई
छोडेर जाने घरको माया लाउनु छैन मलाई
ओल्लो घाट न पल्लो तिर जस्तै बनायो पिरतीले
दुई दिनको वरको माया लाउनु छैन मलाई
लुकिछिपी त्यो डरको माया लाउनु छैन मलाई ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १०

पसलेलाई डर लाग्छ मान्छे करको आएपछि
अझ आत्तिन्छ खुबै खबर ठहरको आएपछि
जति सक्यो कर छलेर कमाउने विचार हुन्छ
करमा छूट हुन सक्छ मान्छे घरको आएपछि
धेरै नै गाह्रो हुन्छ करलिने परको आएपछि

सही काम हुन्छ मान्छे डरको हुँदा
विश्वास गर्न सकिन्छ भरको हुँदा
निडर मान्छे कहिले बिगार्न सक्छ
बरु ठिक हुन्छ मान्छे परको हुँदा
कसैले टेर्दैन मान्छे घरको हुँदा

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग ११

आज म त क्षितिज काटेर गएँ नरको डरले
आँगनीमा पाइला टेक्न सकिन घरको डरले
बाह्य संसारको घुर्की लाए पनि आफ्नै ठाउँ रम्य
विरानो मुलुकबाट फर्किएको परको डरले
सबै सामु हाँजिरी हुन सकिन करको डरले

सुरेश चन्द्र घिमिरे

पञ्चाङ्ग १२

चुस्नु सम्म चुसे खोक्रो बनाएर मार्ने राख्दा कसो होला
हाली मुहाली हेर अत्याचारमा टार्ने राख्दा कसो होला
बोल्दै न बोली मान्ला र ती तिम्रा अगुवाईहरूले यहाँ
महत्त्व आकान्क्षाको जीवन भर बार्ने राख्दा कसो होला
घुस्या यी भष्टहरुको नाम एक धार्ने राख्दा कसो होला ।

डिल्ली राज घिमिरे
अर्घाखाँची


सम्बन्धित शीर्षकहरु

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/११/३० प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...