Thursday 12th February 2026

वैज्ञानिक हुन के गरेको हुनु पर्छ ?


डा.अम्बरीश पोख्रेल

१. वैज्ञानिक हुनको लागी नियमित रूपमा आफ्नो क्षेत्रमा अनुसन्धानमा संलग्न रही, केही न केही नयाँकुरा विश्व सामु प्रस्तुत गर्नको निम्ति, समय समयमा अन्तराष्ट्रिय पिर रिभ्यु ( peer review journal ) वैज्ञानिक जर्नलहरुमा (वैज्ञानिक पत्रिकाहरु) आफ्नो अनुसन्धान प्रकाशित गरेको हुनु पर्छ।

२. त्यो मापदण्ड पूरा नगरेको कुनै पनि मानिसलाई वैज्ञानिक मानिंदैन । विश्वले वैज्ञानिक मान्दैन रभनिँदैन पनि। यो विश्व मापदण्डलाई केही नेपालीहरूले अपव्याख्या गरेको पाइन्छ। यो प्रकारकोअपव्याख्याले वास्तविक नेपाली वैज्ञानिकहरुलाई अपमान गरेको ठहर्छ ।

३. वैज्ञानिक, प्राविधिक, व्यवस्थापक, साधु, सन्त, महात्मा, ऋषि, महर्षि, पादरी, भन्ते देखि भिक्षु, रसाहित्यकार, गीतकार, गायक गायिका, नाट्यकर्मी, प्रोफेसर (वर्ष गन्ती गरेर प्रोफेसर हुन्छन् नेपालमा,  जुन हास्यास्पद छ), पत्रकार देखि सम्पादक र समाजाजिक  अभियन्तामा फरक छुट्याउन नसक्नेअवस्था रहेको नेपाली समाजमा देखियो । तर यी सबै प्रकारका वास्तविक व्यक्तित्वहरुलाई एउटैकसीमा राखेर जबर्जस्त रुपमा स्थापित गर्न खोजेको देखिन्छ ।  जुन कुरा सरासर गलत हो । यसलेनेपाली समाजलाई फाइदा होइन, बेफाइदा गर्छ ।

४. यसले के प्रस्ट देखायो भने, कुकुर र बिरालो, ब्वाँसो र स्याल मात्र होइन, भेडा र बाख्रामा अन्तर गर्ननसक्ने अवस्थामा नेपाली समाज विद्यमान रहेको देखिन्छ। नेपाली समाजको एउटा लुकेकोपछौटेपनको कारण यो पनि हो ।

५. यही चार नम्बर बुँदाका कारण नेपालमा वैज्ञानिकहरू, प्राविधिकहरु, तथा कुशल व्यवस्थापकहरु  बस्न चाहँदैनन् । सकेसम्म बस्दैनन् । बस्ने वातावरण पनि छैन।  यो अर्को प्रकारको कमजोरी होनेपालको । यसको निराकरण नेपाल सरकारले गर्नु पर्ने थियो तर नेपालका सरकारहरू यति धेरैनिकम्मा छन कि, बहालवाला पिएम (प्रधानमन्त्री) ले भन्छ:

“के बुद्धले पढेका थिए र” ? भनेर प्रश्न सोध्छ, तल बसेका त्यसका पार्टीका पाल्तु कुकुरहरुले वाह वाहगर्दै तालि पिट्छन्। त्यो तालि पिट्ने लाखौं कार्यकर्ताहरु छन् ।

६. नेपाल उभो लाग्न आजबाट पचासौ वर्ष (पाँच पुस्ता) लाग्छ । जुन हाम्रो तेस्रो पुस्ता हो । यसरीअहिलेका नेपालीले समृद्ध नेपाल देख्न, भोग्नको लागि हजुर बुवा, बा, म (हामी), छोरा छोरी र नातिनातिना पुस्ता कुर्नु पर्ने देखिन्छ । यसरी पाँच पुस्ता हुने रहेछ कम्तीमा पनि।

७. त्यसैले जसलाई पायो त्यसलाई नेता, राजनेता, अभियन्ता, समाज सेवी, विद्वान् बुद्धिजीवी, वैज्ञानिक भन्न र मान्न छौडौ। सही पहिचान गरौं । सही पहिचान गर्न सकिँदैन भने, “ए त्यो मान्छे ठिकैलाग्छ” मात्र भनौं । बरु नाम लिएर “ए त्यो श्याम कुमार”  वा “ए ती फुलमाया” राम्रो लाग्छ भनौं ।जबर्जस्ती पगरी गुथाउन छोडौ ।

८. मान, सम्मान, पद, पदवी वा व्यक्तिको व्यक्तित्वको परिचय सही  रूपमा गर्ने गरौं । जथाभावी पगरीगुथाएर वास्तविक व्यक्तित्वको अपमान गरी आत्मरतिमा रमाउन छोडौ । हाम्रै नेपाली समाजको लागियो प्रवृत्तिले नोक्शान गर्दछ । आफनै समाजको नोक्शान गर्ने गराउने कुरालाई किन जबर्जस्ती प्रयोगगर्ने ?

अस्तु।


सम्बन्धित शीर्षकहरु

क्यान्सर रोगबाट पीडित हल्दिबारी गाउँपालिका वडा नं. ४ निवासी प्रेम कुमारी लिम्बुको उपचार सहयोगार्थ विभिन्न व्यक्ति तथा संस्थाको पहलमा आर्थिक…

निर्वाचन आयोगले आचारसंहिता लागू भइसकेपछि कुनै पनि राजनीतिक दलले “मतदाता प्रभावित पार्ने भड्किलो प्रचार वा शक्ति प्रदर्शन” गर्न नपाउने जनाएको…

-नारायण कोइराला मन्दिर भित्र पस्दैथिएँ।एक्कासी मन्दिरको पर्खाल भत्कियो। मन्दिरभित्रका देउतामा डर,त्रास केही देखिनँ। पर्खालका ढुंगा आपसमा ठोकिएर फुटे। जताततै छितारिए।…

प्रतिकृयाहरू
...