Thursday 16th January 2025

पापको घडा भरिएकै हो त ?


तोयानाथ उपेक्षित, दाहाल, / अब पक्कै पाप को घडा भरिएकै हो , यो फूटन शुरु भईसक्यो । हरेक कुराको एउटा सिमा र समय हुन्छ । त्यो सिमा र समय नाघिसके पछि त्यहाँ केही न केही विस्पोट भएर छाड्छ । राप्रपा ले सिट संख्या बढाउनु र नयाँ दलको रुपमा रास्वपा उदाउनु ले पुरानो सिन्डिकेटधारी दलहरुमा ८ रेक्टर स्केलको भूकम्प आएको छ । विक्रम संवत २०८४ पछि यो बढेर १२ पुग्नेछ । त्यसपछि राज्यका पुराना राजनैतिकहरु ढल्ने छन । पुराना दलहरु ले हार्नेछन भन्ने आम विश्वास मजबुद बन्दै गएको छ ।

अहिले प्रचण्ड सरकारले नागरिकता काण्डमा जे कदम चाल्यो त्यो यो रुपको होला भन्ने थाहा नपाएर चालेको कदम थियो भन्नेमा कुनै आशंका छैन । परिस्थिती यसरी विकाश भैदियो विचौलियाहरु शक्तिशाली र हिम्मतीला भएर निस्किए । पूर्व गृहमन्त्रीहरु संलघन रहेको उक्त काण्डमा मन्त्रिपत्नीहरु र तिनका पुत्रहरुको करारनामा मज्जाले पर्दाफास हुन्छ भन्ने बर्तमान गृह मन्त्री नारायणकाजी जानकार थिएनन । अब उनी यस्तो अवस्थामा आईसकेका छन की उनले हस्तक्षेप चाहेर पनि गर्न सक्दैनन ।

यो काण्डले भने प्रचण्ड सरकार को स्थायीत्वमा तुरुन्तै सवाल खडा गरिदिएको छ । देउवा पत्नि आरजुको संलघनता घाम जतिकै छर्लंग भई सक्दा समेत उनलाई नियन्त्रणमा लिन प्रचण्ड सरकार हच्चिरहेको छ । खाँड पत्नि लाई नियन्त्रणमा लिने हो भने आरजु पनि निश्चित रुपमा तानिने देखिन्छ । अब देउवा खाँड लाई जोगाउन प्रचण्ड सँरकार ढाल्ने की खाँड सम्म आईपुगेको अनुसन्धान लाई त्यहि विट मारेर कांग्रेस बचाउने भन्नेमा पुगेका छन ।

पर्व उपराष्ट्रपति का छोरा, पूर्व गृह मन्त्री बादलका छोरा अझै समातिएका छैनन । तिनलाई समाते पछि अनि मात्र बास्तविक तमासा शुरु हुनेछ । त्यति बेला मात्र प्रचण्डको फिलिम हेर्न मज्जा आउने छ । तर त्यहाँ सम्म यो मुद्धा नपुग्ला । देउवाले टेको लगाएको प्रचण्ड सरकार ढल्ने खतरा पनि उस्तै रहन्छ । उता गगन शेखर को ग्यांग भने अहिले सम्म खुशी नै छ । कांग्रेसमा रहेको देउवा गिरोह को अन्त्य यहि मुद्धाबाट मात्र सम्भव रहेको उनीहरुको ठम्याई छ । त्यसो भयो भने शेखर समह कांग्रेसमा बलिया हुनेछन ।

प्रचण्ड र नारायणकाजी लाई थप भ्रष्टचार काण्डहरुको फायल खोल्ने दवाव छ । उनीहरु ले त्यसो गर्न सक्ने अवस्था छैन । जति फायल खुल्दै जान्छ त्यति कांग्रेसीहरु कमजोर हुदै जान्छन । अब प्रचण्ड सरकारले फायल खोली हाले एमाले नेताहरु सम्बद्ध फायल खोल्न सक्छ । तर यसपछि खोल्नै पर्ने फायल ललिता निवास प्रकरण हो । शायद प्रचण्ड सकारको प्राथामिकतामा पर्ने पनि थियो होला त्यसमा बाबुराम र माधव नेपाल नहुदा हुन त । ती र त्यस्ता फायल भने ८४ को निर्वाचन पछि बन्ने सरकारले अवस्य खोल्ने छ । त्यस निर्वाचन पछि यो देशबाट पुराना राजनैतिक दलका धेरै नेताहरु देश छाडेर पलायन भईसकेको हुनेछन नत्र भने तिनले विदेशी शक्ति गुहारेर थप राष्ट्रघात र जनदमन लाई अघि बढाउनेछन ।

शरणार्थी प्रकरणमा हराई रहेका पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी ले संसदमा विरामी भएको पत्र कुन दुलामा बसेर पठाएका हुन ? तिनलाई तुरुन्त पक्राउ गरि कोर्रा लगाउन जरुरी छ । शुरुमा उनलाई प्रचण्ड सरकारले बदलाको भावना राखेर फसाउन खोजेको होला भन्नेमा केही न केही विश्वास गर्न कर लाग्थ्यो तर आउछु भनेको मान्छे भाग्न तिर लागे पछि स्पष्ट छ की उनी कोर्रा का लागि लायक पात्र हुन । प्रहरी ले चाडो भन्दा चाडो गिरप्तार गर्न पर्दछ र उनलाई लुकाउने वा छिपाउने जो सुकै व्याक्ति, शक्ति वा संयन्त्रलाई पनि नांगेझार पार्न जरुरी छ ।

अनुसन्धान फितलो नहोस भनेर जनता समेत चनाखो हुन जरुरी छ, यदि सरकारले यस घटनालाई फासफुस पार्न लागे जनता सडकमा उत्रिन तयार रहनु पर्दछ । त्यसका लागि अभियान्ताहरु ले तयारी गर्दै गरे हुन्छ । यो शुरुवात चाहेर नचाहेर जसरी भए पनि यसको दिर्घकालिन असर रहन्छ । अब बन्ने अर्को कुनै पनि सरकारले यसको बदला लिन शुरु गरो भने पनि देश र जनताका लागि राम्रो हुन्छ । देश लुटीखानेहरुको नेक्सेस तोडिएको तथा उनीहरु बीच बैमनश्यता बढे मात्र जनताको कल्याण हुनेछ ।


सम्बन्धित शीर्षकहरु

यमनमा तेहरान-समर्थित हुथीहरू विरुद्ध हवाई आक्रमण अभियान सञ्चालन गरेको केही दिनपछि, इजरायली वायुसेनाका कमाण्डर र पाइलटहरूले सोमबार हिब्रू मिडियालाई भने…

संभवत आज नत्र भोली सम्ममा ईजरायली मन्त्री मण्डल ले अनुमोदन गरे पछि हमास ईजरायल बीचको बन्दक संझौता १६ जनवरी बाट…

नासाले भनेको छ कि धूमकेतुको भविष्यको चमक भविष्यवाणी गर्न "कुख्यात रूपमा गाह्रो" छ, तर धूमकेतु C/2024 G3 (एटलस) नाङ्गो आँखाले…

प्रतिकृयाहरू
...