Monday 5th October 2026

भाईरल भगौडा नेता पक्राउ


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सम्पर्कविहीन रहेका पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोप बहादुर रायमाझी पक्राउ परेका छन् ।

भाईरल भगौडा नेता को परिचय बनाएका उनलाई प्रहरी ले बुढानिलकण्ठ बाट समातेको खबर छ । विभिन्न समाचार माध्यामहरुले उनी पक्राउ परेको समाचार प्रसारण गरे पनि सरकारी तवरबाट यसलाई पुष्टि गर्न बाकी छ ।

काठमाण्डौ आएर भूटानी शरणार्थी प्रकरणमा प्रहरीलाई सहयोग गर्छ भनेका रायमाझि ले त्यसो नगरेर टाँप कसेको एधार दिन पछि फेला परेका हुन । उनका छोरो सोही दिन पक्राउ परेका थिए भने बाकी अभियुक्तहरु पक्राउ पर्ने क्रम जारी छ ।

पूर्व उपप्रधानमन्त्री बनेका रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँडले नेपालको अन्तराष्ट्रिय रुपमा देशकै बेईजत गरेको भन्दै उनलाई पक्राउ गर्न प्रहरी माथि ठुलो दवाव परेको थियो । उनी भागेर भारत छिरेको समाचारका बीच उनी काठमाडौमा आजै पक्राउ परेका हुन ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...